Thursday, May 7
Shadow

Author: Interview Nepal

कार र टिपर ठोक्किँदा धादिङमा एक जनाको मृत्यु

कार र टिपर ठोक्किँदा धादिङमा एक जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर ७ पृथ्वीराजमार्ग अन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय केसीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले दुर्घटनामा तीन जना घाइते जानकारी दिए । दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी सुधीर सुवेदी गम्भीर घाइते भएका छन् । एक जनाको सामान्यावस्था छ । घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।...
दैनिक तातोपानी सेवनले जोगाउँछ यस्ता रोगहरुबाट

दैनिक तातोपानी सेवनले जोगाउँछ यस्ता रोगहरुबाट

अचम्मका कुरा, जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ७ थुप्रै रोग लाग्नबाट बचाउने तातोपानीको सेवन दैनिक रुपमा गर्न सकिन्छ । तातोपानी शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवन गर्मी मौसम र जाडो मौमस दुवैमा गर्न सकिन्छ । चिसो, रुघाखोकी जाडो मौसममा चिसो लाग्नबाट बच्न र रुघाखोकीबाट बच्नका लागि तातोपानीको सेवन गर्नुपर्छ । तातोपानीको सेवले घाँटीमा हुने विभिन्न संक्रमणबाट पनि बच्न सकिन्छ । तौल कम गर्न तौल बढिरहेको छ र त्यसलाई सन्तुलनमा राख्न तातोपानीको सेवन गर्न सकिन्छ । तातोपानीमा कागती र महको रस मिसाएर सेवन गर्ने गर्नाले तौल सन्तुलन हुन्छ । बिहान हरेक दिन एक गिलास तातोपानी पिउने गर्दा तौल कम हुन्छ । छाला हरेक दिन तातोपानी पिउँदा छालामा निखार ल्याउँछ । छालामा चमक बढाउन र छाला सुन्दर देखाउनका लागि दैनिक तातोपानीको सेवन गर्नुपर्छ । कपाल जसको कपाल झर्ने समस्या छ त्यस्ता व्यक्तिले तातोपानीको सेवन गर्नुपर्छ । दै...
देशभर २४ हजार सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा १६७४ कोरोना संक्रमण पुष्टि

देशभर २४ हजार सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा १६७४ कोरोना संक्रमण पुष्टि

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ६ नेपालमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । शनिबारसम्म १ लाख ९३ हजार ३२५ जना कोरोनाभाइरसस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएकोमा सो संख्यामा निको भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर मात्र २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । मन्त्रालयको तथ्यांकअनुसार संक्रमणमुक्त हुने दर ८८.४ प्रतिशत रहेको छ । बितेको २४ घण्टामा देशभर ६६१ पुरुष र १०१३ महिलासहित १६७४ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या २३२३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टमा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३०५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ८ हजार १४४ जनाको पीसीआर परीक्षण भएसँगै कुल परीक्षण १६ लाख ५२ हजार ४३ पुगेको छ।...
काेभिड नियन्त्रण गर्न सांसद जनताको घर-घरमा जानुपर्छ : अध्यक्ष तिमिल्सिना

काेभिड नियन्त्रण गर्न सांसद जनताको घर-घरमा जानुपर्छ : अध्यक्ष तिमिल्सिना

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ६ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् । ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोटमाग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड रकोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताएका हुन् । उनले राजनीतिक दलहरुले पनि आफ्ना भातृसंगठनहलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउनुपर्नेमा जोड दिए ।...
शिवम् सिमेन्ट  उद्योगमा आगलागी

शिवम् सिमेन्ट उद्योगमा आगलागी

आर्थिक, दुर्घटना, समाचार
काठमाण्डौँ, मंसिर ६ हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए । स्थानीय, प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको थियो ।...
सरकारलाई सिसडोलवासीले दिए यस्तो चेतावनी, माग पुरा नभए काठमाण्डौँनै सिसडोल बन्ने

सरकारलाई सिसडोलवासीले दिए यस्तो चेतावनी, माग पुरा नभए काठमाण्डौँनै सिसडोल बन्ने

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ५ विभिन्न १९ बुँदे माग राख्दै सिसडोलवासी आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडक लगायत विकास निर्माण गर्नुपर्ने लगायतका १९ बुँदे माग मंसिर २० गतेसम्म पुरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् । वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टीसहित जीवन बिमा गर्नुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरुवात गर्नुपर्ने उनीहरुको माग छ । जग्गा अधिग्रहण राजनीतिक दलका सीमित व्यक्तिको आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनाष्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ । फोहोर मैला व्यवस्थापन तथा यसका समस्याहरु सम्बन्धी विहीबार नुवाकोटको ककनी प्रगतिशील युवा क्लब, रोयल यूथ क्लब र अरुण युवा क्लबले आयोजना गरेको कार्यक्रममा स्थानीयवासीहरुले उक्त माग राखेका हुन् । ...
आज देशभर १९४५ जना कोरोना संक्रमित थपिए

आज देशभर १९४५ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ५ पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ। आज देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन्। आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २ सय ९८ जना संक्रमितको मृत्यु भइसकेको छ।...
कोरोनाबाट गण्डकीमा थप ७ को मृत्यु, पोखराका मात्रै ६ जना

कोरोनाबाट गण्डकीमा थप ७ को मृत्यु, पोखराका मात्रै ६ जना

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ५ कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु भएको छ। ७ मध्ये पाेखराका मात्रै ६ जना रहेका छन्। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार हिजो राति र आज विहान ७ जनाको ज्यान गएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ।
जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? हेनुहोस् यस्ता छन् घरेलु उपाय

जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? हेनुहोस् यस्ता छन् घरेलु उपाय

जिवनसैली, टिप्स, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ४ जाडोयाममा धेरैलाई ओठ फुट्ने समस्याले पिरोलिरहेको हुन्छ । तर केही मात्रामा मात्र सावधानी र घरेलु विधि उपनाउन सकियो भने मात्र पनि ओठ फुट्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । के छन् त उपाय ? ओठमा जिब्रो लगाउने बानी, ओठ चुस्ने वा चाट्ने बानी छ भने तत्काल हटाउनुस् । साथै ओठमा मह दल्नु भयो भने पनि ओठ फुट्दैन । त्यसैगरी घीउ र नरिवलको तेल लगाउँदा पनि ओठ फुट्नवाट बच्न सकिन्छ । पानी धेरै पिउनुभयो भने पनि यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । जाडो मौसममा सुन्तला, बदाम सेवन गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । बाहिरी वातावरणमा जानु पर्दा लिप जेल, लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बच्न सकिन्छ । कहिले काँही रोगका कारण पनि ओठ फुट्न सक्छ । चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्य...
बिमल डाँगीको दोहोरी गीतमा दुर्गेश थापा र निता ढुंगाना अभिनित भिडियो सार्वजनिक

बिमल डाँगीको दोहोरी गीतमा दुर्गेश थापा र निता ढुंगाना अभिनित भिडियो सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर, मंसिर ४ पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बस्न सफल एक मात्र गायक हुन् बिमल डाँगी,जो लामो समय देखि अमेरिका बस्दै आएका मात्रै छैनन् उनि हर समय नेपाली गीत संगीतमा रमाई रहेका छन अझ यसरी भनौ उनि अमेरिका रहे पनि उनका सृजानाहरु र उनका आवाजमा रहेका नयाँ नयाँ गीतहरु बजारमा आइरहेको छ। सोहि क्रममा फेरी नयाँ गीत “मेरो हजुर” बजारमा आएको छ। उक्त दोहोरी गीतमा गायक बिमल डाँगी र उनकी श्रीमती लोक गायिका सरिता डाँगीले आवाज दिएको छन । बिमल डाँगी कै शब्द तथा लयमा निर्माण भएको गीतमा चर्चित मोडल दुर्गेश थापा र निता...