Thursday, May 7
Shadow

Author: Interview Nepal

काेराेनाका कारण मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिए

काेराेनाका कारण मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिए

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाचार, स्वास्थ्य
काठमाडौ,मंसिर २१ कोरोना पोजेटिभ देखिएको र आफू मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिएका छन् । कोरोना पोजेटिभ देखिएको र मर्न लागेको भन्दै २४ जुलाईमा आफ्नी श्रीमतीलाई ढाँटेर घरबाट निस्किएका पुरुष प्रेमिकासँग भेटिएका हुन् । नाभी मुम्बईमा बस्ने २८ वर्षीय ती पुरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए ।श्रीमती केही प्रश्नहरू सोध्नुअघिनै फोन काटिएको थियो । लामो समयसम्म श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । उनको पत्ता लगाउन प्रहरीले जिल्लाका सबै कोभिड आइसोलेशन सेन्टरमा खोजी सुरु गरेको थियो ।पुलिसले यस विषयमा अनुसन्धान गर्न सुरु गर्दा उनको हत्या भएको हो भनेरसमेत अनुमान गरिएको थियो ।तर, लामो समय खोजेपछि उनी इन्दोरमा प्रेमिकाका साथ भेटिए । उनी नाम बदलेर प्रेमिकासँग एउटा भाडाको घरमा बस्दै आएको पत्ता लागेको थियो ।१५ सेप्टेम्बरमा उनलाई त्यहाँबाट पक्रा...
दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्दै छु : अभिनेत्री श्वेता खड्का

दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्दै छु : अभिनेत्री श्वेता खड्का

जिवनसैली, विचार, समाज
काठमाण्डौं, मंसिर २१ यहि मंसिर २२ गते , सोमबार धनगढीका विजयेन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी अभिनेत्री श्वेता खड्काले आइतबार निकै भावुक हुदै फेसबुकमा स्टाटस लेख्दै जीवनको दुस्खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेको बताएकी छिन । आफ्ना परिवारका सदस्यको निरन्तर प्रयास, साथीसंगी, अग्रज र दिग्गज व्यक्तित्व लगायत शुभचिन्तकले दिएको हौसला, यो निर्णय लिन सफल भएको उनले बताएकी छन्। श्वेताले थप लेखेकी छन्,यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ ( के यो पुरुष प्रधान समाजले मेरो यो निर्णय स्वीकार गर्ला र ? यस्तो छ उनको स्टाटसस् म: जीवनको नविन यात्रामा जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्ट...
चिकेनको नाम सुन्नेबित्तिकै ६२ दिनदेखि कोमामा रहेका युवा होसमा

चिकेनको नाम सुन्नेबित्तिकै ६२ दिनदेखि कोमामा रहेका युवा होसमा

अचम्मका कुरा, अन्तर्राष्ट्रिय
काठमाडौ,मंसिर २१ ताइवान कोमामा भएका एक युवक आफ्नो मनपर्ने चिकेनको परिकारको नाम सुन्नेबित्तिकै होसमा आएका छन् । ६२ दिनसम्म कोमामा रहेका १८ वर्षका चियू चिकेन फिलेटको नाम सुन्नेबित्तिकै कोमाबाट बाहिर निस्किएका हुन् । ताइवानको सिन्चू काउन्टीमा बस्ने चियूको जुलाईमा स्कुटर दुर्घटना भएको थियो । उक्त सडक दुर्घटनामा उनको शरीरको विभिन्न भित्री अंगमा गम्भीर चोट लागेको थियो । तोन एन जनरल हस्पिटलको आईसीयूका निर्देशक सेय सुङ सिनले उनलाई निकै गम्भीर अवस्थामा अस्पताल ल्याइएको तथा उनलाई अस्पताल पुर्‍याउँदा उनको कोमा इन्डेक्स तीन रहेको बताएका छन् । अस्पताल ल्याउनेबित्तिकै डाक्टरले उनको तत्काल शल्यक्रिया गरेर स्वास्थ्यलाई स्थीर पार्न सके पनि उनी कोमामा गएका थिए । अस्पताल बसाइका क्रममा उनको ६ पटकसम्म शल्यक्रिया गरिएको थियो । अस्पतालकी एक नर्सका अनुसार चियू कोमामा रहेको ६२ औं दिनमा उनका दाइले ठट्...
शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयुजी सिम’ निःशुल्क वितरण गर्दै टेलिकम

शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयुजी सिम’ निःशुल्क वितरण गर्दै टेलिकम

टिप्स, ब्यानर समाचार, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर २१ नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ। कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराइरहेको हो। सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि (असीमित) कुराकानी गर्न शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्नेछन्। यी सुविधा प्रयोग गरेवापत मासिक रुपले लाग्ने जम्मा रु. ९९ ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ। यस योजना बमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान नि...
कलाकार रवि पटवर्धनको निधन

कलाकार रवि पटवर्धनको निधन

अन्तरवार्ता, समाचार
  काठमाडौ,मंसिर २१ हिन्दी र मराठी फिल्म, टेलिभिजन र नाटकका चर्चित कलाकार रवि पटवर्धनको आज विहान कार्डिएक अरेस्टबाट निधन भएको छ। ८४ वर्षीय रविमा लामो समयदेखि मुटुको समस्या थियो। भारतीय सञ्चारमाध्यमका अनुसार शनिवारमात्रै मुटुको समस्या बल्झिएको थियो। शनिवार राती श्वासप्रश्वासमा समस्या भएपछि उनलाई एक निजी अस्पतालमा भर्ना गरिएको थियो। यद्यपि उनको अवस्थामा कुनै सुधार भएन। आज विहान निधन भयो। यसअघि मार्चमा उनलाई हर्टअट्याक भएको थियो। मराठी-हिन्दी फिल्म र सीरियलमा दादाजीको भूमिकामा देखिने रवि पटवर्धनले आफ्नो करियरमा दुई सयभन्‍दा बढी फिल्म र १५० भन्दा बढी नाटकमा काम गरेका छन्।...
राजसंस्था पुर्नवहालीको माग गर्दै २६ गते राजधानीमा प्रदर्शन गर्ने

राजसंस्था पुर्नवहालीको माग गर्दै २६ गते राजधानीमा प्रदर्शन गर्ने

ब्यानर समाचार, राजनिती, समाज
काठमाण्डौँ, मंसिर २१ राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुर्नवहालीको माग गर्दै शक्ति प्रदर्शन गर्ने भएको छ । समाजले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा बृहत राजावादी जनप्रदर्शन गर्ने जानकारी दिएको हो । आईतबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर समाजले देशव्यापी आन्दोलन अन्र्तगत राजधानीमा जनप्रदर्शन गर्न लागेको जानकारी दियो । पत्रकार सम्मेलनमा राष्ट्रवादी नागरिक समाजका संयोजक चबराले राजतन्त्रको पुर्नबहालीका लागि देशव्यापी आन्दोलन अन्र्तगत २६ मंसिरमा जनप्रदर्शन गर्न लागेको बताए । उनले देशमा विगत ११ बर्ष देखि राजसंस्था पुर्नवहालीको अभियान चलिरहेको समेत बताए । प्रमुख राजनीतिक दलका नेताले देशलाई कमाई खाने भाँडो बनाएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने बताए । उनले भने, ‘अब राजसंस्था जतिसक्दो छिटो पुर्नवहाली गर्नैपर्छ ।’ संयोजक चबराले देशमा राजसंस्थ...
ओली बिनै सुरु भयो नेकपा स्थायी कमिटी बैठक

ओली बिनै सुरु भयो नेकपा स्थायी कमिटी बैठक

ब्यानर समाचार, राजनिती, समाचार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ। १ बजेका लागि बोलाइएको बैठक साढे १ बजे सुरु हुँदा पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन्। उनी बालुवाटारमै रहेका छन्। बैठकमा सहभागी एक नेताले प्रधानमन्त्री उपस्थित नहुने जानकारी गराएका छन्। बैठकलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अध्यक्षता गरिरहेका छन्। बैठकमा प्रधानमन्त्री ओली बाहेक सचिवालयका ८ जना जना नेता सहभागी छन्। पार्टीभित्र देखिएको विवाद टुंग्याउन तथा सचिवालयमा दुई अध्यक्षले पेश गरेको फरक फरक प्रतिवेदनमाथि छलफलका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री बैठकमा सहभागी हुने कुनै कार्यक्रम नरहेको जानकारी दिए।...
चिसो मौसममा हाडजोर्नी दुखेर हैरान हुनुहुन्छ ? घरमै गर्नुहोस उपचार

चिसो मौसममा हाडजोर्नी दुखेर हैरान हुनुहुन्छ ? घरमै गर्नुहोस उपचार

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर २१ जाडो मौसममा हाडजोर्नीको समस्या हुनेहरुले निकै दुख पाउने गर्दछन् । विशेषगरी वृद्ध, गर्भवती, रोगी लगायतलाई जाडोमा जोर्नीको दुखाईले निकै सताउने गर्दछ । जोर्नीको दुखाई खासगरि कुनै उपचार हुदैँन । तर, केही उपाय छन् जसलाई अपनाएर यसलाई कम गर्न सकिन्छ । १. क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दूध, दूधबाट बनेका चीज, ब्रोकाउली, माछा, पालुंगो, राजमा, बदाम, तोफु आदिको सेवन गरी भिटामिन सी र डी पाउन सकिन्छ । यसले जोर्नीको समस्याबाट राहत दिलाउँछ । २. हरेक बिहान केहिबेर नियमित रुपमा घाममा बसेमा जोनी तथा हड्डिको समस्यामा राहत मिल्दछ । यसले शरीरलाई भिटामिन डि मिल्छ । ३. सदैव आफ्नो तोल सन्तुलनमा राख्नुहोस् । तौल धेरै भएमा पनि जोर्नीमा दबाब पर्दछ । ४. नियमित शारीरिक व्यायामको अभावमा समेत जोर्नीमा समस्या हुनसक्छ । तर भारी व्यायाम गर्नबाट भने बच्नु पर्दछ । ५. मदिरा र धुम्रपान...
एनआईसी एशिया बैंकद्वारा १ प्रतिशत नगद लाभांश, १९ प्रतिशत बोनस सेयर प्रस्ताव

एनआईसी एशिया बैंकद्वारा १ प्रतिशत नगद लाभांश, १९ प्रतिशत बोनस सेयर प्रस्ताव

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर २१ एन आई सी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ। सो सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश सेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। बैंकले १९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ। बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। विश्वव्य...
पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्युटर बनाए चीनियाँ वैज्ञानिकले

पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्युटर बनाए चीनियाँ वैज्ञानिकले

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, सुचना प्रविधि
काठमाडौ,मंसिर २१ चीनीयाँ वैज्ञानिकहरुले विश्वकै पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्यूटर बनाएको दावी गरेका छन् । यसले पहिलेको सुपर कम्प्यूटर भन्दा छिटो गणना गर्ने गर्दछ । त्यो क्वान्टम कम्प्यूटरको नाम जीउजाङ्ग हो । जीउजाङ्ग नाम प्राचीन चिनियाँ गणितीय टेक्स्टबाट आएको हो । जिउजाङ्गले गणनाको लागि ७६ फोटोनहरु म्यानिपुलेटङ गर्ने नयाँ विधि प्रयोग गरेको छ । क्वानटम कम्प्यूटर अरु परम्परागत कम्प्यूटर भन्दा धेरै राम्रो काम गर्छ जसले विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्स र औषधीको क्षेत्रमा एकदमै प्रगति गराउन सक्दछ । चीनले केही वर्ष देखि क्वान्टम टेक्नोलोजीमा एकदमै लगानी गरिरहेको छ । चीनले सन् २०१७ मा ह्याक प्रुफ र अल्ट्रा हाई सेक्युरिटी फिचर भएको क्वान्टम कम्युनिकेसन स्याटेलाइट सार्वजनिक गरेको थियो । चीनले बेजिङ र साङ्घाईको बिचमा  २००० किलोमिटरको ह्याक गर्न नमिल्ने क्वान्टम कम्युनिकेसन ल...