Friday, August 14
Shadow

Author: Interview Nepal

मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघ बीच सहकार्य

मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघ बीच सहकार्य

आर्थिक
काठमाडौं , पुस २८ । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्धारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरे । सम्झौता पश्चात् मेगा बैंकले महासंघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कार्यक्रममा बोल्दै बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा बैंकका सबै शाखा कार्यालयहरु मार्फत छिटो छरितो ढंगले प्रदान गर्ने ...
माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८ । सरकारले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयानुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ । सरकारले उक्त दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।...
प्रतिनिधिसभा विघटनले लोकतन्त्रलाई कमजोर बनाएको बुद्धिजीवीको ठहर

प्रतिनिधिसभा विघटनले लोकतन्त्रलाई कमजोर बनाएको बुद्धिजीवीको ठहर

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस , २८ । विभिन्न बुद्धिजीवी सङ्गठनले मुलुकलाई संविधानवादको लोकतान्त्रिक दिशामा फर्काउन सबैमा आग्रह गरेको छ । नेपाल बुद्धिजीवी सङ्गठन, प्रजातान्त्रिक विचार समाज र नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले आज संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गर्न र सहकार्य गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण बुद्धिजीवीमा अनुरोध गरेको छ । लोकतान्त्रिक राज्यमा हरेक समस्याको निकास लोकतान्त्रिक विधि, प्रक्रिया र संविधानप्रदत्त अधिकारको प्रयोगमार्फत गर्नु राज्यका प्रत्येक अङ्ग र पदाधिकारीको संवैधानिक र राजनीतिक जिम्मेवारी रहेको स्मरण गराउँदै उनीहरुले दलभित्रको आन्तरिक समस्यालाई कारण बनाएर जनप्रतिनिधि संस्थालाई खण्डित गर्न नहुनेमा जोड दिएका छन् । नेपालको संविधानको धारा ७६ ले निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाले उपधारा (१) देखि ६० सम्मका विकल्प प्रयोग गरिसक्दा प...
नेकपा फुटेको छैन :  उपप्रधानमन्त्री पोखरेल

नेकपा फुटेको छैन : उपप्रधानमन्त्री पोखरेल

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा नफुटेको बताएका छन् । नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका उपप्रधानमन्त्री पोख्रेलले प्रेस सङ्गठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफूहरुले वर्तमान राजनीतिक घटनाक्रम जनतालाई बुझाउन अभियान थालेको बताए । उनले तत्कालीन एमाले र माओवादीबीच एकताको शुरुआतको अवस्थाबाटै केही समस्या देखिएको र अहिले सो समस्या सतहीरुपमा मैदानमा देखा परेको हो भने । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको बताउँदै पार्टी कानूनी रुपमा नफुटेको र निर्वाचन भएरै छाड्ने बताए ।...
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

ब्यानर समाचार, शिक्षा, समाचार
काठमाडौँ , पुस २८ । सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरेको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । यस अघि सर्वोच्च अदालतले यही कातिक २० गते नयाँ पाठ्यक्रमअनुसार पढाउने वा पुरानैलाई निरन्तरता दिने विषयमा सरकारसहितलाई छलफलमा बोलाउन अल्पकालीन आदेश दिएको थियो । सर्वोच्चले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज गरेको हो ।प्रारूपअनुसार पाठ्यक्रम बनेर कार्यान्वयनमा गएको आठ महिनापछि अदालतमा रिट परेको थियो। भगवता अर्यालले अधिकार क्षेत्रको विषयमा प्रश्न उठाउँदै अदालतमा रिट दायर गरेकी थिइन्। उक्त रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ‘विद्यालय शिक्षाको राष्ट्...
इन्डोनेशिया विमान दुर्घटना:  विमानको ब्ल्याक बक्स भेटियो

इन्डोनेशिया विमान दुर्घटना: विमानको ब्ल्याक बक्स भेटियो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
काठमाडौँ , पुस २८ । इन्डोनेशियाको श्रीविजय विमान दुर्घटनाग्रस्त क्षेत्रबाट विमानको ब्ल्याक बक्स फेला परेको छ ।तीन दिन अगाडी ६२ जना यात्रु बोकेको श्रीविजय विमान जावा समुन्द्रमा दुर्घटना भएको थियो । समुन्द्रमा भेटिएको ब्ल्याकबक्स भोइस रेकर्डरको बक्स हो वा फ्लाइटको जानकारी भएको ब्ल्याक बक्स हो भन्ने खुलासा भएको छैन । मंगलबार बेलुका इन्डोनेशियाको नेभीले उक्त ब्ल्याक बक्स पत्ता लगाएको हो ।इन्डोनेशियन नेभी डाइभर्सले, बोइङ्ग जेटको फयुजलेजबाट लोकेसन सिग्नल प्राप्त भएपछि आइतबार एस जे १८२ को टुक्राहरु भेटाएका थिए । एउटा उद्दार समूहले मानिसहरुको बाँकी रहेको अवशेषहरु सङ्कलन गरेको छ । श्रीविजय एयर फ्लाइट १८२, टेकअफको केहि समयमा नै श्रीलंकाको राजधानी जकार्ताको उत्तरपश्चिमको पानीमा दुर्घटनाग्रस्त भएको थियो ।...
मल खरीदमा नेपाली कम्पनी अयोग्य :  दुवै कम्पनीलाई कारवाही

मल खरीदमा नेपाली कम्पनी अयोग्य : दुवै कम्पनीलाई कारवाही

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , पुस २८ । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारवाही गरेको छ । रासायनिक मल खरीदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई कारवाही गरिएको हो । कृषि सामग्री कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको कम्पनीका प्रबन्ध सञ्चालक नेन्द्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार सम्झौता अवधि सकिँदासम्म मल खरीदको कुनै आधार तथा प्रमाणमा विश्वासयोग्य नभएपछि कारवाही गरिएको हो । २५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल गरी ४५ हजार मेट्रिक टन रासायनिक मल खरीदको जिम्मा पाएको मुक्तिनाथ कम्पनीको गत मङ्सिरमा सम्झौता अवधि सकिएको थियो । सम्झौता अवधि सकिएपछि कृषि कम्पनीले मुक्तिनाथलाई ५४ दिनको अवधि थप गरेको थि...
चुनावको घोषणा असंवैधानिक हुन सक्दैन :  मन्त्री गुरुङ

चुनावको घोषणा असंवैधानिक हुन सक्दैन : मन्त्री गुरुङ

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , पुस २८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चुनाव घोषणा गरेर ताजा जनादेशमा जाऔँ भन्नु असंवैधानिक कदम हुनै नसक्ने बताएका छन् । काठमाडौँमा आज क्रियाशील दलित पत्रकार सङ्घ नेपालको प्रथम वार्षिक साधारणसभामा मन्त्री गुरुङले ताजा जनादेशमा जाने कुराले स्वतन्त्रता हनन भयो वा ‘कु’ भयो भन्नु सरासर गलत हो भने । उनले अहिलेको परिस्थितिमा नयाँ निर्वाचनमा जानुको कुनै विकल्प नभएको समेत बताए । “मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभन्दा नयाँ जनादेशमा जाऔँ भन्नु कहाँको असंवैधानिक हो रु”, सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री गुरुङले प्रश्न गरे । मन्त्री गुरुङले तत्कालीन माओवादीले जनयुद्धको समयमा प्रयोग गरेको ढाडमा टेकेर टाउकामा हान्ने रणनीति अहिले प्रचण्ड–नेपाल समूहले नक्कल गरेको उल्लेख गर्दै सो रणनीति सफल हुनै नसक्ने दाबी गरे । “ढाडमा टेकेर टाउकामा हान्ने रणनीति हिजो असफल थियो, अहिले...
युवा गायक तथा सर्जक सन्तोष गिरीको“चुरोट सल्काउने सलाई” बजारमा (भिडियोसहित)

युवा गायक तथा सर्जक सन्तोष गिरीको“चुरोट सल्काउने सलाई” बजारमा (भिडियोसहित)

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर, पुस २८ ।युवा गायक तथा सर्जक सन्तोष गिरी र गायिका गितादेबि को पछिल्लो प्रस्तुति “चुरोट सल्काउने सलाई” बोलको गीत टिकटक, फेसबुक, युटुब लगायत समग्र डिजिटल बजारमा चर्चा बटुल्न सफल भएको पाईएको छ । गायक, सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपालको उत्कृष्ट शब्द र कृष्ण दाहालको उत्कृष्ट लय सृजनामा गित तयार भएको हो । “चुरोट सल्काउने सलाई” गितलाई बिष्णु खत्रीको “लाहुरे बा को आगनीमा” नयाँ देउसी भैलो गीत सार्बजनिक बिष्णु तामाङ्ले एरेन्ज गरेका छन् । यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ् र अनु पराजुलीको आकर्षक अभिनय अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठको निर्देशन, मुकेश हुमागाईंको छायांकन र रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो । गीतको अडियो तथा भिडियोलाई मिलन फिलिम्स प्रालिले सार्वजनिक गरेको हो । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । htt...
बेत्रावतीको गोरु जुधाईमा सामर्थ्य नेपाल,नुवाकोटको कार्यक्रमलाई श्रीराज कलेक्सनले गर्यो एक हजार माक्स हस्तान्तरण

बेत्रावतीको गोरु जुधाईमा सामर्थ्य नेपाल,नुवाकोटको कार्यक्रमलाई श्रीराज कलेक्सनले गर्यो एक हजार माक्स हस्तान्तरण

ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, पुष २८ नुवाकोट र रसुवाको संगम स्थल बेत्रावतीमा हुने गोरु जुधाईमा यस वर्ष पनि सामर्थ्य नेपाल, नुवाकोटले शुद्ध पिउँने पानी तथा माक्स वितरण गर्ने भएको छ । सो कार्यक्रमको लागि काठमाण्डौँ नरदेवीमा रहेको श्रीराज कलेक्लशन सटिङ्ग, सुटिङ्ग एण्ड टेलरिङ्ग सेन्टरले एक हजार थान माक्स हस्तान्तरण गरेको छ । मंगलवार श्रीराज कलेक्लशनका सिईयो राज कार्कीले सामर्थ्य नेपाल, नुवाकोटका अभियान्ता राजेन्द्र गजुरेललाई हस्तान्तरण गरेका हुन् । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सचिव समेत रहेका सिईयो कार्की सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् । कोरोना संक्रमणमा पनि परम्परालाई निरन्तरता दिने उदेश्यका साथ आयोजना गरिएको उक्त मेलामा आउने दर्शकहरुलाई लक्षित गर्दै माक्स हस्तान्तरण गरेको सिईयो कार्कीले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा देखाएको दया भावनाको म...