Thursday, May 7
Shadow

Author: Interview Nepal

आफ्नो स्मरणशक्ति बढाउन गर्नुहाेस् यस्ता रमाईलो कार्य

आफ्नो स्मरणशक्ति बढाउन गर्नुहाेस् यस्ता रमाईलो कार्य

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ३० एक अध्ययनका अनुसार उमेर बढ्दै जाँदा मानिसको स्मरणशक्ति पनि ह्रास हुँदै जान्छ । धेरैमा यो समस्या देखा पर्दछ । यसबाट बच्नका निम्ति के गर्ने ? धेरै मानिसहरु अनविज्ञ हुन्छन् यी बिषयमा । न्यूरोलोजी जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार मानसिक सन्तुलनलाई कायम राख्न पढ्ने, सांगितिक कार्यक्रममा सक्रिय बन्ने, विभिन्न कार्यक्रममा उपस्थित बन्ने गर्नुपर्दछ । मानिसले कहिल्यैपनि एकान्तमा मन्थन गर्नु हुँदैन । धेरै एकान्त प्रेमी मानिसमा बिर्सने समस्या रहेको हुन्छ । स्वीडेनको गोदनवर्ग विश्वविद्यालयका अनुसार, ‘यो नतिजाले संकेत गरेको छ, अधबैँशे उमेर र बुढापाकाले सक्रिय बन्नु नै स्मरणशक्ति बढाउनु हो । स्वास्थ्यलाई सुरक्षित राख्न सकेको व्यायमपनि आवश्यक छ । यो आइडिया निकै रोमाञ्चक छ, यसमा मानिसको व्यक्तित्व बढ्नुका साथै स्मरण शक्ति जोगाइराख्न मदत मिल्नेछ । स्वीडेनमा गरेका अध्ययनमा ८०...
आहुति द्वारा लिखित “जात वार्ता”मा किन आकर्षित बने युवापुस्ता

आहुति द्वारा लिखित “जात वार्ता”मा किन आकर्षित बने युवापुस्ता

समाचार, समाज, साहित्य/कला
जसिन्द्र श्रीपाली लामो समयदेखि नेपाली समाजको वर्गचरित्रबारे चिन्तन गर्दै आएका लेखक तथा राजनीतिज्ञ आहुतिको नयाँ पुस्तक ‘जात वार्ता’ प्रति युवाहरुको आर्कषणता ह्वाट्टै बढेको छ । दक्षिण एसियामा विद्यमान जात व्यवस्था, त्यसले उत्पादन गरेका समस्या र त्यसको उन्मुलनबारे केन्द्रित रहेको जात वाता प्रकाशन भएको १ महिना नबित्दै २ हवार प्रति बिक्रि भैसकेको छ । बेला पब्लिकेसन मार्फत प्रकाशन भएको ‘जात वार्ता’ पुस्तक  प्रस्तावनासहित २७ अध्यायमा विभाजित छ। पुस्तकले जात व्यवस्थाको उत्पत्ति, विकास, धर्मपरिवर्तन, अन्तरजातीय प्रेम र विवाह, दलित आन्दोलनमा गैरसरकारी संस्थाको भूमिका, अन्तरदलित भेदभावलगायत सामाजिक जीवनमा बारम्बार उठिरहने प्रश्नको जवाफ खोज्ने काम गरेको छ। के बर्ण ब्यबस्थाको आरम्भदेखि नै छुवाछुत प्रथा सुरु थियो वा थिएन भन्ने बारे बहश उठिरहेको सवालमा लेखक आहुतिको पुस्तकले स्पष्ट पार्ने बेला पब...
थप ९३६ जनामा कोरोना संक्रमण, ९ हजार ८८१ सक्रिय संक्रमित

थप ९३६ जनामा कोरोना संक्रमण, ९ हजार ८८१ सक्रिय संक्रमित

मुख्य समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर ३० पछिल्लो २४ घण्टामा नेपालमा ९३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मंगलबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८८१ जना सक्रिय संक्रमित छन्। आज १ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।...
गौतम बुद्ध कपको उपाधि राप्तीलाई

गौतम बुद्ध कपको उपाधि राप्तीलाई

खेलकुद, ब्यानर समाचार 2, मनोरञ्जन
काठमाण्डौँ, मंसिर ३० चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट मैदानको नमुना खेल मैदानमा सम्पन्न गौतम बुद्ध कपको उपाधि राप्तीले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा राप्तीले नारायणीलाई ९ रनले पराजित गरेको हो । राप्तीले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा नारायणीले २० ओभर ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३४ रनमात्र बनायो । नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४८ रनको योगदान दिए । १८.३ ओभरमा अभिनाश बोहराको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भएका उनले ३१ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे । रित गौतम र इशान पण्डेले समान २७–२७ रनको योगदान दिए । राप्तीका लागि अभिनाश बोहराले ३, भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमलसिंह ऐरीले समान १–१ विकेट हात पारे । २ विकेट रन आउटको रुपमा प्राप्त भयो । टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३...
काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य

काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य

आर्थिक, कृर्षि, मुख्य समाचार, समाज
ललित संज्याल/काठमाण्डौँ, मंसिर ३० काठमाण्डौमा उँखु किसान यस वर्ष पनि आन्दोलित हुन बाध्य भएका छन् । काठमाण्डौमा आन्दोलित किसानले आन्दोलन लाइ पनु शुरु गरेका छन् । जब सम्म किसानहरुको माग पुरा हुदैन तब सम्म उखु मिल सन्चालमा न आउने अडान लिएका किसानहरुले २०७१ साल देखिको पैसा नपाएको गुनासो गर्दै आएका छन् । गत बर्ष मंसिरमा सरकार र उखु किसान बिच ५ बुदे सम्झौता भएको १ बर्ष पुग्नै लाग्दा पनि किसानहरुको कुनै माग कार्यान्वयन र सुनुवाई नभएको हुनाले किसानहरु पुन काठमाण्डौको माईति घर मण्डलामा आन्दोलन गर्न बाध्य भएका छन । सर्लाहि देखि आएका उखु किसानको माग पुरा गरेरै घर जाने अठोट गरेका छन । बिगत १ बर्ष देखिको रकम पाउन बाँकि रहेका किसानहरु भन्छन, मिहिनेत गरेको एक पैसा पनि न छोड्ने बताएका छन । सरकारले यसरी पैसा नदिदा घर ब्यवहार चलाउन निकै कठिन भएको छ । बाल बच्चाको पढाई खर्च टार्न धेरै मुस्कील हुदै...
भोलिबाट पशुपतिनाथ मन्दिर खुला हुने, राष्ट्रपतिले गरिन् क्षमा पूजा

भोलिबाट पशुपतिनाथ मन्दिर खुला हुने, राष्ट्रपतिले गरिन् क्षमा पूजा

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर ३० भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छिन् । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न मंगलबार बिहान राष्ट्रपति भण्डारीले पूजा गरेकी हुन्। सो अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए । यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोषका स...
सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश वितरण गर्ने

सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश वितरण गर्ने

आर्थिक, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर ३० सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट ७.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस सेयर २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। २९ मंसिर २०७७ मा बसेको बैंकको ३२६ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ।...
चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा खोटाङका एकजनाको मृत्यु

चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा खोटाङका एकजनाको मृत्यु

दुर्घटना, मुख्य समाचार
काठमाण्डौँ, मंसिर ३० काठमाडौंको किर्तिपुर नगरपालिका-६ चोभारमा गएराति टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बल्खुबाट चोभारतर्फ जाँदै गरेको बा. ४ ख ४५६५ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको स. १० प ४९१३ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे आपसमा ठोक्किएका हुन्। घटनास्थलमै मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ च्यास्मीटार घर भएका २४ वर्षीय सरोज राई छन्। दुवै सवारीसाधनसहित टिपर चालकलाई महानगरीय प्रहरी वृत्त किर्तीपुरले नियन्त्रणमा लिइसकेको छ।...
शिखर इन्स्योरेन्सले सुरु गर्‍यो ‘अटो प्लस’ बीमा योजना

शिखर इन्स्योरेन्सले सुरु गर्‍यो ‘अटो प्लस’ बीमा योजना

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर २९ शिखर इन्स्योरेन्सले ‘अटो प्लस’ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले सोमबार राजधानीमा एक कार्यक्रम गरी उक्त योजना सार्वजनिक गरेको हो। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्स कम्पनीले आजबाट औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बीमा योजना शुभारम्भ गरेका हुन्। शिखर अटो प्लस बीमा योजनामा दुर्घटनामा हुने ह्रास कट्टी फिर्ता, मर्मतको समयमा ट्याक्सी खर्च र पूर्ण क्षतिमा नयाँ सवारी साधन दिने सुविधा समावेश भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले जानकारी दिए। कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले कोरोना शिखर इन्स्योरेन्सले अटो बीमाको क्षेत्रमा नयाँ योजना सार्वजनिक गरेको बताए। उनले यसअघि नेपालमा नरहेको बीमा योजना उक्त कम्पनीले सार्वजनिक गरेको जानकारी दिए। त्यसैगरी, कार्यक्रममा शिखर इन्स्योरेन्सका अध्यक्ष राजेन्द्रप्...
‘राजा आऊ देश बचाउ’ भन्दै कपिलवस्तुमा प्रदर्शन

‘राजा आऊ देश बचाउ’ भन्दै कपिलवस्तुमा प्रदर्शन

मुख्य समाचार, राजनिती, स्थानिय तह
कपिलवस्तु, मंसिर, २९ देशमा अब राजतन्त्रको विकल्प छैन् भन्दै सोमवार कपिलवस्तुमा राजाबादीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डासहित उपस्थित उनीहरुले कपिलवस्तुको चार नं बाट ओदारी, पचेहरा, जहदी, सहित तौलिहवाम बजारको विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरेका हुन् । मोटरसाइकिल रैली तौलिहवाको प्रशासन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।र्यालीमा सहभागीले राजतन्त्र जिन्दाबाद, राजा आऊ देश बचाउ, हिन्दू धर्मको रक्षा गरौं, अखण्ड नेपाल जिन्दाबाद, राजसंस्थाको विकल्प छैन जस्ता नारा सहित बाजागाजा का साथ तौलिहवा शहर परिक्रमा गरेका थिए ।कोणसभामा बिभिन्न वक्ताहरुले राजसंस्था पूर्नवहालीको माग गरेका थिए । प्रदर्शनकारीले राजतन्त्रको पक्षमा उभिन सबैलाई आवह्वान गरेका थिए । राजावादी हरुको बाक्लो उपस्थिति रहेको राजाबादी समर्थक प्रेम शंकर शुक्लले जानकारी दिए ।...