Sunday, May 3
Shadow

Author: Interview Nepal

उद्योग वाणिज्य संघ कृष्णनगर द्वारा मन्त्री अधिकारी लाई स्वागत

उद्योग वाणिज्य संघ कृष्णनगर द्वारा मन्त्री अधिकारी लाई स्वागत

ब्यानर समाचार 2, मुख्य समाचार
कृष्णनगर , चैत्र ३ नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सबै जनताले बास पाउनुपर्ने बताएका छन् । उनले सुकुम्बासी, दलित भूमीहीन, अव्यवस्थितको समस्याको हलमा केन्द्रित भएको बताएका छन् । जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । जिल्ला र राष्ट्रको समस्या समाधान गर्ने कामको रणनीति बनाएर उत्थान गरिने उनले बताए । सुखी नेपाली, समृद्ध नेपालको बनाउने सवालमा पूँजी र क्षमताको आधारमा सबैलाई प्राप्त हुने गरि काममा ध्यान केन्द्रित भएको उनले बताए । भूमीहीन जटिल समस्या भएको बताउँदै त्यस समस्याको हल गर्ने कुरामा मन्त्रालय र सरकार लाग्ने मन्त्री अधिकारीको भनाई छ । उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ताले कृष्णनगर भन्सार नाका लुम्बिनी प्रदेशको मुख्य नाका भएकोले सुक्ख ब...
भव्य श्याम निशान शोभायात्रा २० मार्चका दिन निकालिने

भव्य श्याम निशान शोभायात्रा २० मार्चका दिन निकालिने

समाचार
  कृष्णनगर, चैत्र ३ राणी सती मन्दिर बढ्नी देखि लक्ष्मी नारायण मन्दिर कपिलवस्तु जिल्लाको कृष्णनगर सम्म यही २० मार्च बुधवारका दिन ९ बजे देखि श्याम निशान शोभायात्रा निकालिने आयोजकले जनाएको छ। भव्य र सभ्य तरिकाले उक्त सोभा यात्रा निकालिने तथा सम्पूर्ण भक्तजन लाई उक्त शोभायात्रा मा सामेल हुन श्री श्याम भक्त मण्डलले आग्रह गरेको छ। लक्ष्मी नारायण मन्दिरमा सोही दिन साझ ७:३० बजे आमंत्रित भजन गायक अमित अंजन सिसवा बाजार, नेहा सिंह राजपूत कोलकाता द्वारा अमृतमय भजन हुनेछ। 21 मार्च 2024 7 बजे देखी भव्य भंडारा हुनेछ। आयोजक कर्ता,श्री श्याम भक्त मंडल,राम अवतार टिबड़ेवाल,कन्हैया टिबरेवाल,केशव टिबरेवाल ,मनीष सिंघल,विक्रम सिंघल,हिमांशु कंछल,अरविंद कंछल,दीपक खेतान,ज्योत,अग्रवाल,मनीष बाजोरिया ,पंकज बाजोरिया लगायतले कार्यक्रम भव्य र सभ्य तरिकाले सफल पार्न हार्दिक अनुरोध गरेका छन्।...
आखा चिम्लेर समर्थन पनि नगर्ने, आखा चिम्लेर विरोध पनि नगर्ने – माधवकुमार नेपाल

आखा चिम्लेर समर्थन पनि नगर्ने, आखा चिम्लेर विरोध पनि नगर्ने – माधवकुमार नेपाल

ब्यानर समाचार 2, मुख्य समाचार
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीनिकट महिलाहरूको भेला तथा प्रशिक्षणलाई शुक्रबार सम्बोधन गर्दै आफ्नो पार्टी देशका सबै कम्युनिस्ट पार्टीहरूलाई मिलाउने मूल्यमा कुनै पनि पद नचाहिने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँगको पछिल्लो संवाद र छलफललाई इंगित गर्दै नेपालले मिल्नुको मतलब दुई पार्टी मिल्ने अर्थमा नबुझ्न कार्यकर्ताहरूलाई आग्रह गर्व्का छन । मिल्नुको मतलब दुई पार्टी मिल्ने होइन, जानेहरू अहिले बेहाल भइरहेका छन् । मुकुन्द न्यौपाने , केदारजीको बिजोग छ । हामी सिँगै देशको कम्युनिस्टहरूलाई मिलाउने हो भने तयार छौँ । सबै कम्युनिस्टहरूलाई गोलबन्द गर्ने हो भने तयार छौँ देश बनाउनुछ हामीलाई,’ नेपालले भने, ‘हामीलाई कुनै पद ओगटेर बस्नुछैन । हामीलाई प्रधानमन्त्री पद, पार्टी अध्यक्ष पद पनि चाहिएको होइन, यो देशको प्रगति र परिवर्तन चाहिएको हो ।’ नयाँ सत्तासमीकरणसँगै समय फेरिएकाले बोली...
बुढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिने – प्रम

बुढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिने – प्रम

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिन आफूले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गोरखा र धादिङका जनप्रतिनिधिले आयोजनाका सम्बन्धमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले भने “आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पनि यसबारे छलफल हुन्छ । आयोजना अघि बढाउनेमा म प्राथमिकता साथ लागेको छु । प्रधानमन्त्रीले यो आयोजनालाई अगाडि बढाउन आफूले निरन्तर पहल गरिरहेको बताए । उनले स्थानीय तहबाट आयोजनालाई शीघ्र अगाडि बढाउन गरिएको पहल र प्रयासका लागि धन्यवाद दिँदै केही दिनभित्रै आवश्यक निर्णय हुने विश्वास दिलाए । कूल एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने टुङ्गो लागेपनि लगानी ढाँचा तयार हुन नसक्दा अगाडि बढ्न सकेको छैन । प्रधानमन्त्र...
प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लाग्दा कांग्रेस सांसदहरूले उठेर बैठकमा विरोध जनाएका थिए । त्यसपछि सभामुखले कांग्रेस सांसद राजेन्द्रकुमार केसी र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीले सदनमा उपस्थित भएर जवाफ नदिएसम्म सदन अगाडि बढ्न नसक्ने भन्दै अवरोध गरिरहे ।...
विभेदलाई जित्न हिँड्नु भएका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी

विभेदलाई जित्न हिँड्नु भएका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाज
काठमाडौँ, २९ फागुन : परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो राजनीतिक जीवन व्यतित गर्नुभएका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुनुहुन्छ । कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेठो सन्तानका रुपमा दाहालको जन्म विसं २०१२ साल चैत १६ गते भएको हो । माओवादीभित्र उहाँलाई ‘सरल’ नामले चिनिन्छ । माओवादी जनयुद्धलाई सफल बनाउन सक्रिय र ठूलो योगदान पु¥याउने योद्धा हुनुहुन्छ दाहाल । बाल्यकालदेखि नै कम्युनिष्ट पार्टीप्रतिको आस्था राख्नुभएका दाहाल विद्यार्थी जीवनमै पार्टीको सक्रिय सदस्यका रुपमा क्रियाशील हुनुभएको थियो । पार्टीका कामका लागि प्रवासमा अनेकौँ पीडा, कष्ट र हण्डर सहँदै नेपाली जनयुद्धलाई राजनीतिक, वैचारिक, साङ्गठनिक काममा सक्रिय हुँदै आर्थिक र भौतिक साधन स्रोत जुटाएर सफल बनाउन दाहालले अतुलनीय य...
उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना

उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना

ब्यानर समाचार 2, समाज
कपिलवस्तु, फाल्गुन २८ इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले मुस्लिम समुदाय लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् l मौलाना मशहूद खां ले बताउदै भने एक महिनासम्म ब्रतालु ब्रत अर्थात् रोजा बस्छन् । यो वर्ष हिजरी सम्वत् १४४५ हो भने रमजानको नवौँ महिना हो ।रमजानको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली हरूमा सुख शांति एवम् समृद्धिको कामना सहित शुभकामना दिदै बिशेष परिस्थितिका व्यक्ति बालबालिका, बिरामी, अशक्त र गर्भवतीलाई रोजा अनिवार्य नरहेको बताए।साथै रमजानमा दानको समेत बिशेष महत्व रहेकाले आफूले गर्न सक्ने दान समेत गर्नु पर्ने बताउदै रमाजमा नमाज तथा कुरान शरीफ पढ्नाले विशेष पुण्य प्राप्त ...
रास्ट्रसेवादेखि विवाह बन्दनसम्म !

रास्ट्रसेवादेखि विवाह बन्दनसम्म !

ब्यानर समाचार, समाज
विवाह उमेर पुगेका युवायुवती बिच हुने आत्मीय बन्दन हो । विवाह सामान्य कुरा भएता पनि कुनै कुनै विवाह भने समाजमा फरकपनको हुने गर्दछ । एउटै पेशामा रहेर काम गर्दा सुरु भएको प्रेम सम्बन्ध विवाहमा परिणत हुन एक प्रकारको सफलता नै हो । त्यस्तै सफलताको विवाह दुई रास्ट्र सेवक प्रहरी बिच भएको छ । नेपाल प्रहरीका निरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बिचको विवाहको विषयलाइ समेट्न खोजेका छौ । बिष्णुहरि फुयाल जो २०७१ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरे । सेवा प्रवेश गर्दा निकै उत्साहित भएका फुयाल प्रहरी संगठनमा अम्बल रहदै आएका छन । उनले ईलाका प्रहरी कार्यालयल चिसापानीको प्रमुख, महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गको प्रमुख, जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी वृत्त जगातीकोे अपराध अनुसन्धान शाखा प्रमुखरहि सफलता पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् । प्रहरी भित्रकै कमाण्डो तालिम पुरा ...
बनभोज कार्यक्रममा सहकारी शिक्षा र विश्वव्यापी अभ्यासको बारेमा अन्तरकृया सम्पन्न – वचन साकोस

बनभोज कार्यक्रममा सहकारी शिक्षा र विश्वव्यापी अभ्यासको बारेमा अन्तरकृया सम्पन्न – वचन साकोस

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ – वचन बचत तथा ऋण सहकारी संस्था लि., डिल्लीबजार, काठमाडौंका अध्यक्ष मुकुन्दराज खनालले संस्थाको १४औँ स्थापना दिवसको उपलक्ष्यमा २०८० फाल्गुण १९ गते काठमाडौंको गोकर्णमा आय‍ोजित सहकारी शिक्षा तथा वनभ‍ोज कार्यक्रमको अध्यक्षता गर्दै उहाँले ‘अहिलेको विषम परिस्थितिमा सम्भाव्यता हेरेर हाम्रा कार्यक्रमलाई सहयोग गर्दै वचनको पछि लाग्नु वचनको जीत हो र वचनक‍ो जीत भनेको यसका सदस्यको जीत हो’, भन्नुभयो । सहकारीमा देखिएका चुनौति र समस्या समाधानको उपाय ख‍ोजी गर्न निकट भविष्यमा वचनले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । शेयर सदस्य , कर्मचारीहरु लगायतमा शुभकामना व्यक्त गर्दै उहाँले आगामी वर्षदेखि वचनको स्थापना दिवस लगायतका रचनात्मक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका लोकसेवा आयोगका स...
प्रचण्डको धोकाधडीको राजनीति अब केपी कमरेडले अन्त्य गर्नुपर्छ – भिमसेनदास प्रधान

प्रचण्डको धोकाधडीको राजनीति अब केपी कमरेडले अन्त्य गर्नुपर्छ – भिमसेनदास प्रधान

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं - नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली राजनीतिमा सबैभन्दा खराब पात्र र सबैभन्दा बढि गिरेको नेताको रुपमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल दर्ज भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले यस्तो बताएका हुन् । उनले प्रचण्डलाई अस्थिर नेतामात्रै नभएर धोकेबाज नेताको पनि संज्ञा दिए । प्रधानले आफ्नो सम्बोधनको सुरुवातमै अमेरिकी राष्ट्रपति अब्राहम लिन्कनको बहुचर्चित भनाई ‘यु क्यान फूल सम अफ द पिपुल अल द टाएम, एण्ड अल अफ द पिपुल सम अफ द टाईम, बट यु क्यानट फूल अल अफ द पिपुल अल अफ द टाईम’ सुनाए । उनले प्रचण्डले अब सबैलाई सधैं मुर्ख बनाउन नसक्ने दाबी गरे । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै भने–‘प्रचण्डजीले हाम्रा नेताहरुलाई पटक पटक धोका दिनुभएको छ, पहिले ...