Friday, April 26
Shadow

प्रदेशमा पनि सरकार परिवर्तनको संकेत देखिए अर्को कदम चाल्ने ओलीको चेतावनी


  • -इ
  • इ+

काठमाडौं, पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तनको संकेत देखिए अर्को कदम चाल्ने चेतावनी दिएका छन् । योहो टेलिभिजनसँग कुरा गर्दै उनले बुधबार बेलुका यस्तो बताएका हुन् ।

प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “उहाँहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।”

साथै उनले यस अवधिमा मिलेरै जानुपर्ने बताए । योहो टेलिभिजनका लागि जीवराम भण्डारीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी आफूले चालेको कदम वैध भएको दावी पनि गरे ।पार्टीभित्रको अहिलेको कलह प्रचण्ड-माधव समूहको पद र प्रतिष्ठाको लागी गरेको उनको भनाइ थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares