Thursday, March 28
Shadow

कार बम विस्फोट हुँदा ४ चिकित्सकको मृत्यु


  • -इ
  • इ+

काठमाडौं, पुस ७ । विस्फोट हुँदा ४ चिकित्सकको मृत्यु भएको छ । अफगानिस्तानको राजधानी काबुुलमा मंगलबार गराइएको कार बम विस्फोटमा कम्तीमा ५ जनाको मृत्यु भएको हो । घटनामा ज्यान गुमाउनेमध्ये ४ जना चिकित्सक भएको अधिकारीहरुले
बताएका छन् । विस्फोटमा दुई जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता फरदावस फरामान्जकाअनुसार काबुुल पुलिसका डाक्टरहरुको टोली काबुुलको पूर्वमा रहेको पुुल–ए चारखी कारागार जाने क्रममा बम विस्फोट भएको हो । उक्त कारागारमा सयौं तालिवान लडाकुहरुलाई राखिएको छ । चिकित्सकहरु चढेको कारमा बम जडान गरिएको प्रहरीको दाबी छ ।

 

यद्यपि, विद्रोहीहरुले चिकित्सकलाई लक्षित गरी बम विस्फोट गराइएकाबारे यकिन भइसकेको छैन । घटनाको हालसम्म कुनै समूहले पनि जिम्मेवारी लिइसकेको छैन । विस्फोटका कारण घटनास्थल नजिकैका भवन तथा पसलहरुमा सामान्य क्षति पुुगेको जनाइएको छ ।

अफगानिस्तानका विभिन्न स्थानमा पछिल्लो समय गराइएका हिंसात्मक घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको दाबी गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares