Friday, March 29
Shadow

पशुपतिनाथमा दर्शनार्थीको घुइँचो , विशेष पुजाको लागि शुल्क


  • -इ
  • इ+

काठमाडौं, ६ फागुन । पशुपतिनाथको बिशेष पुजा गर्ने रकममा बढोत्तरी गरिएको छ । पशुपति बिकासक्षेत्र कोष, सञ्चालक परिषद, देउउद्यानज गौशालाले आज जारी गरेका सुचना अनुसार पराम्परागत पुजा र बिशेष पुजाको शुल्क बढोत्तरी गरिएको हो ।

गत असार ८ गते बसेको सञ्चालक परिषदको बैठकको निर्णयानुसार शुल्क परिमार्जन गरि बढोत्तरी गरिएको कोषले जनाएको छ । ‘भगवान श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरुवाट पराम्परागत रुपमा नै गरिनेृ रु ५,१००/- र रु ११,०००/- को बिशेष पुजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गते को सञ्चालक परिषदको बैठकको निर्णयले उक्त पुजा रकमलाई क्रमशः ७५००/- र १५,१००/- हुने गरी परिमार्जन गरिएको छ’ आज जारी सार्वजकि सुचनामा भनिएको छ ।

बिशेष प्रकृतिको पुजा लागि शुल्क लिदाँ ब्यवस्थापनमा सहज हुनुको साथै पावन पशुपत क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नसमेत यसले सघाऊ पुगाउने कोषले बिश्वास लिएको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares