Friday, April 26
Shadow

इन्डोनेशिया विमान दुर्घटना: विमानको ब्ल्याक बक्स भेटियो


  • -इ
  • इ+

काठमाडौँ , पुस २८ । इन्डोनेशियाको श्रीविजय विमान दुर्घटनाग्रस्त क्षेत्रबाट विमानको ब्ल्याक बक्स फेला परेको छ ।तीन दिन अगाडी ६२ जना यात्रु बोकेको श्रीविजय विमान जावा समुन्द्रमा दुर्घटना भएको थियो ।

समुन्द्रमा भेटिएको ब्ल्याकबक्स भोइस रेकर्डरको बक्स हो वा फ्लाइटको जानकारी भएको ब्ल्याक बक्स हो भन्ने खुलासा भएको छैन ।

मंगलबार बेलुका इन्डोनेशियाको नेभीले उक्त ब्ल्याक बक्स पत्ता लगाएको हो ।इन्डोनेशियन नेभी डाइभर्सले, बोइङ्ग जेटको फयुजलेजबाट लोकेसन सिग्नल प्राप्त भएपछि आइतबार एस जे १८२ को टुक्राहरु भेटाएका थिए ।

एउटा उद्दार समूहले मानिसहरुको बाँकी रहेको अवशेषहरु सङ्कलन गरेको छ ।

श्रीविजय एयर फ्लाइट १८२, टेकअफको केहि समयमा नै श्रीलंकाको राजधानी जकार्ताको उत्तरपश्चिमको पानीमा दुर्घटनाग्रस्त भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares