Friday, January 22
Shadow

मेरो x को छम्मा पछि हाउडेमाया र टेक अधिकारी को नयाँ गीत “ओइ माया” डिजिटल बजारमा


  • -इ
  • इ+


नुवाकोट,मंसिर २३
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र चर्चाको शिखरमा पुगेको गीत मेरो x को छम्मा पछि हाउडेमायाको नयाँ गीत “ओइ माया” बजारमा आएको छ।

टेक अधिकारी र सिर्जना खत्री (हाउडेमाया ) को स्वरमा रहेको नयाँ लोक दोहोरी गीत “ओइ माया” मा टेक अधिकारी को शब्द , रेशम प्रधान को संगीत र एरेन्ज रहेको छ । टेक अधिकारी को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई माला श्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

युबराज खत्री को निर्देशन,श्याम तामाङ को छायांकन रहेको उक्त गीतको भिडियोमा आयुष्मा कार्की र सुबोध गौतम (एदुमे )को साथै राजु भुजेल ,देव बराल ,फरिता खड्का लगायतको अभिनय हेर्न सकिने छ। उक्त भिडियोलाई एक्सन फिल्मस को युटुब बाट डिजिटल मार्केटमा सार्बजानिक गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्