Thursday, April 25
Shadow

कोरोना कहर : खोप ल्याउन सरकार तयारी अवस्थामा, काममा लागे कर्मचारी


  • -इ
  • इ+

काठमाडौ,१९मंसिर

विश्वमा खोप उत्पादनको चर्चा जति धेरै छ । त्यतिनै नेपाल सरकारले समेत खोप आएसँगै कसरी भण्डारण गर्ने, कसकसलाई लगाउने र कसरी लगाउने भन्ने बारेमा तयारी थालेको छ । त्यसका लागि आर्थिक जोहो, खोप भण्डारको लागि भौतिक पूर्वाधारको विकासमा नेपाल सरकारले सम्बन्धित मन्त्रालय मार्फत कर्मचारी खटाइसकेको छ ।

अहिले मात्रै हैन विश्वमा समय समयमा हुने महामारीविरुद्ध लड्न बन्ने खोपमा सबै देशको समान पँहुच विस्तारमा विश्व स्वास्थ्य संगठनले विगतदेखिनै समानुपातिक वितरणमा ध्यान दिएको छ । कोभ्याक्स (विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंक) सबैले नेपालजस्ता गरिब देशहरुमा समेत कोरोना भाइरसको खोपको सफल परीक्षण भएसँगै कसरी वितरण गर्ने भन्ने बारेमा चासो दिएको छ । कोभ्याक्सले अहिलेसम्म कुनै पनि खोप लगाउने बारेमा अनुमति दिएको छैन ।

कोभ्याक्सले जुनसुकै खोप बनेको खण्डमा नेपालले समानुपातिक रुपमा भ्याक्सिन पाउने प्रतिबद्धता व्यक्त गरेको छ । कोभ्याकले नेपाल जस्ता गरिब देशका राष्ट्रप्रमुखलाई यसको जानकारी गराइसकेको छ । सोही आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालले पहिलो चरणमै खोप पाउने बताएका छन् । नेपाल सरकारले खोप आउने कुराको समाचार आउनेक्रम बढेसँगै नेपालमा कसरी खोप ल्याउने र लगाउने भन्ने बारेमा तयारी थालेको छ । अहिले सरकार तयारीकै अवस्थामा रहेको सरकारी अधिकारीहरु बताउँछन् ।

अन्तिम परीक्षण पूरा भएमा र यसले कोभिडको संक्रमण रोक्ने पुष्टि गरेमा विश्वका धनी, गरिब सबै देशका कम्तिमा तीन प्रतिशत फ्रन्र्ट लाइनरहरुलाई एकै पटक खोप लगाउने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकको टोलीले कोरोनाको खोप बारे निर्णय गरेसँगै एक पटक विश्वका तीन प्रतिशत देशका नागरिकहरुलाई खोप लगाउँछ ।

विश्वका धेरै देशहरुमा कोरोनाको खोपको अन्तिम परीक्षणको तयारीमा रहेको बेला नेपाल सरकारले समेत खोप बारे चासो देखाएको छ । खोप आउन सक्ने मिति, भण्डारण तथा वितरण कसरीगर्ने भनेर सरकारी संयन्त्रले यसको तयारी थालेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares