Tuesday, August 11
Shadow

Author: Interview Nepal

सडकमा दाँत माझेर प्रतिनिधि सभा विघटनकाे विराेध

सडकमा दाँत माझेर प्रतिनिधि सभा विघटनकाे विराेध

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २८ विवेकशील पार्टीले मङ्गलबार माइतीघर मण्डलमा प्रतिनिधि सभा विघटनको विरोधमा दाँत माझेर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै विवेकशीलले दाँत माझेर प्रदर्शन गरेको हाे । यसैबीच विवेकशीलले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा थुक्दै भाषण गरेकोप्रति पनि असन्तुष्टि जनाएको छ । सार्वजनिक शिष्टताको समेत ख्याल नगरि प्रधानमन्त्री ओलीले व्यवहार देखाएको विवेकशील पार्टीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विवेकशीलले बुधबार (भोलि) २४ औँ दिन पनि बिहान साढे १० बजे माइतीघर मण्डलमा प्रदर्शन गर्ने जनाएको छ । ...
बसको ठक्करबाट ककनीमा मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट ककनीमा मोटरसाइकल चालकको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २८ नुवाकोटको ककनी गाउँपालिका–४ निहाले डाँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मोटसाइकल चालक ककनी गाउँपालिका–२ बस्ने ३४ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। तामाङ सवार ३ – ०२ – ००९ प २८५० नम्बरको मोटरसाइकललाई ना. २ ख ८९४७ नम्बरको बसले हिजो दिउँसो ठक्कर दिएको थियो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
चोरीको मोटरसाइकलसहित धादिङका २ जना पक्राउ

चोरीको मोटरसाइकलसहित धादिङका २ जना पक्राउ

अपराध, आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २८ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गएराति साढे १ बजे काठमाण्डौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित सडक खण्डबाट धादिङको गल्छी गाउँपालिका बस्ने २७ वर्षीय विजय तामाङ र १८ वर्षीय आईतराज तामाङलाई प्रदेश ३–०२–०११प ७२४१ नम्बरको कालो रातो रंगको १५० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाले जनाएको छ । उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिलाई पक्राउ गरिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए । कीर्तिपुर नगरपालिका–७ बस्ने पुण्य महर्जनले मोटरसाइकल काठमाडौंको चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा निवेदन दिएका थिए । महाशाख...
निर्वाचन सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

निर्वाचन सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, पुष २८ गृहमन्त्री रामबहादुर थापा 'बादल'ले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्। वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका बलका अधिकृतहरूलाई मंगलबार गृहमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन्। 'स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्', उनले भने, 'त्यसका लागि आवश्यक स्रोतसाधनको कमि भए मन्त्रालयलाई जानकारी गराउनुहोला कुनै कमि हुन दिइनेछैन।' शान्ति सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले मन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरुप कामकारबाही अघि बढाउन निर्देशन दिए।...
छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा आर आर क्याम्पसका प्राध्यापक पक्राउ

छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा आर आर क्याम्पसका प्राध्यापक पक्राउ

अपराध, मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष २८ रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ परेका छन् । क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंह राठोरले  बताए । प्राध्यापक आचार्यले छात्राहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाउँदै आएका थिए । ललितपुरको भैंसेपाटीमा बस्दै आएका आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसबाट नै पक्राउ गरिएको एसएसपी राठोरले बताए । एसएसपी राठोरका अनुसार आचार्यमाथि अवद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान अगाडि बढाइएको छ ।...
बलात्कार र यौन उत्पिडन न्यूनीकरण गर्न सेभ द गर्ल्सको भर्चुअल आत्म सुरक्षा तालिम

बलात्कार र यौन उत्पिडन न्यूनीकरण गर्न सेभ द गर्ल्सको भर्चुअल आत्म सुरक्षा तालिम

समाचार, समाज
काठमाण्डौँ, पुष २८ बलात्कार र यौन उत्पिडन न्यूनीकरण गर्ने उदेश्यका साथ सेभ द गर्ल्सले भर्चुअल आत्म सुरक्षा तालिम संचालन गरेको छ । पछिल्लो समय समाजमा उग्र रुपमा फैलिरहेको बलात्कार र यौन उत्पिडन न्यूनीकरण अति नै आवश्यक भएको महशुस गर्दै सेभ द गर्ल्सले उक्त अभियान सुरु गरेको छ । एक महिला अहिलेको अवस्थामा केहि कतै पनि सुरक्षित छैनन्। दैनिकजसो कयौँ बलात्कारको घटना बाहिर आईरहेको छ । अझै बाहिर नआएका त्यस्ता यौन उत्पिडनको घटना त हाम्रैँ समाजमा धेरै हुन सक्छन् । यस्तो घटना पश्चात सडकमा लड्ने अभियान्ता, संघ, संस्थाहरू हजारौं छन् तर पनि यसले केही उपाय निकाल्न नसकेको बेलामा घटना नै हुन नदिन एक सामाजिक अभियान्ताका टिमले सेभ द गर्ल्स नामक अभियान सुरु गरेका छन् । यस अभियानको सुरुवात स्वयम् व्यक्तिबाट हुने छ। सुरुवाती चरणमा सेभ द गर्ल्सले कोभिड(१९ को विषम परिस्थितिका कारण महिलालाई आफै यौन उत्पिडन विर...
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ गते हुने

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ गते हुने

खेलकुद
काठमाडौं, पुस २८ । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । म्याराथनको विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ । यस वर्षदेखि महिलाका लागि २१ किमी ९हाफ म्याराथन० पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः रु एक लाख, ७५ हजार, ५० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाली खेलकूदमा महिला खेल...
महाअभियोग प्रस्ताव दर्ता भयो डोनाल्ड ट्रम्पविरुद्ध

महाअभियोग प्रस्ताव दर्ता भयो डोनाल्ड ट्रम्पविरुद्ध

अन्तर्राष्ट्रिय
काठमाडौं , पुस २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको हो । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बताइएको छ । ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाउँदै महाअभियोग दर्ता गरिएको हो । महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीलाई दबाब दिएको विषय पनि उल्लेख छ । राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् ।...
संसद विघटको विरोधमा आज नागरिक अगुवाहरूले सभा गर्दै , कृष्ण पहाडी लगायतले संबोधन गर्ने

संसद विघटको विरोधमा आज नागरिक अगुवाहरूले सभा गर्दै , कृष्ण पहाडी लगायतले संबोधन गर्ने

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २८ संसद विघटनको विरोधमा नागरिक अगुवाहरूले मंगलबार (आज)नागरिक सभा गर्दैछन् । प्रधानमन्त्री ओलीको कदमलाई ‘प्रतिगमन’ ठहर गर्दै उनीहरुले त्यसको विरोधमा प्रज्ञा प्रतिष्ठानको डबलीबाट ‘नागरिक सभा’ मार्फत विरोध गर्ने भएका हुन् ।सभालाई नागरिक नागरिक अगुवा कृष्ण पहाडी, अगुवाहरूले सम्बोधन गर्ने भएका हुन् । सभामा पहाडीसहित नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सडक विस्तारविरोधी अभियन्ता विद्या श्रेष्ठ, मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठ लगायतलाई वक्ता राखिएको छ । आन्दोलनमा नागरिक अगुवाका साथै लेखक, सञ्चारकर्मी, अधिकारकर्मी, रंगकर्मी, कवि, प्राध्यापक, कलाकार लगायतको सहभागिता हुने र सबैलाई समेटेर अघि बढ्ने तयारी गरिएको आयोजकले बताएका छन् । संसद विघटन भएपछि त्यसको विरोधमा नागरिक आन्दोलनले मा...
बाजुरामा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

बाजुरामा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

दुर्घटना, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २८ । बाजुराको बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । उनका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका यागीको उपचारका क्रममा मृत्यु भएको बताए । ट्र्याक्टर दुर्घटना हुँदा सडकभन्दा एक सय मिटर तल खसेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिनुभयो । ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।...