Friday, April 19
Shadow

बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै


  • -इ
  • इ+

काठमाण्डौँ, मंसिर २०
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । सचिवालय बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।

आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

मङ्सिर १७ गते नै अध्यक्षद्वयको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको भए पनि प्रधानमन्त्री ओली अनुपस्थित भएकाले तीनदिन बैठक धकेलिएको थियो ।

आजको बैठकमा पनि प्रधानमन्त्री उपस्थित हुने कि नहुने भन्ने टुङ्गो लागेको छैन । ओलीनिकट नेताहरूले दुईचार दिन बैठक रोकेर सहमति खोज्ने कसरत गरे पनि त्यो सफल हुन सकेको छैन ।

१७ गतेको बैठक महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष प्रचण्डसँग बैठक स्थलबाहिर केही दिन स्थगित गर्न आग्रह गरेपछि मङ्सिर २० गतेसम्म स्थगित गरिएको थियो ।

आज बैठक रोकिने सम्भावना कम रहेको सचिवालय तहका नेताहरू बताउँछन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares