Thursday, April 25
Shadow

यी हुन् केपी ओलीका महत्त्वाकांक्षी चुनावी योजना !


  • -इ
  • इ+

काठमाडौं , पुस ८ । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चुनावी योजना सार्वजनिक गरेका छन् । मंगलवार आफू निकट केन्द्रीय कमिटीका सदस्यको बैठकमा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने गरी चुनावी अभियान थालिने बताएका हुन् ।

उनले निर्वाचनमा समानुपातिकतर्फ ५० लाख भोट ल्याउने गरी निर्वाचन अभियान थाल्न सम्पूर्ण केन्द्रीय सदस्य र आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले प्रत्यक्षतर्फ कम्तीमा १२० सिट ल्याउने गरी चुनावी अभियानलाई व्यवस्थित पारिने योजनासमेत सुनाए । ‘हामीले गत निर्वाचनमा २ पार्टी मिलेर ११६ सिट ल्याएका थियौं । अब नेकपा एक्लैले १२० सिट ल्याउने गरी चुनावी माहोल सिर्जना गर्नेछौं,’ प्रधानमन्त्री ओलीले भने ।

उनले निर्वाचनकै क्रममा आँधीबेहरीका रूपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाउने उद्घोष गरे । ‘आँधीतुफानका रूपमा पार्टीलाई अगाडि लिएर जाँदै छौं । हामी राजनीतिमा सम्पूर्ण ढंगले समर्पित भएर काम गर्छौं । सही विचार र उद्देश्यको तागत दुनियाँलाई देखाउँछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले यसका लागि व्यापक रूपमा पार्टीपंक्ति परिचालन गरिने जनाए ।

‘देशभक्तिमा के तागत हुन्छ रु राष्ट्रवादमा के तागत हुन्छ रु राष्ट्रिय स्वाभिमानमा के तागत हुन्छ रु अब हामी देखाइदिनेछौ‌,’ प्रधानमन्त्री ओलीले भने । उनले स्वच्छता कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र निर्मूल गर्ने, सुशासन र शान्ति कायम गर्ने नीति तथा व्यवहारको तागतले पनि निर्वाचनमा सहजै जित हासिल हुने दाबी गरे ।

‘यस्तो काम सञ्चालन गर्न हामीसँग सशक्त, विचारमा स्पष्ट र गतिशील पार्टी चाहिन्छ,’ उनले भने । उनले यसैका लागि केन्द्रीय समितिमा ५५६ जनालाई थप गरी १ हजार १९९ जनाको केन्द्रीय कमिटी बनाइएको जानकारी दिए । अहिले विशेष परिस्थिति भएको र सिंगो पार्टी पक्तिलाई निर्वाचन र जनहितमा केन्द्रित गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीलाई केही ठूलो पार्नुपरेको उनले जनाए ।

‘एकथरी मान्छेहरू विभाजनका लागि उद्यत छन् । त्यस कुरालाई पनि ध्यानमा राख्नुपर्छ । विभाजित भएर छुट्टियो नै भने पनि आन्दोलनलाई कमजोर हुन नदिने गरी अगाडि बढ्नुपर्छ । अध्यक्षको नाताले मैले पार्टीलाई कुनै पनि हालतमा असफल हुन दिनुहुन्न, गतिहीन बन्न दिनुहुँदैन । आन्दोलनलाई सिद्धिन दिनुभएन । पार्टीलाई ध्वस्त हुन दिनुभएन त्यसकारण सदस्यहरू थपिएको हो,’ ओलीले भने ।

सहमतिमै एकीकरणका कार्य सम्पन्न गर्दै एकताको महाधिवेशन गर्नुपर्नेमा त्यो बाटो नै नलिई गुटबन्दी, अस्वस्थता, अनुशासनहीनता र अराजकताको शिकार भएर फुटको औजार बन्ने चरित्रका कारण पार्टीमा खतरा उत्पन्न भएको उनले बताए । राजधानी दैनिकमा खबर छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares