Friday, May 3
Shadow

अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, पुस २९ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ ।संक्रमित मूलुकको सूचीमा भारत अमेरिकापछि दोस्रो नम्बरमा छ । बुधबार बिहानको तथ्यांक अनुसार एकैदिन १४ हजार ८९८ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको हो । अहिलेसम्म भारतमा १ लाख ५१ हजार ५४२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १७८ संक्रमितको मृत्यु भएको छ । अहिले २ लाख १६ हजार ३५६ मा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ८ हजार ९४४ को अवस्था गम्भीर छ । अहिलेसम्म भारतमा १ करोड १ लाख २६ हजार ९१३ ले कोरोनालाई जितेका छन् ।  ...
कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २९ । कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन्। यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ। संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ। र, प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन्। सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन्। त्यसैले, राजनीतिक वृत्तमा यो निर्णयले ठूलो झट्का दिएको छ। ‘यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ। पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो,’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ। राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको पन...
इन्डोनेशिया विमान दुर्घटना:  विमानको ब्ल्याक बक्स भेटियो

इन्डोनेशिया विमान दुर्घटना: विमानको ब्ल्याक बक्स भेटियो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
काठमाडौँ , पुस २८ । इन्डोनेशियाको श्रीविजय विमान दुर्घटनाग्रस्त क्षेत्रबाट विमानको ब्ल्याक बक्स फेला परेको छ ।तीन दिन अगाडी ६२ जना यात्रु बोकेको श्रीविजय विमान जावा समुन्द्रमा दुर्घटना भएको थियो । समुन्द्रमा भेटिएको ब्ल्याकबक्स भोइस रेकर्डरको बक्स हो वा फ्लाइटको जानकारी भएको ब्ल्याक बक्स हो भन्ने खुलासा भएको छैन । मंगलबार बेलुका इन्डोनेशियाको नेभीले उक्त ब्ल्याक बक्स पत्ता लगाएको हो ।इन्डोनेशियन नेभी डाइभर्सले, बोइङ्ग जेटको फयुजलेजबाट लोकेसन सिग्नल प्राप्त भएपछि आइतबार एस जे १८२ को टुक्राहरु भेटाएका थिए । एउटा उद्दार समूहले मानिसहरुको बाँकी रहेको अवशेषहरु सङ्कलन गरेको छ । श्रीविजय एयर फ्लाइट १८२, टेकअफको केहि समयमा नै श्रीलंकाको राजधानी जकार्ताको उत्तरपश्चिमको पानीमा दुर्घटनाग्रस्त भएको थियो ।...
महाअभियोग प्रस्ताव दर्ता भयो डोनाल्ड ट्रम्पविरुद्ध

महाअभियोग प्रस्ताव दर्ता भयो डोनाल्ड ट्रम्पविरुद्ध

अन्तर्राष्ट्रिय
काठमाडौं , पुस २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको हो । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बताइएको छ । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाउँदै महाअभियोग दर्ता गरिएको हो । महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीलाई दबाब दिएको विषय पनि उल्लेख छ । राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् ।...
कोरोना संक्रमितको संख्या विश्वमा ८ करोड ९० लाख नाघ्यो, कतिले गुमाए ज्यान ?

कोरोना संक्रमितको संख्या विश्वमा ८ करोड ९० लाख नाघ्यो, कतिले गुमाए ज्यान ?

अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं , पुस २८। विश्वभर कोरोना संक्रमितको कूल संख्या ८ करोड ९० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ८ करोड ९० लाख ४८ हजार ३४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ६० हजार ९९३ संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ३० हजार २६५ पुगेको छ ।...
बेलायतमा २६ लाखले लगाए कोरोना विरुद्धको खोप

बेलायतमा २६ लाखले लगाए कोरोना विरुद्धको खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८ । बेलायतमा कोरोना संक्रमणदर नियन्त्रण बाहिर गएसँगै सरकारले कोरोना विरुद्धको खोपलाई व्यापक तुल्याएको छ । बेलायतले हाल तीन किसिमका खोपलाई आम मानिसमा प्रयोगका लागि अनुमति दिएपनि अहिले फाइजर–बायोएनटेक र बेलायतकै अक्सफोर्डद्वारा निर्मित खोपमात्र सञ्चालनमा आएका छन् । अर्को मोडेर्नाको खोपको लागि भने अझै केहि समय प्रतिक्षा गर्नुपर्नेछ । कोरोना संक्रमणका दृष्टिकोणले बेलायत अहिलेसम्मकै सबैभन्दा नाजुक अवस्थामा पुगेको बेलायती स्वास्स्थ्यमन्त्री म्याट ह्यान्कक्ले बताएका छन् । हाल बेलायतका अधिकांश क्षेत्रहरुमा कडा प्रतिबन्धसहितको अल्कडाउन सरहको ‘टीयर ४’ लागू गरिएको छ । पछिल्ला दिनहरुमा संक्रमण, मृत्युदर र अस्पतालमा भरान हुनेको संख्यामा महामारी शुरु भए यताकै नयाँ रेकर्ड कायम भएपछि बेलायतको अवस्था झन् नाजुक बनेको हो । संक्रमण दर बढेसँगै कोरोना विरुद्धको खोपलाई बेलायत सरकारले प्रथामि...
भारतमा कोरोना खोप अभियानको तयारी, ३० करोडलाई खोप दिइने

भारतमा कोरोना खोप अभियानको तयारी, ३० करोडलाई खोप दिइने

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाज
काठमाडौं, पुस २७ । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ । खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिम समेतका आवश्यक जानकारी दिइएको छ । भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका २७ करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ । अधिकारीहरुले पोलियो र अर्बुद रोगसम्बन्धी बाल...
ट्रम्पलाई महाअभियोग लगाउने डेमोक्रेटको तयारी

ट्रम्पलाई महाअभियोग लगाउने डेमोक्रेटको तयारी

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ , पुस २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने निश्चित भएको छ । डेमोक्रेट सांसदहरुले सोमबार हाउस अफ रेप्रीजेनटेटिभमा ट्रम्पविरुद्ध महाअभियोग लगाउने अन्तिम तयारी गरेका छन् । अमेरिकी संसदमा भएको आक्रमणपछि राष्ट्रपति ट्रम्पमाथि आफ्नो कार्यकाल नसकिदै पद छोड्न दबाब बढेको छ ।राष्ट्रपति ट्रम्पकै पार्टी रिपब्लिकनका सिनेटर र अन्य नेताहरुले ट्रम्पलाई राजीनामा दिएर अपराधिक आरोप लाग्नबाट बच्न सुझाव दिएका छन् । डेमोक्रेटहरुले यसैसाता ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने तयारि स्वरूप् आफ्ना सबै सांसदअह्रुलाई वाशिंगटन पुग्न हवीप जारी गरेका छन् ।डेमोक्रेटहरुको ट्रम्पविरुद्धको महाअभियोगको लागि देशभर व्यापक समर्थन मिलेपनि रिपब्लिकन सिनेटरहरुले भने अहिलेसम्म महाअभियोगको पक्षमा मतदान गर्ने बताएका छैनन् । तर केहि रिपब्लिकन सिनेटरहरुले राष्ट्रपति ट्रम्पलाई राजीनामा दिन ...
कोरोना प्रकोपः विश्वभर संक्रमितको संख्या ९ करोड नाघ्यो, अहिलेसम्म कतिले ज्यान गुमाए?

कोरोना प्रकोपः विश्वभर संक्रमितको संख्या ९ करोड नाघ्यो, अहिलेसम्म कतिले ज्यान गुमाए?

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस २७ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या नौ करोड नाघेको छ।वल्र्डओमिटरले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ६ लाख ७५ हजार ९ सय ८ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ६ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। विश्वभर अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ५ सय ४५ पुगेको छ। यो सोमबार बिहान ७ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा छ। त्यहाँ दुई करोड २९ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। मृत्यु पनि अमेरिकामै सबैभन्दा धेरै छ। त्यहाँ ३ लाख ८३ हजार भन्दा धेरैले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्। दोस्रो स्थानमा रहेको भारतमा एक करोड ४६ लाख ७४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या भने अमेरिकापछि ब्राजिल...
विश्वव्यापी खोपका लागि बेलायतद्वारा १ अर्ब डलर प्रदान गर्ने घोषणा

विश्वव्यापी खोपका लागि बेलायतद्वारा १ अर्ब डलर प्रदान गर्ने घोषणा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष २६ बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ । बेलायत सरकारले अन्य दाताले ४ डलर दिए आफ्ना तर्फबाट एक पाउन्ड रकम कोभाक्समा राख्ने जनाएको छ । कोभाक्सका लागि बेलायतले यसअघि नै ५४ करोड ८० लाख डलर अनुदान दिइसकेको छ । क्यानाडा, जापान र जर्मनीले मुख्य रुपमा कोभाक्स कोषमा रकम जम्मा गरिरहेका छन् । यस कोषका लागि १ अर्ब ७० करोड डलरसम्म प्रदान गर्ने योजना दाताहरुको रहेको छ । बेलायती विदेश मन्त्रालयका अनुसार यसै वर्षभित्र ९२ वटा विकासशील मुलुकका लागि कोषबाट एक अर्ब कोभिड–१९ को खोप वितरण गरिने छ । विदेशमन्त्री डोमिनिक राबले जारी गर्नु भएको विज्ञप्तिमा यो विश्वव्यापी समस्या रहेकाले सबैलाई यस अभियानमा सहभागी गराउनुको विकल्प नरह...