Wednesday, April 24
Shadow

बेलायतमा २६ लाखले लगाए कोरोना विरुद्धको खोप


  • -इ
  • इ+

काठमाडौं, पुस २८ । बेलायतमा कोरोना संक्रमणदर नियन्त्रण बाहिर गएसँगै सरकारले कोरोना विरुद्धको खोपलाई व्यापक तुल्याएको छ । बेलायतले हाल तीन किसिमका खोपलाई आम मानिसमा प्रयोगका लागि अनुमति दिएपनि अहिले फाइजर–बायोएनटेक र बेलायतकै अक्सफोर्डद्वारा निर्मित खोपमात्र सञ्चालनमा आएका छन् । अर्को मोडेर्नाको खोपको लागि भने अझै केहि समय प्रतिक्षा गर्नुपर्नेछ ।

कोरोना संक्रमणका दृष्टिकोणले बेलायत अहिलेसम्मकै सबैभन्दा नाजुक अवस्थामा पुगेको बेलायती स्वास्स्थ्यमन्त्री म्याट ह्यान्कक्ले बताएका छन् । हाल बेलायतका अधिकांश क्षेत्रहरुमा कडा प्रतिबन्धसहितको अल्कडाउन सरहको ‘टीयर ४’ लागू गरिएको छ । पछिल्ला दिनहरुमा संक्रमण, मृत्युदर र अस्पतालमा भरान हुनेको संख्यामा महामारी शुरु भए यताकै नयाँ रेकर्ड कायम भएपछि बेलायतको अवस्था झन् नाजुक बनेको हो ।

संक्रमण दर बढेसँगै कोरोना विरुद्धको खोपलाई बेलायत सरकारले प्रथामिकताका आधारमा खोप वितरणमा तीव्रता आइएको छ । हालसम्म २६ लाख ७५ हजार २१३ जनालाई कोरोना विरुद्धको खोप दिइसकेको स्वास्थ्य मन्त्रीले सोमबार जानकारी दिएका हुन् । हाल दिएका खोपमध्ये २२ लाख ८६ हजार ५७२ जनाले खोपको पहिलो डोज मात्र लिएका छन् भने तीन लाख ८८ हजाए ६४१ जनाले खोपको दुईवटै डोज लिइसकेका छन् ।

सोमबारबाट बेलायतमा ठूलो सङ्ख्याम खोप वितरण गर्ने उद्देश्यले विभिन्न सातवटा स्थानहरुमा खोप सेवा शुरु गरेको छ । लन्डन, ब्रिष्टल, सर्रे, न्यूक्याशल, म्यानचेष्टर र बर्मिंगहाम जस्ता ठाउंमा ठूलो संख्यामा अखोप कार्य शुरु गरिएको छ । आगामी मध्ये फेब्रुअरीसम्ममा दुई हजार सात सय स्थानहरुमा खोप वितरण सेवा विस्तार गरिने र एकैहाप्तामा बीस लाख मानिसलाई खोप दिने सरकारले बताएको छ । जसमा २०६ वटा अस्पताल, ५० भ्याक्सिनेशन सेन्टर र करिव एक हजार दुई सय स्थानीय भ्याक्सिन साइटहरु लगायतका पर्दछन । यो खोप वितरण कार्य इतिहाँसकै सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका छन् ।

कोरोना संक्रमका कारण बेलायतमा पछिल्लो एकसातामा मात्र छ हजार ४८५ जानाको ज्यान गएको छ । बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८१ हजार ९६० पुगेको छ भने संक्रमितको संख्या ३१ लाख १८ हजार ५१८ पुगेको छ । मृतक संख्याको आधारमा विश्वमा सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, मेक्सिको र भारतपछि पाँचौं स्थानमा रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares