Friday, April 19
Shadow

महाअभियोग प्रस्ताव दर्ता भयो डोनाल्ड ट्रम्पविरुद्ध


  • -इ
  • इ+

काठमाडौं , पुस २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको हो ।

महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बताइएको छ । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाउँदै महाअभियोग दर्ता गरिएको हो ।

महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीलाई दबाब दिएको विषय पनि उल्लेख छ ।

राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares