Tuesday, April 13
Shadow

संसद विघटको विरोधमा आज नागरिक अगुवाहरूले सभा गर्दै , कृष्ण पहाडी लगायतले संबोधन गर्ने


  • -इ
  • इ+

काठमाडौं , पुस २८
संसद विघटनको विरोधमा नागरिक अगुवाहरूले मंगलबार (आज)नागरिक सभा गर्दैछन् ।

प्रधानमन्त्री ओलीको कदमलाई ‘प्रतिगमन’ ठहर गर्दै उनीहरुले त्यसको विरोधमा प्रज्ञा प्रतिष्ठानको डबलीबाट ‘नागरिक सभा’ मार्फत विरोध गर्ने भएका हुन् ।सभालाई नागरिक नागरिक अगुवा कृष्ण पहाडी, अगुवाहरूले सम्बोधन गर्ने भएका हुन् ।

सभामा पहाडीसहित नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सडक विस्तारविरोधी अभियन्ता विद्या श्रेष्ठ, मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठ लगायतलाई वक्ता राखिएको छ ।

आन्दोलनमा नागरिक अगुवाका साथै लेखक, सञ्चारकर्मी, अधिकारकर्मी, रंगकर्मी, कवि, प्राध्यापक, कलाकार लगायतको सहभागिता हुने र सबैलाई समेटेर अघि बढ्ने तयारी गरिएको आयोजकले बताएका छन् ।

संसद विघटन भएपछि त्यसको विरोधमा नागरिक आन्दोलनले माइतीघर मण्डलमा प्रधानमन्त्री ओलीको कदम विरुद्ध प्रदर्शन गर्दै आएको छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्