Saturday, May 2
Shadow

अन्तर्राष्ट्रिय

अमेरिकाका ४६औं राष्ट्रपति बाइडेनको शपथ आज, सुरक्षा व्यवस्था निकै कडा

अमेरिकाका ४६औं राष्ट्रपति बाइडेनको शपथ आज, सुरक्षा व्यवस्था निकै कडा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
काठमाडौं , माघ ७ । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदैछन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले आज शपथ लिन लागेका हुन् । राष्ट्रपति निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस दुवै जना राजनीतिक परेडजस्तो देखिने सत्तारोहण समारोहमा शपथग्रहण गरेर मात्र ह्वाइट हाउस प्रवेश गर्दैैछन् । अमेरिकामा नयाँ राष्ट्रपतिलाई औपचारिक रूपमा पदभार ग्रहण गराउने प्रक्रिया र समारोहलाई इनोग्यूरेशन भनिन्छ । उक्त समारोह राजधानी यो वाशिङ्टन डीसीमा आयोजना हुन्छ । त्यसमा राष्ट्रपति निर्वाचितले पदको शपथको बेहोरा वाचन गर्छन् । संविधानको रक्षा गर्ने प्रतिबद्धता समेटिएको शपथ लिएपछि जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नेछन् । सत्तारोहण समारोह त्यतिमै समापन हुने भए पनि केही समय त्यहाँ अरू कार्यक्...
भारतमा ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ट्रक र चालक प्रहरी नियन्त्रणमा

भारतमा ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ट्रक र चालक प्रहरी नियन्त्रणमा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, मुख्य समाचार
काठमाडौं , माघ ६ । भारतको गुजरातस्थित सूरतमा ट्रक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । सोमबार राती फुटपाथमा सुतिरहेका मजदुरमाथि अनियन्त्रित ट्रक जोतिँदा १२ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकमध्ये ९ जनाको पहिचान गरिएको छ । मृत्यु हुनेमा २ वर्षकी बालिका र एक वर्षका बालक पनि समावेश छन् । यस्तै ६ महिनाको बालिकाको भने ज्यान बचेको छ । उनी आमाबुवासँग सुतिरहेकी थिइन् । दुर्घटनापछि शवको बीचबाट बालिका रोएको आवाज सुनेर प्रहरीले उनलाई उद्दार गरी अस्पताल पुर्याएको छ । बालिकाका आमा–बुवाको मृत्यु भएको छ । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाउँदा ट्रक फुटपाथमा गुडेको भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।...
भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्दा किचेर १३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते

भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्दा किचेर १३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ६ । भारतको गुजरातमा गएराति फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्दा १३ जनाको ज्यान गएको छ । सुरतस्थित कोसाम्बा भन्ने स्थानमा ट्रकले किचेर १३ मजदुरको मृत्यु भएको हो । त्यहाँको प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए । दुर्घटना सोमबार राति किम(मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक भएको हो । फुटपाथमा सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको थियो । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। प्रहरीका अनुसार एउटा ट्याक्टरमा ठोक्किएपछि अनियन्त्रित भएको ट्रक मजदुर सुतिरहेको फुटपाथमा चढेको थियो।...
सुरक्षा ब्यबस्था कडाबीच पनि   अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते

सुरक्षा ब्यबस्था कडाबीच पनि अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , माघ ५ । अमेरिकाको फिनिक्स शहरमा गोलाबारी हुँदा कयौं घाइते भएका छन् । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनको शपथ समारोहको पुर्व सन्ध्यामा सुरक्षा ब्यबस्था कडा पारिएकै समयमा गोलाबारी भएको हो । अमेरिकी अधिकारीहरुको अनुसार फिनिक्स शहरको एबेन्यु क्षेत्रमा केही समुहबीच झडप भएको खबरका बीच सुरक्षाकर्मी पुग्दा तीन जना गोली लागि ढलेको अवस्थामा भेटिएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको छ । घटनाबारे अनुसन्धान थालिएको छ । घटनामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरिएको छ ।-फाइलतस्बिर ...
इन्डोनेसियामा शक्तिशाली भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, माघ ३ । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो ।भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन । भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई अस्पतालमा उपचार गराइएको छ भने सामान्य घाइतेहरुको सङ्ख्या धेरै भएकाले उनीहरुलाई अस्पताल बाहिर नै उपचार गरिएको छ । भूकम्पले सवैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला सवैभन्दा बढी प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताए । उनका अनुसार मामुजुमा १८९ जना गम्भीर घाइते भएका छन् भने मजेनेमा ६३९ जना मध्यम घाइते भएका छन् । मध्यम घाइतेहरुलाई अस्पतालमा उपचारपछि चाडो चाडो निकाल्ने र अरुलाई लैज...
भारतमा आजदेखि सर्वसाधारणलाई कोरोना खोप, पहिलो चरणमा ३० करोडलाई लगाइने

भारतमा आजदेखि सर्वसाधारणलाई कोरोना खोप, पहिलो चरणमा ३० करोडलाई लगाइने

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ३ । भारतले आजदेखि सर्वसाधारणालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थाल्ने भएको छ । बिहान साढे १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गर्नेछन् । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी भएको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ । खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिम समेतका आवश्यक जानकारी दिइएको छ । भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका ३० करोड व्यक्तिलाई ख...
कोरोना महामारी : विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

कोरोना महामारी : विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, माघ २ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख नाघेको हो । शुक्रबार बिहानसम्मको तथ्यांकानुसार २० लाख १ हजार २०९ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २।१४ प्रतिशत हो ।पछिल्लो २४ घण्टामा ७ लाख ४७ हजार ३१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ३५ लाख नाघेको हो । शुक्रबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ३५ लाख ७ हजार ९४२ पुगेको छ । यसमध्ये ६ करोड ६७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ४०४ जना निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ९७ लाख ८७८ पुगेको छ । कुल संक्रमितको २६...
कोरोनाको मृत्युमा नयाँ रेकर्ड कायम , एकैदिन विश्वभर १६ हजारभन्दा बढीको मृत्यु

कोरोनाको मृत्युमा नयाँ रेकर्ड कायम , एकैदिन विश्वभर १६ हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौँ, माघ १ । विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । यसअघि बुधबार ९२९ पुसमा० १६ हजार १ जनाको मृत्यु भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ४० हजार २२९ संक्रमित थपिएका छन् ।बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ८५ हजार ३९२ पुगेको छ । त्यस्तै अहिलेसम्म ९ करोड २७ लाख ४६ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित २ करोड ४४ लाख ८४ हजार ६०७ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड ६२ लाख ७६ हजार २३९ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाए...
ट्रम्पमाथि लाग्यो दोस्रो पटक महाअभियोग

ट्रम्पमाथि लाग्यो दोस्रो पटक महाअभियोग

अन्तर्राष्ट्रिय, मुख्य समाचार
  काठमाडौं , माघ १ । राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् । उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो । गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ । महाभियोग पारित हुन २१७ मत आवश्यक थियो। तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन् । तर ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्। विपक्षमा १९७ जना रिपब्लिकन सांसद देखिए । तल्लो सदनले सन् २०२० मा पनि उनी विरुद्ध महाभियोग पारित गरेको थियो । तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभ...
भारतमा कोरोनाको खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने

भारतमा कोरोनाको खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने

अन्तर्राष्ट्रिय, आर्थिक, मुख्य समाचार
काठमाडौं,पुस २९ । भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने मंगलबार जानकारी दिएका हुन् । भारतमा कोभिशिल्ड र कोभ्याक्सीन गरी दुई वटा खोप आपतकालीन अवस्थामा प्रयोग गर्न आधिकारिक निकायले अनुमति दिएको छ । भारतले अहिलेसम्म कोरोना भाइरसविरुद्धको ५४ लाख खोप भण्डारण गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । पहिलो चरणमा यो खोप देशका विभिन्न ठाउँमा वितरण गरिने छ । भारतमा यही जनवरी १६ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने तयारी भइरहेको महानिर्देशक भूषणले जानकारी दिए । भारत सरकारले गत सन् २०२० को मे महिना अगाडि नै कोरोना भाइरसविरुद्धको खोप विकास गर्न वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई खटाएको थियो । उनीहरूले नै यसको विकास गरेका हुन् । ...