महेन्द्र अधिकारी/ललितपुर, मंसिर १६
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा बहुप्रतिभाशाली गायक दुर्गा बिरही र चर्चित गायिका टीका सानु को नयाँ मार्मिक गीत “के साईनो” सार्वजनिक भएको छ । “के साईनो” बोलको गितमा बहुप्रतिभाशाली गायक दुर्गा बिरही र चर्चित गायिका टीका सानु को स्वर रहेको छ ।
यो गीतमा शब्द निल बहादुर आरडी को रहेको छ भने संगीत प्रदेशी दोहोरी साँझको टिमले संकलन गरेका छन् । यस गितलाई ऐरेन्ज राजेश बर्देवा ले गरेका छन् । “के साईनो” बोलको गीतमा थेगो बिनोद न्यौपाने ले दिएका छन् ।
प्रदेशी दोहोरी साँझको प्रस्तुति रहेको गीतमा पक्कै पनि प्रदेशी दोहोरी साझै भन्ने शब्दले प्रदेशीहरुको मनमा अतितको यादहरुलाई समेट्ने प्रयास गरेको छ ।
महेश महरा ले छायाँकन गरेको भिडियोलाई सिवान पोगरेलले निर्देशन गरेका छन् भने निराजन केसीले सम्पादन रहेको छ । यो गीतको भिडियोमा शिबन पोखरेल र अनुपा थापा को उत्कृष्ट अभिनय देख्न सकिन्छ । यो गीतको भिडियोलाई आत्मा बिश्वास फिल्मस्को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।