Wednesday, July 28
Shadow

देशभर १२५५ जनामा कोरोना संक्रमण, १७९०९ सक्रिय संक्रमित


  • -इ
  • इ+

काठमाण्डौँ, मंसिर १४
पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ।

आज देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ७९ जना संक्रमितको मृत्यु भइसकेको छ।

आज ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्