पार्वती पाठक, काठमाडौं , पुस ८ । कोरोनाका कारण यति बेला सेनेमाहल बन्द रहेका छन् । सरकारले अरु क्षेत्र खुल्ला गरेपनि हल भने बन्द नै रहेको छ ।
यसैले पनि अहिले नेपाली चलचित्र हलमा चल्न सकेको छैन् तर युट्युबमा भने धमामध रिलिज भइरहेका छन् । कोरोना त्रासका कारण हलमा चलचित्र नचलेपनि कतिपयले लकडाउन भरी आफ्ना फिल्म युट्युबमा रिलिज गरे । अहिले पनि चलचित्र विर बिक्रम युट्युबमा सार्वजनिक भएको छ ।
यसअघि पनि थुर्पै फिल्म आए र दर्शकलाई मनोरन्जन दिए । यसैगरि आज मात्रै नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबमा सार्वजनिक भएको छ । दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र आज साँझ हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
चलचित्र टीभी एपमा राखिएको चलचित्र ‘छक्का पञ्जा–३’ पाइरेसी भए पछि युट्युबमा रिलिज गरिएको बताएको छ । केही समय यता पाइरेसी भएको कपी एकबाट अर्को हुँदै धेरैको मोबाइलमा पुगेपछि युट्युबमा अपलोड गर्नु परेको कलाकार दीपकराज गिरीले बताए ।
बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्दि तामाङ मुख्य भूमिकामा छन् । हैरौ अब यो फिल्मको दर्शकबाट कस्तो प्रतिक्रीया आउँछ ।