Tuesday, April 23
Shadow

गायक तथा मोडल अभिनव चौहानको निर्देशनमा “मलाई छोडेसी” भिडियो सार्बजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी/ललितपुर, मंसिर १५
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा गायक तथा मोडल अभिनव चौहानको “ मलाई छोडेसी ” बोलको गित बजारमा सार्वजनिक भएको छ। “ मलाई छोडेसी ” बोलको गितमा गायक कृष्ण लामिछाने को एकल स्वर रहेको छ ।

यो गीतमा शब्द अभिनव चौहान को हो भने संगीत गायक कृष्ण लामिछाने ले संकलन गरेका छन् । सो यस गितलाई ऐरेन्ज,मिक्सिङ गायक कृष्ण लामिछाने ले नै गरेका छन् । “ मलाई छोडेसी ” बोलको गीतमा क्यामेरा,एडिट र कलर सन्तोष चौहान ले गरेका छन् । यो लोक दोहोरी भाकालाई मंगलम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गायक तथा मोडल अभिनव चौहान ले निर्देशन गरेको भिडियोमा अभिनव चौहान ,निशा खड्का र सुरज ढकाल को उत्कृष्ट अभिनय देख्न सकिन्छ। सो गीतको भिडियोलाई नेपाली मनोरन्जन मिडिया अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । “ मलाई छोडेसी ”बोलको गीतको भिडियो उत्कृष्ट बनेको दर्शक श्रोताको प्रतिकृया एकदम राम्रो आएको गायक तथा मोडल चौहान ले जानकारी दिए ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares