Monday, August 24
Shadow

Author: Interview Nepal

सरकार आफैं ढल्छ, हामिले ढाल्नु पर्दैन – ईश्वर पोख्रेल

सरकार आफैं ढल्छ, हामिले ढाल्नु पर्दैन – ईश्वर पोख्रेल

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - नुवाकोटको बिदुरमा आफ्नो कर्याकर्ता भेल्कमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार स्टण्ड देखाएर आफ्नो आयु लम्ब्याउने खेलमा लागेको छ । दुई दिने जिल्लास्तरीय प्रशिक्षणका क्रममा नुवाकोटको विदुर पुगेका उपाध्यक्ष पोखरेलले यस प्रकारको अभिव्यक्ति दिएका हुन । उपाध्यक्ष पोखरेलले जनताको पक्षमा काम गर्न नसकेपछि अनेक किसिमका स्टण्ट गर्न सफल गठबन्धन सरकार जनसरोकारका काम गर्न असफल भएको समेत दावी गरे। उपाध्यक्ष पोखरेलले भने,’देशभित्र युवा तथा शिक्षित वर्ग सबैतिर निराशाको बादल मात्रै मडारिरहेको छ, युवाहरू आत्तिरहेका छन्,सरकारले कुनै योजना बनाउन सकेको छ। देशको स्वाधिनतासमेत संकटमा परेको बताउँदै देशलाई सफल बनाउने दायित्व एमालेको काँधमा आएको बताए। सरकारमा आयु लम्बाउने कुण्ठामात्रै रहेको र अनेक स्टण्ट खडा गरेर तर्साउने काम मात्रै गरिरहेको उनको आरोप छ। उपाध्यक्ष पोखरेलले भ्रष्टा...
ताम्सालिङ प्राप्तिको आन्दोलन आलु पकाएर घिउ खाने रहर !

ताम्सालिङ प्राप्तिको आन्दोलन आलु पकाएर घिउ खाने रहर !

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
  लेखक - दीपेन्द्र लो छोरा छोरीलाई युरोप अस्ट्रेलिया पठाउने , आफ्नो नाती नातीनिलाई मात्री भाषा नसिकाउने , उघोग व्यापर नगर्ने, राष्टृय राजनितीमा नलाग्ने , लोक सेवामा जान हतोत्सही गर्ने अनि अनि ताम्सालिङको नाराले मात्र रोजी रोटी र आत्म सम्मान दिन्छ ? भगवती पाण्डेको बोली गलत थियो । तामाङ समाज र बिज्ञहरुले बिरोध गरे । उनले मेरो नियत चोट पुर्याउने थिएन भनिन । कुरा सकिएको थियो । तामाङ समाज र तामाङ साथीहरु सडकमा उतृए । मैले सडक आन्दोलनलाई गलत भयो भनें । पार नलाग्ने आन्दोलन गरेर फाइदा छैन भनेको थिएँ । नतिजा मैले भनेको जस्तै भयो । बिचारको झाटारो बिचारले दिनु पर्थ्यो । तर मगर तामाङहरु चुके । नाङ्गै सहरमा घुमे । उनले भनेकी थिइन क्रस कजिनबाट जन्मिएको सन्तान अपराधी मानसिक्स्ता हुन्छन । कसैले प्रश्न गरेनन वलात्कार , ठगी , दलाली र झुठो बोल्ने ,किर्ते ठगिमा तिम्रो जाती किन अगाडी छ ? मल...
कामनपा -१६ को वडा अध्यक्ष को निधन

कामनपा -१६ को वडा अध्यक्ष को निधन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले जानकारी दिए । रिजाल भाइरल संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् । काठमाडौं क्षेत्र नम्बर-७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । उहाँको पार्थिव शरीर लाई १२:३० सम्म राष्ट्रिय सभागृह मा राखिने जानकारी धर्मराज अर्यालले जानकारी दिनुभएको छ । धादिङको खनियाँबासमा जन्मिएका रिजाल हाल काठमाडौं-१६, बालाजुमा बसोबास रहेको छ । रिजालको श्रीमती र २ छोराहरू रहेका छन् ।...
कृष्णनगरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस

कृष्णनगरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कपिलवस्तु भाद्र १९ कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज रैली गरि मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस मनाइएको छ। कृष्णनगर नगरपालिका, शान्ति पुनर्स्थापना गृह,आफन्त नेपाल,इलाका प्रहरी कार्यलय कृष्णनगर, सशस्त्र प्रहरी बल कृष्णनगर, साना हातहरु, नेपाल आशिष सामाजिक सेवा केन्द्र लगायतको आयोजना तथा महेन्द्र माध्यमिक विद्यालय, सेन्टज्यूड्स इंग्लिश बोर्डिंग स्कूल, होटल व्यवसायी संघ कृष्णनगरको सहकार्यमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस नगरपालिकाको कार्यालय देखि बजार भ्रमण गर्दै कृष्णनगरको गोलघर रैली समाप्त गरियो। गोलघरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस कार्यक्रम कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको अध्यक्षता तथा प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ता, अतिथि हरूमा ...
जनताको हक अधिकार दिलाउन तथा भेदभाव हटाउन माओबादी केन्द्रको भूमिका अविस्मरणीय :- मौलाना मशहूद

जनताको हक अधिकार दिलाउन तथा भेदभाव हटाउन माओबादी केन्द्रको भूमिका अविस्मरणीय :- मौलाना मशहूद

ब्यानर समाचार 2, समाचार
- अजय मिश्र , कपिलवस्तु  -  नेकपा माओबादी केन्द्रका राष्ट्रीय अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे संग कपिलवस्तु को विजयनगरको वडा नं ३ मा आज नेकपा माओबादी केन्द्र प्रदेश समिति सदस्य मौलाना मशहूद खां नेपाली ले अभियानको उद्घाटन गरेका छन्। विजयनगर गाँउ पालिका वडा नं ३ बाट अभियानको साहिद खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा नुरुल कमर खान, सरिता अर्याल लगायत रहेका थिए। जनता संग विशेष रूपांतरण अभियानमा बोल्दै प्रमुख अतिथि प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले नेकपा माओबादी केन्द्रले दलित, जनजाति, मुस्लिम, महिला, अल्पसंख्यक, मुस्लिम लगायतको हक अधिकार दिलाएको बताउदै १० बर्षे जनयुद्धमा...
लोकतन्त्रमा सबै धर्म संस्कृतिले सम्मान सहितको समान अवसर

लोकतन्त्रमा सबै धर्म संस्कृतिले सम्मान सहितको समान अवसर

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनैपूर्णिमा र गाईजात्राका अवसरमा सम्पूर्णमा कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । लोकतन्त्रमा मात्र सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्नुभएको छ । जनैपूर्णिमा र गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गरी भावी पुस्ताका लागि पनि यस्ता पर्वलाई जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी रहेको बताउनुभएको हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व छन् । यी प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्दै सभापति देउवाले...
राष्ट्रिय योजना आयोग प्रति राष्ट्रिय सभा अध्यक्ष को कटाक्ष

राष्ट्रिय योजना आयोग प्रति राष्ट्रिय सभा अध्यक्ष को कटाक्ष

ब्यानर समाचार 2, समाचार
काठमाडौ - काठमाडौंमा मङ्गलवार आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले निर्धारण गरेका लक्ष्य प्राप्तीका लागि आयोगले गर्नुपर्ने योगदान र समन्वयमा प्रश्न उठाउनुभएको थियो । उहाँले राष्ट्रिय योजना आयोगले राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिसँग पनि आवश्यक समन्वय नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले योजनावद्ध विकासले मात्रै मुलुकले समग्र विकासमा फड्को मार्नसक्ने उल्लेख गर्दै त्यसतर्फ आयोगको ध्यान जान नसकेको बिसयमा कुरा गर्नुभयो । उहाँले खाद्य सम्प्रभुता, कृषि उत्पादनमा आत्मनिर्भर तथा जलवायु परिवर्तनको असरबाट बच्चका लागि क्षेत्रगत आवश्यकता तथा सम्भाव्यताका आधारमा स्पष्ट योजनासहित बजेटको तादम्यता मिल्नुपर्ने बताउनु भयो । उहाँले योजना आयोगले मुलुकको आवश्यकता अनुसार सरकारलाई एकिकृत योजनाहरु सुझाउन नसकेको आरोप लगाउनु भयो । उहाँले संसदीय समिति...
कुन कुन मन्त्रीको साँठगाँठमा विद्युत महसुल उठेन ! – सांसद प्रेम सुवाल

कुन कुन मन्त्रीको साँठगाँठमा विद्युत महसुल उठेन ! – सांसद प्रेम सुवाल

समाचार
काठमाडौं - नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत महसुल उठाउन आनाकानी गरेकोमा संसदमा सरकार संग प्रस्न गरेका छन । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले विद्युत महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् । ‘डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरुसँग कुन-कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ । सांसद प्रेम सुवालले भने कुलमान घिसिङले बिजुली महशुल १० अर्ब किन उठाउन सकेनन ?...
छानबिन गर आफै जेल जाऊ – पुर्व प्रधानमन्त्री केपी ओलि

छानबिन गर आफै जेल जाऊ – पुर्व प्रधानमन्त्री केपी ओलि

ब्यानर समाचार 2, समाचार
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टिस्टेटको जग्गाका विषयमा जवाफ दिएका छन् । सोमवार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै ओलीले गिरिबन्धु टिस्टेटको नाममा रहेको जग्गा पटक पटक गैरकानुनी रुपमा बेचबिखन गरिएको र त्यसलाई रोक्न र व्यवस्थित बनाउन आफुले कानुन बनाएको दावी गरेका छन् । उनले भनेका छन्, ‘बिना छानबिन, विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । ०६० कि कति सालमा बिना कानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । छानबिन गर जेल जाऊ ।’ ओलीले यति होल्डिंग्स, वाइडबडी र गिरिबन्धु सबैको छानवीन गर्न सरकारलाई चुनौति दिएका छन् । ओलीलाई केही समयदेखि गिरिबन्धु टिस्टेटमा माफियालाई जग्गा बेच्न सहजिकरण गरेको आरोप लागिरहेका बेला उनले त्यसको खण्डन गरेका हुन् । ...
पानी बाराबारको स्थितिमा रहेका यी दुई पूर्वप्रधानमन्त्री माधव नेपाल र केपी ओलि सँगै

पानी बाराबारको स्थितिमा रहेका यी दुई पूर्वप्रधानमन्त्री माधव नेपाल र केपी ओलि सँगै

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाण्डु, भाद्र - ११ राष्ट्रपति रामचन्द पौडेलले केही दिनअघि शीतलनिवासमा बोलाएको सर्वदलीय बैठकमा नेपाल सहभागी हुने भएपछि ओली गएका थिएनन। एमाले विभाजनपछि दुई नेताबीचको तिक्तता घटेको छैन , थप बढ्दै गएको छ । एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा एकैसाथ देखिएका थिए । समितिको सभापति चयनका लागि भएको निर्वाचन प्रक्रियामा पानी बाराबारको स्थितिमा रहेका यी दुई पूर्वप्रधानमन्त्री सँगै बसेका छन । तर, एकअर्कासँग संवाद गरेनन्  संवाद गरेनन मात्रै होइन हेराहेर पनि गरेनन। नेपाल गएको कार्यक्रममा ओली जाँदैनन् । ओलीले संसद खुलाउन प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा आफूलाई नबोलाउन भनेकामा नेपालले आपत्ति नै जनाएका थिए ।...