काठमाण्डौँ, मंसिर ११
नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुवँरले पाएका छन् ।
प्रहरी प्रधान कार्यालयले कुवँरलाई प्रवक्ता तोकिएको जानकारी गराएको हो ।
यसअघि प्रहरी प्रवक्ता कुवेर कठायत थिए । प्रवक्ता कुवरलाई ९८५१२९२१११० मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।...
काठमाण्डौँ, मंसिर ११
उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा बिहीवारदेखि काठमाडौंमा शुरू भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यम (जूम) मार्फत बालुवाटारबाट महासंघको साधारणसभा उद्घाटन गरेका छन्। उनले स्वीच थिचेर महासंघको साधारण सभा उद्घाटन गरेका छन् ।
महासंघको नयाँ कार्यसमितिका लागि कुल ६२ पदका लागि १ सय २१ जना चुनावी प्रतिस्पर्धामा छन् । महासंघको वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदमा नयाँ पदाधिकारी निर्वाचित हुने छन् ।
प्रारम्भिक चरणमा कुल ६४ पदका लागि १२७ जनाले आकांक्षा देखाए पनि अन्तिम समयमा ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए । जसका कारण २ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
जस मध्येबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्ला/नगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट स...
काठमाण्डौँ, मंसिर ११
हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीको अवसरमा नुवाकोटको देविघाट स्थीत जालपादेवि मन्दिरमा हरेक वर्ष मेला लाग्ने गरेको छ । सोहि मेला सम्पन्न भए संगै मन्दिर परिसरमा भएका फोहोर स्थानिय देविघाट जाल्पा क्लबको नेतृत्वमा सरसफाई गरिएको छ ।
नुवाकोटको देवीघाटस्थित जालपादेवी मन्दिर र त्रिशूली र तादीको दोभान देवीघाट, गणेशस्थान माछापोखरी घाट, समुन्द्रटारको घाट, रावतबेसीको घाट, शिखरवेसीको दुप्चेश्वर मन्दिरको घाट, तारुका घाट लगायतका घाटमा भव्य मेला र फूल तार्ने भक्तजनहरुको बाक्लो उपस्थीति रहने गरेको छ ।
भक्तजनको उपस्थीतिले पुजाँ सामाग्री लगाएत अन्य बस्तुहरु मन्दिर वरपर फ्याकिदाँ उत्पन्न भएको फोहोरले मन्दिरको सौन्र्दयतालाई असर पर्ने हुदाँ तत्काल सरसफाई गरिएको देविघाट जाल्पा क्लबले जनाएको छ । सरसफाईमा प्रहरी, स्थानिय लगाएतको उपस्थीति रहेको थियो ।
...
Of 1st, the game of golf, a person on the a large number of widely used sports found in the overseas society, may be a coordinate in which gets the actual punters from the majority within the country. And so the a good many bookmakers was exclusively allowed to take bets via individuals at the keep track of until the actual 1990's. (more…)
काठमाण्डौँ, मंसिर १०
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलले आफ्नो कार्यकालमा गर्ने कार्यहरुलाई समेटेर आफ्ना एजेण्डास्वरुप प्रस्तुत ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले आफ्ना एजेण्डाहरुलाई समेटेर २५ बुँदामा सो भिजन सार्वजनिक गरेको हो । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतहः अध्यक्ष हुने प्रावधान रहेकोले यस पटक ढकाल आफू वरिष्ठ उपाध्यक्ष भएपछि र त्यसपछिको अध्यक्षको कार्यकाललाई समेत समेटेर नेपाल उद्योग वाणिज्य महासंघमा गर्नुपर्ने सुधारका साथै नेपालको उद्योग व्यवसाय क्षेत्रका व्यावसायिक हकहितका कार्यहरुलाई सो मस्यौदामा राखिएको छ ।
यसलाई महासंघको सशक्तता र सुधार, जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीहरु...
महेन्द्र अधिकारी/ललितपुर, मंसिर १०
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोक दोहोरी गायक राजेन्द्र भण्डारी र गायिका कल्पना दाहाल को “ कल्पना ” बोलको गित बजारमा सार्वजनिक भएको छ। “ कल्पना ” बोलको गितमा राजेन्द्र भण्डारी र कल्पना दाहाल को स्वर रहेको छ ।
यो गीतमा शब्द संगीत गायक राजेन्द्र भण्डारी ले संकलन गरेका छन् भने यस गितलाई ऐरेन्ज कृष्ण पुन ले गरेका छन् । “ कल्पना ” बोलको गीतमा सुरेश श्रेष्ठ ले छायांकन गरेका हुन् भने सम्पादन प्रकाश धमलाले गरेका छन् । यो काठे लोक दोहोरी भाकालाई म्युजिक बैंक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कृष्ण पुन ले मिक्सिङ गरेका हु...
काठमाण्डौँ, मंसिर १०
नेपाली कांग्रेस तारकेश्वर नगर समितिले तारकेश्वर नगरपालिकालाई नगर भित्रका विभिन्न विषयलाई समेटि ९ बुंदे ज्ञापन पत्र बुझाएको छ । बुधवार नगरपालिकाको कार्यालयमा नगर प्रमुख रामेश्वर बोहोरालाई नेपाली कांग्रेस नगर सभापति श्रीराम थापाले उक्त ज्ञापन पत्र बुझाएका हुन् ।
जनताको चन्दाबाट निर्माण गरिएको हस्पिटल नगरले हडपेको देखि नगरमा हुन नसकेको विकास, भ्रष्ट्रचार, अनियमितता लगाएतका विषयलाई सुधार गर्नु पर्ने माग सहित उक्त ज्ञापन पत्र बुझाएको नगर सभापति थापाले बताए । सहि कार्यक्रममा पर्यावरण संरक्षण चिन्तक माधव तिमिल्सिनाले नगर क्षेत्रमा विभिन्न प्लटिङको नाममा पर्यावरणमा खलल आउने काम भएको प्रति चिन्ता व्यक्त गर्दैँ नगरले जति सक्दो छिटो उक्त कार्यलाई नियन्त्रण गर्न समेत अनुरोध गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख बोहोराले कोभिड १९ को महामारीका कारण प्रभावकारी काम गर्न न...
काठमाण्डौँ, मंसिर ८
इन्टरभ्यु नेपाल डट कम ब्यु प्लान प्रा.लिद्धारा संचालित नेपालकै पहिलो अन्तर्वातामा आधारित अनलाईन पत्रिका उद्घाटन भएको छ । आम नागरीक सम्म सत्य,तथ्य र निष्पक्ष सुचना, समाचार र जानकारी प्रवाह गर्ने र नेपाली पत्रकारीतामा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने उदेश्यका साथ संचालनमा आएको छ । समाज परिवर्तनमा योगदान दिएका र सकारात्मक सन्देश प्रवाह हुने खालका व्यक्तिहरुको अन्तर्वातालाई अनलाइनमा प्रकाशन साथै प्रशारण समेत गर्नेछ ।
काठमाण्डौँ बालाजु १६ कुमारीस्थान स्थीत कार्यालयमा इन्टरभ्यु नेपालका प्रबन्ध निर्देशक दिपेश न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकार, विशेष अतिथि वरिष्ठ संचारकर्मी रामकृष्ण रेग्मी, अतिथिहरुमा, राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय महासचिव प्रदिप राज वन्त, नुवाकोट विदुर नग...
काठमाण्डौँ, मंसिर ७
पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।
आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन्। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ।...
काठमाण्डौँ, मंसिर ७
नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्षलाई जोडेर गाउँपालिकामा चरम भ्रष्टचार गरेको भन्ने समाचार भ्रमपूर्ण भएको भन्दै गाउँपालिकाले आपत्ति जनाएको छ ।
शनिवार नवकान्तिपुर डट कम नामक अनलाइनले ककनी गाउँपालिकामा अध्यक्षबाटै चरम भ्रष्टाचार (भिडियोसहित) भन्ने समाचार प्रकाशन गरेको थियो । जननिर्वाचित प्रतिनिधि तथा ककनी गाउँपालिकाका अध्यक्षबाटै गाउँपालिकामा जम्मा भएको राहत सामग्री अनियमितता भएको पाइएको छ । कोरोनाबाट प्रभावित आर्थिक तथा सामाजिक रूपमा पिछडिएको वर्गलाई वितरण गर्न भनेर गाउँपालिकामा जम्मा भएको खाद्यसामग्री चामल र तेल पालिका अध्यक्ष मानबहादुर लामाले अवैध रूपमा बिक्री गर्नका लागि ट्रकमा लोड गर्दै गर्दा स्थानीय जनताहरूले थाहा पाई रोकेको कुरा उक्त अनलाइनमा प्रकाशन गरिएको छ ।
गाउँपालिकाले आईतबार एक विज्ञप्ति जारी गर्दै उक्त समाचारमा राजनैतिक र व्यक्तिगत चरित्र अत्या हुने...