Sunday, May 19
Shadow

अन्तर्राष्ट्रिय

कोरोनासँगै अमेरिकामा दिमाख खाने नेग्लरिया फाउलेरी भाइरसको संक्रमण

कोरोनासँगै अमेरिकामा दिमाख खाने नेग्लरिया फाउलेरी भाइरसको संक्रमण

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, स्वास्थ्य
काठमाण्डौँ, पुष ७ अमेरिकामा कोरोना भाइरसको संकटका बीच एक नयाँ भाइरसको संक्रमणले संकट उत्पन्न गराएको छ । दिमागलाई खाने अमीवाले अमेरिकामा कैयौंको मृत्यु भइसकेको छ । दिमाग चट गर्नेवाला यो अमीवा अर्थात नेग्लरिया फाउलेरी सामान्यतया ताल, नदी, तातो झरना र माटो जस्ता तातो ताजा पानी भएको ठाउँमा पाइन्छ । यो अमीवाको वैज्ञानिक नाम नेग्लरिया फाउलेरी हो । चिकित्सकदेखि वैज्ञानिकसम्मले अहिलेसम्म यसबारे एकिन जानकारी हात पार्न सकेका छैनन् । रिपोर्टअनुसार यो घातक अमीवाले मस्तिस्क खाने गरेको छ । अमेरिकाको रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यो संक्रमण उत्तरी अमेरिकाका राज्यमा पनि फैलिन शुरु गरेको छ । अहिले यो अमीवा अमेरिकाको दक्षिणी राज्यहरुमा फैलिरहेको छ । जलवायु परिवर्तन यसको संक्रमणको मुख्य कारण बताइएको छ । वैज्ञानिकले यसबारे चेतावनी जारी गरेका छन् । नेग्लरिया फाउलेरी अमीवा पानीसँग जोडि...
शरीर कमाउने जाडोमा किम कर्दाशियाको बोल्ड अवतार

शरीर कमाउने जाडोमा किम कर्दाशियाको बोल्ड अवतार

अन्तर्राष्ट्रिय, जिवनसैली, ब्लोअप, मनोरञ्जन
एजेन्सी हलिउडकी टपलेस मोडलमा एक हुन किम कर्दाशिया । हालै सामाजिक सञ्जालमा आएका उनका केही बोल्ड तस्वीरले पूरै सामाजिक सञ्जालको माहोल नै तताएको छ । उनी सँधै आफ्नो हट बोल्ड शरीरका कारण चर्चामा रहँदै आएकी छन् । केही दिनयता उनका नयाँ तस्वीर सार्वजनिक भएका छन् । जसमा किमको तस्वीरलाई देखेर जो कोही आकर्षित हुन्छन् । कर्दाशिया सँधै सामाजिक सञ्जालमा एक्टीभ रहन्छिन् । सायदै कुनै दिन यस्तो छैन, जब किम कर्दाशिया आफ्नो तस्वीर इन्टरनेटमा शेयर नगरेकी हुन् । हालै उनले आफ्नो बोल्ड अवतार सार्वजनिक गरेकी छन् । अलि फरक तरिकाले किम कर्दाशिया जकुनीमा आनन्द लिँदै विकिनमा निकै बोल्ड अवतारमा देखिएकी छन् । उनको यस्तो रुप देख्नका लागि जो कोही लालायीत हुन्छन् । हालै आएका तस्वीरले तहल्का मच्चाएका छन् । शरीर नै कमाउने चिसोमा उनले लगाएको पोशाक र उनको अदाले सबैलाई मोहित पारेको छ । हेर्नुहोस् किम कर्दाश...
कार बम विस्फोट हुँदा ४ चिकित्सकको मृत्यु

कार बम विस्फोट हुँदा ४ चिकित्सकको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस ७ । विस्फोट हुँदा ४ चिकित्सकको मृत्यु भएको छ । अफगानिस्तानको राजधानी काबुुलमा मंगलबार गराइएको कार बम विस्फोटमा कम्तीमा ५ जनाको मृत्यु भएको हो । घटनामा ज्यान गुमाउनेमध्ये ४ जना चिकित्सक भएको अधिकारीहरुले बताएका छन् । विस्फोटमा दुई जना घाइते भएका छन् । प्रहरी प्रवक्ता फरदावस फरामान्जकाअनुसार काबुुल पुलिसका डाक्टरहरुको टोली काबुुलको पूर्वमा रहेको पुुल–ए चारखी कारागार जाने क्रममा बम विस्फोट भएको हो । उक्त कारागारमा सयौं तालिवान लडाकुहरुलाई राखिएको छ । चिकित्सकहरु चढेको कारमा बम जडान गरिएको प्रहरीको दाबी छ ।   यद्यपि, विद्रोहीहरुले चिकित्सकलाई लक्षित गरी बम विस्फोट गराइएकाबारे यकिन भइसकेको छैन । घटनाको हालसम्म कुनै समूहले पनि जिम्मेवारी लिइसकेको छैन । विस्फोटका कारण घटनास्थल नजिकैका भवन तथा पसलहरुमा सामान्य क्षति पुुगेको जनाइएको छ । अफगानिस्तानका विभिन्न स्थानमा ...
अमेरिकी राजदुतमा युवराव खतिवडा नियुक्त

अमेरिकी राजदुतमा युवराव खतिवडा नियुक्त

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, राजनिती, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी हुन्। उनको करिअर नेपाल राष्ट्र वैंकको अधिकृतबाट सुरू भएको हो। उनलाई पूर्व एमाले सरकारले राष्ट्र वैंकमा गभर्नर नियुक्त गरेको थियो। गभर्नर नियुक्त हुनु अघि नै एकपटक र गभर्नर भएपछि एक पटक गरी खतिवडालाई पूर्व एमाले सरकारले दुइपटक राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो। एमालेले नै गएको निर्वाचनपछि खतिवडालाई राष्ट्रियसभा लगेको थियो। लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर काम गरेका खतिवडालाई उनले पार्टीका धेरै सिनियर नेताका आकांक्षा पन्छाउँदै अर्थमन्त्री बनाएका थिए। यसअघि मन्त्रिपरिषद बैठक...
अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाण्डौ, पुस ७ । अमेरिकामा अहिलेसम्म पाँच लाखभन्दा धेरै अमेरिकीले खोप लगाइसकेका बीबीसीमा उल्लेख छ । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा प्रभावित भएको अमेरिकामा सङ्क्रमितको संख्या एक करोड ८४ लाखभन्दा बढी छ । यस्तै अहिलेसम्म तीन लाख २६ हजारको ज्यान गएको छ । यसैबीच अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन् । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनको प्रतिक्रिया छ । डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले खोपलाई लिएर चिन्ता गर्नु नपर्ने बताएका छन् । बाइडेनकी श्रीमती डा जिल बाइडेनले पनि खोपको लगाएकी छन् । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका श्रीमान डग एमहोफले पनि आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ ।साथै राष्ट...
कोरोना कहरः विश्वभर थपिए ५ लाख ११ हजार संक्रमित, मृत्यु कति ?

कोरोना कहरः विश्वभर थपिए ५ लाख ११ हजार संक्रमित, मृत्यु कति ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं , पुस ७ । पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ११ हजार संक्रमित थपिएका छन् । यस्तै सोही अवधिमा ४ लाख ६९ हजारले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोना निको हुनेको संख्या ५ करोड ४५ लाख ६१ हजार पुगेको छ । त्यस्तै, हालसम्म विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ करोड ७६ लाख ८४ हजार नाघेको छ । हाल विश्वभर २ करोड १४ लाख १४ हजार सक्रिय संक्रमित रहेका छन् भने एक लाख ६ हजारबढीको अवस्था गम्भीर रहेको वर्ल्डो मिटरले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ७१८ को मृत्यु भएसँगै मृतकको संख्या १७ लाख ८ हजार २२९ जना पुगेको हो ।...
विश्वभर युट्यूब र गुगलका सेवाहरू ‘डाउन’

विश्वभर युट्यूब र गुगलका सेवाहरू ‘डाउन’

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर २९ अहिले विश्वभरि नै गुगलका सेवाहरु जस्तै युट्युब, जी–मेल, ड्राइभ, ह्याङआउटलगायत प्राविधिक कारणले ‘डाउन’ हुँदा चल्न सकेका छैनन् । यस किसिमका रिपोर्टबारे खबर गर्ने ‘डाउन डिटेक्टर’ का अनुसार गुगलको सफ्टवेयरमा समस्या भएकाले यस्तो भएको जनाएको छ । यस्तोमा अहिले सामाजिक सञ्जालभरि मानिसहरुले गुगल समक्ष काममा अवरोध पुर्याएको भनि विभिन्न गुनासो गरिरहेका छन् । युट्युबले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत यसको समाधानमा लागिरहेको जनाएको छ ।...
नेपाल–भारत हवाई उडान पुस २ गतेदेखि खुल्दै

नेपाल–भारत हवाई उडान पुस २ गतेदेखि खुल्दै

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौ, मंसिर २६ विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)संक्रमण त्रासका कारण ९ महिानदेखि बन्द नेपाल–भारत हवाई उडान  संचालनमा आउने भएको छ। नेपाल र भारतबीच कुटनीतिकस्तरमा छलफलपछि काठमाडौं–दिल्ली गत चैत महिनादेखि बन्द भएको काठमाडौं–दिल्ली हवाई उडान पुस २ गतेदेखि आंशिक रुपमा सञ्चालन हुने भएको हो। जसमध्ये सुरुमा नेपाल र भारतका एक–एक वटा एयरलाइन्सले मात्रै उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले दैनिक एक–एक उडान गर्नेछन्। नेपालले डेढ साता अघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको छ। भारतले भदौ ७ गते नेपाललाई एयर बबल ट्राभल सम्झौताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो। भारतले नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्न गाह्र...
हुस्सुले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा असर

हुस्सुले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा असर

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, मौसम, समाचार
काठमाण्डौँ, मंसिर २६ काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेपछि उडानमा असर भएको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडानमा असर गरेको हो । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ । बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए । उनका अनुसार आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान करिब साढे ६ बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण भएको छैन । हुस्सु खुलेपछि मात्र उडान सामान्य हुने निमित्त महाप्रबन्धक कर्णले बताए । अन्तर्र...
मानिसको शरीरमा फेला पर्यो नयाँ अंग

मानिसको शरीरमा फेला पर्यो नयाँ अंग

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २४ वैज्ञानिकहरुले मानिसको शरीरमा एक नयाँ अंग पत्ता लगाएका छन् । नेदरल्याण्डका वैज्ञानिकहरुले एक नयाँ क्यान्सरबारे खोज गरिरहेको बेला उनीहरुले घाँटीमा एक नयाँ अंग पत्ता लगाएका हुन् । खोजकर्ताहरुले मानिसको घाँटीको माथिल्लो भागमा ग्रन्थीहरुको एक समुह फेला पारेका हुन् । वैज्ञानिकहरुले शरीरमा पत्ता लगाइएको यस अंगको Tubarial salivary glands दिएका छन् । यसले नाकलाई ओसिलो बनाइ राख्न मद्दत गर्दछ । Radiotherapy and Oncology जर्नलमा प्रकाशित रिपोटका अनुसार वैज्ञानिकहरुले रेडिएसन उपचारको सन्दर्भमा ग्रन्थीहरुलाई प्रभावित पारिन्न जसले गर्दा मानिसहरुलाई फाइदा पुग्दछ । नेदरल्याण्डको एम्सटर्डमको क्यान्सर इष्टिच्यूटका वैज्ञानिकहरु प्रोस्टेट क्यान्सरको परीक्षणका लागि तयार गरिएको PSMA PET-CT नामको स्क्यानको परीक्षण गरिरहेका थिए । यसै बेला चिकित्सकहरु एक रेडियोएक्टिभ ट्रेसरको बिराम...