Thursday, April 25
Shadow

सडकमा दाँत माझेर प्रतिनिधि सभा विघटनकाे विराेध


  • -इ
  • इ+


काठमाण्डौँ, पुष २८
विवेकशील पार्टीले मङ्गलबार माइतीघर मण्डलमा प्रतिनिधि सभा विघटनको विरोधमा दाँत माझेर प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै विवेकशीलले दाँत माझेर प्रदर्शन गरेको हाे ।

यसैबीच विवेकशीलले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा थुक्दै भाषण गरेकोप्रति पनि असन्तुष्टि जनाएको छ । सार्वजनिक शिष्टताको समेत ख्याल नगरि प्रधानमन्त्री ओलीले व्यवहार देखाएको विवेकशील पार्टीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विवेकशीलले बुधबार (भोलि) २४ औँ दिन पनि बिहान साढे १० बजे माइतीघर मण्डलमा प्रदर्शन गर्ने जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares