राष्ट्रिय योजना आयोग प्रति राष्ट्रिय सभा अध्यक्ष को कटाक्ष
काठमाडौ - काठमाडौंमा मङ्गलवार आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले निर्धारण गरेका लक्ष्य प्राप्तीका लागि आयोगले गर्नुपर्ने योगदान र समन्वयमा प्रश्न उठाउनुभएको थियो । उहाँले राष्ट्रिय योजना आयोगले राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिसँग पनि आवश्यक समन्वय नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले योजनावद्ध विकासले मात्रै मुलुकले समग्र विकासमा फड्को मार्नसक्ने उल्लेख गर्दै त्यसतर्फ आयोगको ध्यान जान नसकेको बिसयमा कुरा गर्नुभयो । उहाँले खाद्य सम्प्रभुता, कृषि उत्पादनमा आत्मनिर्भर तथा जलवायु परिवर्तनको असरबाट बच्चका लागि क्षेत्रगत आवश्यकता तथा सम्भाव्यताका आधारमा स्पष्ट योजनासहित बजेटको तादम्यता मिल्नुपर्ने बताउनु भयो । उहाँले योजना आयोगले मुलुकको आवश्यकता अनुसार सरकारलाई एकिकृत योजनाहरु सुझाउन नसकेको आरोप लगाउनु भयो । उहाँले संसदीय समिति...









