Thursday, March 28
Shadow

गायक तथा संगीतकार हरि लम्साल र गायिका मेलिनाको “सुनन”


  • -इ
  • इ+


महेन्द्र अधिकारी/ललितपुर, मंसिर १६
गायक तथा संगीतकार हरि लम्साल र गायिका मेलिना राइको स्वरमा “सुनन” बोलको गीत सार्वजनिक भएको छ ।“ परानै दिन्छु भाग २ ” को रुपमा तयार पारिएको यो गीतमा प्रल्हाद शाह को शब्द, गायक हरि लम्साल को संगीत छ ।

सो यस गितलाई ऐरेन्ज रिकेश गुरुङ को रहेको छ । यस गितलाईे मिक्सिङ प्रकाश मिश्र ले गरेका छन् भने उत्तम थापा को छायांकन, विकास धमलाको सम्पादन रहेको छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा नायक दयाहाङ राई र नायिका लक्ष्मी बर्देवा को उत्कृष्ट अभिनय देख्न सकिन्छ। गाउँ घरमा पानी घट्टामा अन्न पिस्न जाँदा यूवा यूवतीबिच हुने आकर्षण र प्रेमको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares