Friday, November 27
Shadow

Author: Interview Nepal

यी हुन् केपी ओलीका महत्त्वाकांक्षी चुनावी योजना !

यी हुन् केपी ओलीका महत्त्वाकांक्षी चुनावी योजना !

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , पुस ८ । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चुनावी योजना सार्वजनिक गरेका छन् । मंगलवार आफू निकट केन्द्रीय कमिटीका सदस्यको बैठकमा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने गरी चुनावी अभियान थालिने बताएका हुन् । उनले निर्वाचनमा समानुपातिकतर्फ ५० लाख भोट ल्याउने गरी निर्वाचन अभियान थाल्न सम्पूर्ण केन्द्रीय सदस्य र आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले प्रत्यक्षतर्फ कम्तीमा १२० सिट ल्याउने गरी चुनावी अभियानलाई व्यवस्थित पारिने योजनासमेत सुनाए । ‘हामीले गत निर्वाचनमा २ पार्टी मिलेर ११६ सिट ल्याएका थियौं । अब नेकपा एक्लैले १२० सिट ल्याउने गरी चुनावी माहोल सिर्जना गर्नेछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले निर्वाचनकै क्रममा आँधीबेहरीका रूपमा राष्ट्रिय राजनीतिलाई अग...
आजको मौसम , कुन प्रदेशको कस्तो ?  यस्तो छ पूर्वानुमान

आजको मौसम , कुन प्रदेशको कस्तो ? यस्तो छ पूर्वानुमान

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौं पुस ८ । अहिले गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष ८ गते (बुधबार) दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष ९ गते (बिहिबार) दिउँसो : देशका पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : देशभर मौसम सामान्यतया सफा रहनेछ । पौष ९ गते (बिहिबार) दिउँसो : देशभर मौसम सामान्यतया ...
बढ्न थाले पर्यटक, ५ महिनामा आए ६ हजार विदेशी नेपाल

बढ्न थाले पर्यटक, ५ महिनामा आए ६ हजार विदेशी नेपाल

मुख्य समाचार, समाचार
काठमाडौँ, पुस ८ । नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । आन्तरिक पर्यटनका गतिविधि पनि बढेका छन् । कोरोना कहरले तहनहस भएको पर्यटन क्षेत्र विस्तारै उठ्ने संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०७७र७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २८० जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार ५ महिनामा अमेरिकाबाट १ हजार ३१७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै बेलायतबाट ९०१ जना पर्यटक नेपाल आएका छन् । चीनबाट ५ सय ७६ र भारतबाट ४३१ जना पर्यटक नेपाल आएका छन् । टर्कीबाट ३०३, अस्ट्रेलियाबाट १३५, रसियाबाट १८०, फ्रान्सबाट १३५, जर्मनी र जापानबाट १०८, जोर्डन र माल्दिभ्सबाट १०६, मेक्सिकोबाट ११२, पोर्चुगलबाट १०० र श्रीलंकाबाट १०२ जना पर्यटक नेपाल भित्रिएका छन् । संयुक्त राष्ट्रसंघीय निकायका ११५ जना कर्मचारीसमेत सो अवधिमा नेपाल आएको ...
ओली भन्छन्-‘५० लाख मत, १२० सिट जनताले हामीलाई नै दिन्छन्’

ओली भन्छन्-‘५० लाख मत, १२० सिट जनताले हामीलाई नै दिन्छन्’

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ८ । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चुनावी योजना सार्वजनिक गरेका छन् । मंगलबार आफू निकट केन्द्रीय कमिटीका सदस्यको बैठकमा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने गरी चुनावी अभियान थालिने बताएका हुन् । उनले सो निर्वाचनमा समानुपातिकतर्फ ५० लाख भोट ल्याउने गरी निर्वाचन अभियान थाल्न सम्पूर्ण केन्द्रीय सदस्य र आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले प्रत्यक्षतर्फ कम्तीमा १२० सिट ल्याउने गरी चुनावी अभियानलाई व्यवस्थित पारिने योजनासमेत सुनाए । ‘हामीले गत निर्वाचनमा दुई पार्टी मिलेर १ सय १६ सिट ल्याएका थियौं । अब नेकपा एक्लैले १ सय २० सिट ल्याउने गरी चुनावी माहोल सिर्जना गर्नेछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले निर्वाचनकै क्रममा आँधीबेहरीका रूपमा राष्ट्र...
चितवनको  पर्यटन प्रर्वद्धनका लागि पहिलो पटक  घुमौँ सौराहा अभियान सुरु

चितवनको पर्यटन प्रर्वद्धनका लागि पहिलो पटक घुमौँ सौराहा अभियान सुरु

आर्थिक, मनोरञ्जन, समाचार, स्थानिय तह
राजेन्द्र आचार्य / चितवन चितवनको पर्यटकीय नगरी सौराहामा पहिलो पटक पर्यटन प्रर्वद्धनका लागि घुमौँ सौराहा अभियान सुरु गरिने भएको छ । नाकावन्दी, भुकम्प, मुग्लिन नारायणगढ सडक स्तरोन्नतिका कारण मारमा परेको सौराहा कोरोना भाईरससगैँ ठप्प बनेको थियो । जसका लागि होटल व्यवसायीहरुको साझा संस्था क्षेत्रिय होटल संघ सौराहाको आयोजनामा घुमौँ सौराहा अभियान सुरु गरिने भएको हो । आन्तरीक पर्यटन मार्फत क्रमिक रुपमा चलायमान बन्दै गएको सौराहामा पर्यटक आर्कषित प्याकेजसहित देशका विभिन्न भागमा पत्रकार सम्मेलनसगैँ व्यवसायीक भेटघाट राख्दै यहि पुस १० गतेबाट अभियान सुरु गरिने क्षेत्रिय होटल संघका अध्यक्ष दिपक भटट्राईले जानकारी दिए । अभियानको क्रममा पुस १० विराटनगर, पुस ११ जनकपुर, पुस १२ विरगंज विविध कार्यक्रम गरिनेछ । कोरोना भाइरसका कारण पर्यटन उद्योग ठप्प छ अध्यक्ष दिपकले भने, स्वदेशभित्र भने घुम्न र पर्यटकहरुला...
कार बम विस्फोट हुँदा ४ चिकित्सकको मृत्यु

कार बम विस्फोट हुँदा ४ चिकित्सकको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस ७ । विस्फोट हुँदा ४ चिकित्सकको मृत्यु भएको छ । अफगानिस्तानको राजधानी काबुुलमा मंगलबार गराइएको कार बम विस्फोटमा कम्तीमा ५ जनाको मृत्यु भएको हो । घटनामा ज्यान गुमाउनेमध्ये ४ जना चिकित्सक भएको अधिकारीहरुले बताएका छन् । विस्फोटमा दुई जना घाइते भएका छन् । प्रहरी प्रवक्ता फरदावस फरामान्जकाअनुसार काबुुल पुलिसका डाक्टरहरुको टोली काबुुलको पूर्वमा रहेको पुुल–ए चारखी कारागार जाने क्रममा बम विस्फोट भएको हो । उक्त कारागारमा सयौं तालिवान लडाकुहरुलाई राखिएको छ । चिकित्सकहरु चढेको कारमा बम जडान गरिएको प्रहरीको दाबी छ ।   यद्यपि, विद्रोहीहरुले चिकित्सकलाई लक्षित गरी बम विस्फोट गराइएकाबारे यकिन भइसकेको छैन । घटनाको हालसम्म कुनै समूहले पनि जिम्मेवारी लिइसकेको छैन । विस्फोटका कारण घटनास्थल नजिकैका भवन तथा पसलहरुमा सामान्य क्षति पुुगेको जनाइएको छ । अफगानिस्तानका विभिन्न स्थानमा ...
चितवन कारागारका एक कैदीको मृत्यु

चितवन कारागारका एक कैदीको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ७ । चितवन कारागारमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन् । उनलाई प्रहरीले २०७६ मङ्सिरमा पक्राउ गरेको थियो । मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकिएको थियो ।आन्द्रामा समस्या देखिएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार साँझ मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । कार्यालयमा अहिले रहेका ६९२ कैदीबन्दीमध्ये ५७ महिला र दुई आश्रित बालबालिका रहेका छन् । कारागारमा महिला बन्दीगृहको क्षमता २५ जनाको र पुरुष बन्दीगृहको क्षमता २५५ रहेको छ ।...
पहिलो पटक सञ्चालनमा आयो नुवाकोट अस्पतालमा आईसीयू सेवा

पहिलो पटक सञ्चालनमा आयो नुवाकोट अस्पतालमा आईसीयू सेवा

मुख्य समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाडौं, पुस ७ । जिल्ला अस्पताल त्रिशूलीमा आईसीयू सेवा सञ्चालनमा आएको छ । स्थापनाको ५६ वर्षपछि अस्पतालमा दुईवटा भेन्टिलेटरसहित ६ बेडको आईसीयू र चार बेडको एचडीयू सेवा सुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। दीपेन्द्र पाण्डेले जानकारी दिए । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले आईसीयू सेवाको मंगलबार उद्घाटन गरेकी छन्। योसँगै अब अस्पतालमा श्वासप्रश्वास, मुटुको समस्या भएका बिरामी, अत्यधिक ज्वरो, मेनेन्जाइटिस, इन्सेफ्लाइटिस, सडक दुर्घटनाका घाइते, जटिल सुत्केरीलगायतलाई रेफर गरेर काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । अस्पतालमा दैनिक साढे ३ सयभन्दा बढी बिरामी आउने गर्छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको त्रिशूली अस्पतालमा कोरियन सहयोग संस्था (कोइका) को सहयोगमा ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन बनेको छ । अस्पतालमा रसुवा, धादिङ र नुवाकोटका बासिन...
जाडोमा खानुस्  अदुवा हालेको चिया  , यस्ता छन् फाइदा

जाडोमा खानुस् अदुवा हालेको चिया , यस्ता छन् फाइदा

जिवनसैली, टिप्स, समाचार, समाज
काठमाडौं, पुस ७ । अदुवा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अदुवामा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् ।अदुवालाई हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका हुन्छौं । अझ चिसोमा अदुवा हालेर चिया खादाका अनेकौँ लाभ छन् । चियामा अदुवा हालेर खाँदा स्वास्थ्यका लागि निकै फाइदा हुने चिकित्सकहरु बताउँछन् । चिया पिउनु हरेक मानिसको आदत नै भइसकेको अवस्थामा चियामा अदुवा हालेर खाँदा स्वादसँगै शरीरलाई धेरै फाइदा पुग्ने गर्छ । अदुवामा भिटामिन सीको मात्रा उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ । यस्ता छन् अदुवा हालेको चिया पिउनुका फाइदा -कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्ता वा अन्य विमारी हुने समस्या आउँदैन । -शरीरमा असजिलो महसुस भएमा अदुवा हालेको चिया खानु राम्रो हुन्छ । अदुवाले पाचन प्रणाल...
नुवाकोट कारागारमा संचालन भएको स्वास्थ्य शिविरमा ७४ जनाले लिए सेवा

नुवाकोट कारागारमा संचालन भएको स्वास्थ्य शिविरमा ७४ जनाले लिए सेवा

Uncategorized
काठमाडौं, पुस ७ । नुवाकोटको त्रिशुलीस्थित नुवाकोट कारागारमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर भएको छ। केन्द्रीय कारागार अस्पतालको आयोजनामा शिविर संचालन गरिएको थियो । केन्द्रीय कारागार अस्पतालका प्रमखु मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीको नेतृत्वमा डा अमित यादवसहितको ६ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा दिएको हो। कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य जाँच, सुगर परीक्षण लगायतका सेवा दिनुका साथै औषधि समेत वितरण गरिएको डा तिवारीले जानकारी दिए। उनका अनुसार कैदीबन्दीमा मानसिक रोग, पेटसम्बन्धी समस्या, छाला रोग, उच्च रक्तचाप, मधुमेह एवं श्वासप्रस्वास सम्बन्धि समस्या पाइएको थियो। यसका साथै सो क्रममा नसर्ने रोग र कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायका विषयमा पनि जनचेतनामुलक कार्यक्रम गरिएको थियो। कारागारमा हाल १३९ पुरुष र १६ महिला गरी १५५ जना कैदीबन्दी रहेका छन्।शिविर...