Wednesday, April 17
Shadow

फोटोको धन्सार शुभारम्भ


  • -इ
  • इ+


काठमाडौँ, १९ मंसिर
विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पु¥याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकमको शुभारम्भ गरिएको छ । अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई सार्वजनिक गर्नेछ ।

आज आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले धन्सारको शुभारम्भ गर्नुभयो । उहाँले यस्तो पोर्टल नेपालमा आज सम्म थिएन । यो अतिनै आबश्यक थियो । यो पर्यटनसग पनि असाध्यै जोडिएको छ । नेपाल चिनाउनु छ सबै ठाउमा बोर्ड पुग्दैन । यो धन्सारले त्यस्तो ठाउमा काम गर्छ भन्ने मेरो बिश्वास छ । आगामी दिनमा सहकार्य गरि अघि बढ्न चाहन्छौ । धन्सारको माध्यमबाट नेपाललाई सन्सारभर चिनाउन सफल हुन्छ भन्ने पुर्ण आशा छ । नेपालका भौगोलिक अवस्थिति, कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउने उपयुक्त माध्यम भएको बताउनुभयो । कला संस्कृति र प्रकृतिमा नेपाल विश्वमै धनी रहेको उल्लेख गर्दै उहाँले नेपाल चिनाउने तस्वीर तथा श्रव्यदृश्य सामग्री बोर्डलाई उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।

धन्सारका प्रमुख कार्यकारी अधिकृत बिनोद अधिकारीले ‘डिजिटल लाइब्रेरी’का रुपमा आफूहरुले उक्त मञ्च सार्वजनिक गरेको बताउनुभयो । डेढ बर्ष अघिको योजना बिदेशीले यस्ता बस्तु स्टक गर्न हामिलाई प्रपोज गर्यो तर यो काम हामी आफैले किन नगर्ने ? भन्ने सोचेर हामिले यो स्थापना गर्न सफल भयौ । नेपालमै पहिलो पटक यस्तो गरेका हौं ।

हामी सबैले यसमा सहकार्य गरौं । नेपाललाई देश बिदेशमा चिनाउन हातेमालो गरौ । फोटाग्राफरहरुले आफूले कैद गरेको तस्वीर तथा श्रव्यदृश्य केही निःशुल्क तथा शुल्क लिएर धन्सारमार्फत बिक्री गर्न सक्नेछन् ।

धन्सार माफत आकर्षक तस्वीर तथा श्रव्यदृश्यको खोजी तथा खरिद गर्न सकिने छ । आफ्नो सिर्जना बिक्री गरेर फोटोग्राफरलाई आम्दानी गर्ने मञ्चका रुपमा पनि धन्सारले काम गर्नेछ । धन्सारमा विभिन्न विधाका तस्वीर तथा श्रव्यदृश्य राख्न सकिने छ । प्रतिदिन एक प्रयोगकर्ताले १० वटा तस्वीर राख्न सक्ने धन्सारले जनाएको छ ।

धन्सार मार्फत बिक्री भएका तस्वीर तथा श्रव्यदृश्य सामग्रीको शुल्क सम्बन्धित फोटोग्राफरले प्राप्त गर्नेछन् । धन्सारमा तस्वीर तथा श्रव्यदृश्य सामग्री उपलब्ध गराउने व्यक्तिले आफ्नो सिर्जनाको मूल्य आफँै तोक्न पाउनेछन् । धन्सारमा उच्च गुणस्तरको दृश्य अपलोड गर्न सकिने छ । धन्सारमार्फत उपभोक्ताले गुणस्तरीय तस्वीर तथा श्रव्यदृश्य सामग्री प्राप्त गर्नेछन् । त्यस्तै केही ‘रोयल्टी फ्रि’ सामग्री पनि प्राप्त गर्न सकिने छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares