काठमाण्डौँ, पुष २८
बलात्कार र यौन उत्पिडन न्यूनीकरण गर्ने उदेश्यका साथ सेभ द गर्ल्सले भर्चुअल आत्म सुरक्षा तालिम संचालन गरेको छ । पछिल्लो समय समाजमा उग्र रुपमा फैलिरहेको बलात्कार र यौन उत्पिडन न्यूनीकरण अति नै आवश्यक भएको महशुस गर्दै सेभ द गर्ल्सले उक्त अभियान सुरु गरेको छ ।
एक महिला अहिलेको अवस्थामा केहि कतै पनि सुरक्षित छैनन्। दैनिकजसो कयौँ बलात्कारको घटना बाहिर आईरहेको छ । अझै बाहिर नआएका त्यस्ता यौन उत्पिडनको घटना त हाम्रैँ समाजमा धेरै हुन सक्छन् । यस्तो घटना पश्चात सडकमा लड्ने अभियान्ता, संघ, संस्थाहरू हजारौं छन् तर पनि यसले केही उपाय निकाल्न नसकेको बेलामा घटना नै हुन नदिन एक सामाजिक अभियान्ताका टिमले सेभ द गर्ल्स नामक अभियान सुरु गरेका छन् । यस अभियानको सुरुवात स्वयम् व्यक्तिबाट हुने छ। सुरुवाती चरणमा सेभ द गर्ल्सले कोभिड(१९ को विषम परिस्थितिका कारण महिलालाई आफै यौन उत्पिडन विरुद्ध लड्न सक्षम बनाउने उद्देश्यले भर्चुअल आत्म सुरक्षा तालिम प्रदान गर्दै आइरहेको छ। यस अभियानले आफ्नो टिमको १० दिने तालिम सकेर फेरी पहिलो ब्याचको तालिम पनि सुरु गरेको छ।
भर्चुअल रुपमा तालिम संचालन गर्दा धेरै अप्ठ्यारो हुने र अभियान सिमित हुने भएकाले माघ महिनाबाट आधिकारिक रुपमा भेला राखेर सबै आधिकारिक कामको टुंगो लगाएर भौतिक उपस्थितिमा नै तालिम संचालन गर्ने अभियान संयोजक बंशिधर न्यौपानेले जानकारी दिए।
अहिले तालिम ५ डान ब्ल्याक बेल्ट च्याम्पियन रबि शाहीले गराउदै आएका छन् । तालिम अभियान सह-संयोजक लक्ष्मी सिग्देलको संयोजकत्वमा संचालन हुदै आइरहेको छ। यस अभियानमा जोडिन चहानुहुने तथा कुनै प्रकारको यौन उत्पिडनको सिकारमा पर्नु भएकोले ९८४०१४४१२७ (संयोजक), ९८०८०१७६०२ (सह-संयोजक) मा सम्पर्क गर्न सकिने अभियान संयोजक न्यौपानेले बताए ।