Wednesday, August 12
Shadow

Author: Interview Nepal

सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल पक्षको प्रस्ताव

सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल पक्षको प्रस्ताव

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न यस्तो प्रस्ताव गरेका हुन् । काठमाडौंको बानेश्वरमा बुधबार आयोजित अन्तरपार्टी अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीमा सत्ता उन्माद चढेको र यसै कारण उनले गरेको संवैधानिक ‘कु’ को विरोधमा सबै राजनीतिक दलले मिलेर आन्दोलन गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओलीले सिंगो व्यवस्थाविरूद्ध कदम चालेको आरोप लगाउँदै भने, ‘केपी ओलीमा सत्ता उन्माद छ, त्यसैले उनले सिंगो व्यवस्थाविरुद्ध, संघीयताविरुद्ध, गणतन्त्र र समावेशी समानुपा...
भारतमा बर्डफ्लू, दक्षिणी नाकामा कडाइ

भारतमा बर्डफ्लू, दक्षिणी नाकामा कडाइ

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २३ । करीब एक सातादेखि भारतमा देखिएको बर्डफ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ । नेपालमा बर्डफ्लू फैलिन नदिनका लागि नाकामा कडाइ गर्ने तयारी भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भारतसँग सीमाना जोडिएका तराईका जिल्लाहरूमा सुरक्षा सर्तकता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरिसकेको मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले जानकारी दिए । उनका अनुसार मन्त्रालयले जिल्ला तथा स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने थप जनशक्ति तथा मेशिनरी सामग्रीहरू चाहिएमा पनि जानकारी गराउन निर्देशन दिइसकेको छ । नेपालमा बर्डफ्लूको संक्रमण आउन नदिन तथा आइहालेमा रोकथामका प्रक्रिया अघि बढाउने बारेमा योजना बनाउन पशुसेवा विभागले समेत...
कस्तो रहला तीन दिनको मौसम ? यस्तो छ पूर्वानुमान

कस्तो रहला तीन दिनको मौसम ? यस्तो छ पूर्वानुमान

मुख्य समाचार, मौसम, समाचार, समाज
  काठमाडौँ, पुस २३ । पश्चिमी वायुको प्रभाव कम हुँदै जाँदा मुलुकभर मौसम क्रमिकरूपमा खुल्दै गएको छ । बुधबार दिउँसोबाट मौसम खुल्दै जाँदा तापक्रम बढेको छ । घाम लागेपछि प्रदुषित वायुले लागेको तुवालो काठमाडौँ उपत्यकाबाट बाहिरिएको छ । अझै पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा पहाडी भू(भागमा आंशिक बदलीको अवस्था रहेको तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान पौष २३ गते (बिहीबार) दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र प्रेदश नं १ को  उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति : प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान...
कतारमाथिको नाकाबन्दी हटाइएकोमा नेपालले गर्यो स्वागत

कतारमाथिको नाकाबन्दी हटाइएकोमा नेपालले गर्यो स्वागत

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ , पुस २२ । नेपालले साउदी अरेबियाले कतारमाथि झन्डै साढे तीन वर्ष लामो नाकाबन्दीलाई हटाएकोमा स्वागत गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतारमाथिको नाकाबन्दी हटाइएकोमा स्वागत गरेको हो । विज्ञप्तिमा गल्फ कोअपरेसन काउन्सिल ९जीसीसी० का सबै मुलुकहरूसँग राम्रो दुईपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै नेपालले जहिले पनि गल्फ क्षेत्रमा शान्ति, स्थायित्व र विकासको शुभेच्छा राख्ने उल्लेख गरिएको छ । कतारमाथि खाडी क्षेत्रको एक शक्तिशाली राष्ट्र साउदी अरेबियाले भूमि, हवाई र जल मार्गमा नाकाबन्दी लगाएको थियो । जीसीसीको भेला सुरु हुनुअघि कतारमाथि लगाइएको नाकाबन्दीलाई हटाइने निर्णय गरिएको थियो । जीसीसीमा कतार, साउदी अरेबिया, यूएई, कुवेत, बहराइन र ओमान सदस्य छन् । मन्त्रालयको विज्ञप्तिमा उक्त कदमले जीसीसीका सदस्य मुलुकहरूबीच रहेको महत्त्वपूर्ण विषय हल गर्न...
जीप दुर्घटना :  एकको मृत्यु, सात घाइते

जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २३ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले बताए । कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथम...
वनमन्त्री आलेद्धारा आगोले जलेर गम्भिर घाइते भएकी बालीकालाई सहयोग

वनमन्त्री आलेद्धारा आगोले जलेर गम्भिर घाइते भएकी बालीकालाई सहयोग

समाचार, समाज
काठमाडौं, पुस २२ । वन मन्त्री प्रेम आलेले कञ्चनपुरको शुक्लाफाटा नगरपालिका १ की ५ बर्षीया बालीका सुजाता धानुकको उपचारका लागी आर्थीक सहयोग गर्नु भएको छ । आगोले जलेर गम्भिर घाइते भएकी बालिकाका लागि उपचार खर्च जुटाउन नसकेपछि परिवारले सहयोगको याचना गरेको समाचार प्रकाशन भएपछि मन्त्री आलेले आज धनगढीको सिपी हस्पीटलमा उपचाररत बालीका लाई भेटेर आर्थीक सहयोग गर्नु भएको हो । सहयोग हस्तानतरण गर्दै मन्त्री आलेले बालीका को उपचारको लागी आफुले स्वास्थ्य मन्त्रालयमा समेत कुरा गरि सकेको र थप उपचारका लागी कृर्तीपुर ब्रोन हस्पीटलमा छिटो भन्दा छिटो लिएर उपचार गर्न आग्रह समेत गरेका छन । साथै उनले सरकारले बालीकाको उपचारका लागी पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो । मन्त्री आलेले यस भन्दा अगाडी पनि समस्यामा परेका थुप्रै नागरिकहरु लाई आर्थीक सहयोग गर्देै आउनु भएको छ । विशेषज्ञ चिकित्सक देखाउन डाक्टरले भनेपनि...
नेता पोखरोलले खुलाए प्रतिनिधिसभा विघटन हुनुका ८ कारण , के के हुन् ती ?

नेता पोखरोलले खुलाए प्रतिनिधिसभा विघटन हुनुका ८ कारण , के के हुन् ती ?

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस २२ । लुम्बिनी प्रेदशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिनुका ८ कारण खुलासा गरेका छन् । नेकपा स्थायी समिति सदस्य समेत रहेका पोखरेलले बुधबार साँज सामाजिक सञ्जाल फेसबुकमार्फत संसद विघटन गर्नुका ८ कारण खुलासा गरेका हुन ।उनले सभामुख अग्नी सापकोटाको असहयोगदेखि पार्टीका प्रथम अध्यक्षविरुद्ध षडयन्त्र भएको विषयले संसद विघटन निम्ताएको बताएका छन् । उनले सरकारबाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापति र सांसदहरुको असहयोग रहनाले संसद विघटन गर्नु परेको अर्को कारणका रुपमा लिएका छन् । उनले फेसबुकमा यस्तो लेखेका छन्- नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ? सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले, सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक...
सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Uncategorized
काठमाडौं, पुस २२ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिकामा नेपाली सेनाको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नेपाली सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीको अग्निसाइर–कृष्णसवरण गाउँपालिका २ का रामचन्द्रप्रसाद चौधरी छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स५प ५०७६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको बा१ग १९८१ नम्बरको नेपाली सेनाको गाडीले ठक्कर दिएको थियो । घाइते थारूको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । सेनाको गाडी र चालक मनीष राई अहिले प्रहरीको नियन्त्रणमा छन् । मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।...
कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पुस २५ देखि सरकारविरुद्ध प्रदर्शन गर्ने

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पुस २५ देखि सरकारविरुद्ध प्रदर्शन गर्ने

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २२ । नेपाली कांग्रेस जिल्ला कार्य समिति काठमाडौंले प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । काठमाडौं जिल्ला सभापति सबुज बानियाँको नेतृत्वमा गणेशमान स्मृति भवन ज्ञानेश्वरमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै सो कदमविरुद्ध यहि पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते गाउँपालिका तथा नगरपालिकामा र माघ ८ गते वडास्तरमा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले पुस २५ गते दिउँसो १ बजे काठमाडौं जिल्लाका २० वटै निर्वाचन क्षेत्रमा एकैसाथ विरोध प्रदर्शन गर्न जिल्लाभित्रका सम्पूर्ण पार्टी सदस्यलाई निर्देशन दिएको सभापति बानियाँले जानकारी दिए । गत पुस १९ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्र...
प्रोत्साहन भत्ताको मागलगायत खेलकुद मन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र

प्रोत्साहन भत्ताको मागलगायत खेलकुद मन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र

खेलकुद, मुख्य समाचार
  काठमाडौँ, पुस २२ । नव नियुक्त युवा तथा खेलकुद मन्त्री दाबा लामा तामाङ समक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीएल)ले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार मन्त्रालयमै एनएनआईपीएले मन्त्री तामाङसमक्ष खेलाडीको प्रोत्साहन भत्तादेखि अभ्यास सुरुका लागि पहल गर्न माग राख्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । एनएनआईपीएले ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण पदक विजेताले प्राप्त गर्दै आएको र हाल रोकिएको प्रोत्साहन भत्ता कार्यविधिमा कटौती नहुने गरि उपलब्ध गराउन माग गरेको छ । यस्तै, सागका रजत तथा कास्य पदक विजेता खेलाडीका लागि पनि प्रोत्साहन भत्ताको व्यवस्था गर्न एनएनआईपीएले माग गरेको छ । गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि पहल गर्न समेत माग गरेको छ ।...