Thursday, May 7
Shadow

Author: Interview Nepal

आठ महिनापछि सुरु हुँदै पर्वतीय उडान

आठ महिनापछि सुरु हुँदै पर्वतीय उडान

आर्थिक, मुख्य समाचार
काठमाडौ,मंसिर १९ बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान  शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एयरले आज एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान ग¥यो । जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए...
नमराज र चर्चित गायिका रचना को “पिरतीमा दम छ” भिडियो सार्वजनिक

नमराज र चर्चित गायिका रचना को “पिरतीमा दम छ” भिडियो सार्वजनिक

मनोरञ्जन, साहित्य/कला
महेन्द्र अधिकारी/ललितपुर,मंसिर २० “पिरतीमा दम छ”बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । लोकदोहोरी गायक नमराज ढुंगाना को अर्को उत्कृष्ट लोकदोहोरी गीत “पिरतीमा दम छ” लोक दोहोरी गीत बजारमा सार्वजनिक भएको छ । “पिरतीमा दम छ” बोलको गितमा बहुप्रतिभाशाली गायक नमराज ढुंगाना र चर्चित गायिका रचना रिमाल को स्वर रहेको छ । यो गीतमा शब्द भिमशेन खतिवडा, संगीत गायक नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरी र आयुष्मा कार्की को अभिनय, छायांकन दिपक गिरी, सम्पादन लक्ष्मण चौहान, कलर मिलन विश्वकर्माको रहेको छ ।“पिरतीमा दम छ” बोलको गित डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक ...
पहाडी भू–भागमा वर्षाको सम्भावना

पहाडी भू–भागमा वर्षाको सम्भावना

जिवनसैली, समाज
काठमाडौ,मंसिर १९ न्यूनचापीय प्रणालीको प्रभावले शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ। भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए। हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बद्ली रही र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली भइ ती तीनवटै प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
चीन : कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जना मजदुरको ज्यान गयो

चीन : कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जना मजदुरको ज्यान गयो

अन्तर्राष्ट्रिय, दुर्घटना, मुख्य समाचार
  काठमाडौ,मंसिर १९ चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ । खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उद्धार गरिएको खबरमा उल्लेख छ । चुङ्चिङमा रहेकाे कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घटनाको छानबिन सुरु भइसकेको छ । कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास चुहिएको अनुमान गरिएको छ । कोइलाखानी खानी दुई महिनादेखि बन्द थियो । गएकाे सेप्टेम्बर महिनामा चुङ्चिङमा रहेकाे अर्को खानीमा आगो लाग्दा १६ जनाको ज्यान गएको थियो । अघिल्लो वर्ष डिसेम्बरमा पनि ग्वेजो प्रान्तमा रहेको कोइलाखानीमा विस्फोट हुँदा १४ जनाको ज्यान गएको थियो ।...
बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै

बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २० सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । सचिवालय बैठक दिउँसो १ बजेका लागि तय भएको छ । आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । मङ्सिर १७ गते नै अध्यक्षद्वयको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको भए पनि प्रधानमन्त्री ओली अनुपस्थित भएकाले तीनदिन बैठक धकेलिएको थियो । आजको बैठकमा पनि प्रधानमन्त्री उपस्थित हुने कि नहुने भन्ने टुङ्गो लागेको छैन । ओलीनिकट नेताहरूले दुईचार दिन बैठक रोकेर सहमति खोज्ने कसरत गरे पनि त्यो सफल हुन सकेको छैन । १७ गतेको बैठक महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष प्रचण्डसँग बैठक स्थलबाहिर केही दिन स्थगित गर्न आग्रह गरेपछि मङ्सिर २० गतेसम्म स्थगित गरिएको थियो । ...
फोटोको धन्सार शुभारम्भ

फोटोको धन्सार शुभारम्भ

समाचार, समाज
काठमाडौँ, १९ मंसिर विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पु¥याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकमको शुभारम्भ गरिएको छ । अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई सार्वजनिक गर्नेछ । आज आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले धन्सारको शुभारम्भ गर्नुभयो । उहाँले यस्तो पोर्टल नेपालमा आज सम्म थिएन । यो अतिनै आबश्यक थियो । यो पर्यटनसग पनि असाध्यै जोडिएको छ । नेपाल चिनाउनु छ सबै ठाउमा बोर्ड पुग्दैन । यो धन्सारले त्यस्तो ठाउमा काम गर्छ भन्ने मेरो बिश्वास छ । आगामी दिनमा सहकार्य गरि अघि बढ्न चाहन्छौ । धन्सारको माध्यमबाट नेपाललाई सन्सारभर चिनाउन सफल हुन्छ भन्ने पुर्ण आशा छ । नेपालका भौगोलिक अवस्थिति, कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउने उपयुक्त माध्यम भएको बताउनुभ...
पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी ५ उपाय

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी ५ उपाय

खेलकुद, टिप्स, स्वास्थ्य
    काठमाडौ,मंसिर १९ जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् । १. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ । २. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ । ३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन् । ४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ । ५. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पन...
टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियालाई भारतको १६२ रनको लक्ष्य

टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियालाई भारतको १६२ रनको लक्ष्य

अन्तर्राष्ट्रिय, खेलकुद
काठमाडौ,मंसिर १९ भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको छ। अष्ट्रेलियाको क्यानबेरामा अष्ट्रेलियाले टस जितेर फिल्डिङ राजेपछि पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रन बनाएको हो। भारतका लागि केएल राहुलले ५१, रविन्द्र जडेजाले ४४, सन्जु स्याम्सनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाए। बलिङतर्फ अष्ट्रेलियाका मोइज हेनरीक्वीजले तीन, मिचेल स्टार्कले दुई, मिचेल स्वेप्सन र आदम जम्पाले एक–एक विकेट लिए। ...
आज १२७२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १५४४७

आज १२७२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १५४४७

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर १९ पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ। आज देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ।...
चार जना महिलालाई कुवेत पुर्‍याएर बेच्न खोज्ने एक युवा नयाँ बसपार्कबाट पक्राउ

चार जना महिलालाई कुवेत पुर्‍याएर बेच्न खोज्ने एक युवा नयाँ बसपार्कबाट पक्राउ

अपराध, जिवनसैली, समाज
  काठमाडौ,मंसिर १९ चार जना महिलालाई गैरकानूनी रूपमा कुवेत पुर्‍याएर बेचविखन गर्न खोजेको आरोपमा एक जना पक्राउ गरेका छन्। मोरङ कटहरी गाउँपालिका-९, स्थायी ठेगाना भएका २९ वर्षीय राज भन्ने राजेशकुमार चौधरीलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट १६ मंसीरमा पक्राउ गरेको हो। वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा नेपालगञ्जको रुपैडिहा नाका भएर भारतको दिल्ली पुर्‍याई १५ दिनसम्म बन्धक बनाएको पीडितको उजुरी छ। भारतबाट श्रीलंका हुँदै खाडी कुवेत पुर्‍याई बेचबिखन गर्ने उदेश्यले दिल्ली लगिएको पीडितहरूले बताएका छन्। चौधरीले भारतमा बन्धक बनाएर शारीरिक र मानसिक शोषण गरेको समेत उनीहरूले बताएका छन्। कोठामा कोही नभएको मौका पारी पीडित महिलाहरू भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगेका थिए। त्यहाँबाट शान्ति पुनर्स्थापना केन्द्रको समन्वयमा आफन्तहरूको सम्पर्कमा आएका उनीहरू नेपाल फर्केप...