Wednesday, August 12
Shadow

Author: Interview Nepal

भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, पुस २९ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ ।संक्रमित मूलुकको सूचीमा भारत अमेरिकापछि दोस्रो नम्बरमा छ । बुधबार बिहानको तथ्यांक अनुसार एकैदिन १४ हजार ८९८ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको हो । अहिलेसम्म भारतमा १ लाख ५१ हजार ५४२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १७८ संक्रमितको मृत्यु भएको छ । अहिले २ लाख १६ हजार ३५६ मा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ८ हजार ९४४ को अवस्था गम्भीर छ । अहिलेसम्म भारतमा १ करोड १ लाख २६ हजार ९१३ ले कोरोनालाई जितेका छन् ।  ...
प्रतिनिधिसभा विघटन मुद्दाः आजदेखि सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटन मुद्दाः आजदेखि सुनुवाइ हुँदै

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ, पुस २९ । प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदैछ। प्रतिनिधिसभा विघटन विरूद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए। सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ। विवाद कहाँ सुनुवाइ हुने भन्ने आज मात्र तय हुनेछ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको थियो। न्यायाधीश कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा महान्यायाधिवक्ता भएको हुँदा अहिलेको विवादमा न्याय निरुपण गर्ने विषयबारे इजलासमा प्रश्न उठेपछि उनले इजलासमा नबस्ने घोषणा गरे। ...
परराष्ट्रमन्त्री ज्ञवाली भोलि भारत जाने :  यस्तो छ मुख्य कार्यसूची

परराष्ट्रमन्त्री ज्ञवाली भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २९ । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीबार नै भारत प्रस्थान गर्ने भएका छन्। दुई देशका विदेशमन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्ने संयुक्त आयोगको यो बैठक छैटौँ हो । पाँचौँ बैठक काठमाडौँमा सन् २०१९ मा बसेको थियो । नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउने तथा आपसी हितका विषय बैठकको कार्यसूची तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुई देशबीचको व्यापार, पारवहन विस्तार, ऊर्जा तथा जलाधार क्षेत्रमा भएका विकासका प्रगति तथा आगामी परियोजना, सीमा विवाद, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार मुख्य कार्यसूची रहने छन् । त्यसैगरी लगानीमैत्री सहकार्य, कृषिमा दुईपक्षीय सहयोग...
निर्वाचन नै प्रभावित हुने खतरा :  आयोगमा नेकपा कि फुटेर आउनुपर्यो कि मिलेर!

निर्वाचन नै प्रभावित हुने खतरा : आयोगमा नेकपा कि फुटेर आउनुपर्यो कि मिलेर!

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २९ । मध्यावधि निर्वाचनको घोषणाले वैधता पाउने–नपाउने कुराको छिनोफानो न्यायालयले गर्दै रहे पनि प्रस्तावित चुनावको अर्को प्रमुख चुनौती नेताभित्रके विवाद बन्न पुगेको छ । नेकपा बाहिर फुटिसकेको छ तर कानुनी रुपमा एक छ । आयोगमा एउटै नेकपा छ तर आयोगलाई एउटै पार्टीको लेटरहेडबाट अलग–अलग पत्राचार भइरहेका छन् । ‘उहाँहरु फुटिसक्नुभएको छ तर दुवै समूहले त्यसलाई स्वीकार गरिरहनुभएको छैन, समस्या त्यहाँनिरै छ,’ आयोग स्रोतले भन्यो, ‘त्यसको असर दुई सातापछि आयोगमा देखिनेछ र समग्र निर्वाचन कार्यक्रमलाई प्रभावित बनाउने सम्भावना रहन्छ ।आजकोकान्तिपुर दैनिकमा समाचार छ । आयोगले वैशाखको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर त्यसमा भाग लिन इच्छुक दलका लागि माघ १५ गतेबाट दल दर्ताको समय दिँदैछ । संविधानले नै हरेक निर्वाचनपूर्व दल दर्ता गरिनुपर्ने व्यवस्था गरेको छ । नेकपा विवादले एएटा किनारा नलिएको अव...
कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २९ । कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन्। यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ। संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ। र, प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन्। सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन्। त्यसैले, राजनीतिक वृत्तमा यो निर्णयले ठूलो झट्का दिएको छ। ‘यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ। पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो,’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ। राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको पन...
इलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा औषधी नष्ट

इलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा औषधी नष्ट

समाचार, समाज
  कृष्णनगर, पुस २८ कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहतमा रहेको प्रहरी चौकी बगईबाट गोप्य सुचनाको आधारमा कृष्णनगर नगरपालिका वडा नं. ५ बगही स्थित खटिएको डियुटी टोलीले चेक जाँच गर्ने क्रममा भारत बाट नेपाल तर्फ अबैध रुपमा लैजादै गरेको औषधी जस्तो देखिने बस्तु बेबारिसे अबस्थामा फेला पारी रित पुर्वक बरामद गरी इलाका प्रहरी कार्यालय कृष्णनगरमा बुझाएको थियो । औषधी जस्तो देखिने बस्तु स्थानिय भद्र भलाद्मी बुद्दीजिवी समेतको रोहवरमा आज इलाका प्रहरी कार्यालय कृष्णनगरको कम्पाउण्डमा खाडल खनी नष्ट गरिएको छ। जस्मा Liflta Supre ६ पिस , Liv- Card ४ पिस , Svgrin Drops १ प्याकेट, PIlodeX Ointment १ प्याकेट ,Rheumatic Forte Teblets १ प्याकेट , ६- क्युमाटोन दर्दनासक तेल १ प्याकेट , टिना कार्ड १ प्याकेट , Clearstone Drops १ प्याकेट , Homoepathic Dilvton १ कार्टुन , १०- Homoepathic T...
गोरु जुधाई प्रतियोगिता बारे एनिमल नेपालको गम्भिर ध्यानाकर्षण

गोरु जुधाई प्रतियोगिता बारे एनिमल नेपालको गम्भिर ध्यानाकर्षण

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, पुष २८ प्रत्येक वर्ष माघ १ गतेका दिन नुवाकोटको विभिन्न स्थानमा हुदैँ आईरहेको गोरु जुधाई प्रतियोगिता पशुकल्याण विपरित भएको भन्दै एनिमल नेपालको गम्भिर ध्यानाकर्षण प्रकट गरेको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै एनिमल नेपालले नुवाकोटको ४ स्थानमा हुने गोरु जुधाई प्रतियोगिता नगर्न अनुरोध गरेको छ । जिल्लाको तारकेश्वर गाउँपालिका,शिवपुरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र बेत्रावती युवा क्लबलाई विज्ञप्ति मार्फत आजको २१ औँ शताब्दिमा पनि पशुहरुलाई भिड्न लगाई रमाईलो हुन्छ भन्ने मानसिकता तुच्छ र अशोभनिय देखिने साथै गोरुको प्रदर्शन गरी पुरस्कार दिने नै हो भने विना जुधाई सरल तरिका अनुसार गर्न मिल्ने विधिको अवलम्बन गरी पशु कल्याणको मान्यतालाई आत्मसात सहित सम्मान प्रकट गर्न अनुरोध गरेको छ । ...
यी तीन कुराले बिग्रिन्छ पतिपत्नीको सम्बन्ध

यी तीन कुराले बिग्रिन्छ पतिपत्नीको सम्बन्ध

जिवनसैली, टिप्स
  भनिन्छ श्रीमान श्रीमतीको सम्बन्ध जुनीजुनीका लागि हो। दुवै एकअर्काप्रति पूर्ण रूपमा समर्पित हुनुपर्छ। विवाह जस्तो पवित्र बन्धनमा बाँधिएपछि जीवनभर साथ रहने मात्रै नभई हाँसीखुसी समेत रहने प्रतिज्ञा गरिन्छ। सुखदुःखमा साथ रहने, एकअर्कालाई बुझ्ने र सबै कुरा खुलेर व्यक्त गर्ने। तर केही सीमा यस्ता हुन्छन् जसलाई पार गर्दा घरकलह पैदा हुने र श्रीमानश्रीमतीबीच मनमुटाव हुने गर्दछ। दुवैको बुझाइ जति नै तगडा किन नहोस् कुनै कुनै कुरा यस्ता हुन्छन्, जसले घरबार त बिगार्छ नै कानुनी उपचारसमेत खोज्नुपर्ने स्थिति आउन सक्छ। स–साना कुराले पनि पतिपत्नीबीच मनमुटाव हुनसक्छ। मन दुख्न सक्छ। यी कुराले बिग्रिन्छ पतिपत्नीको सम्बन्ध भाषा भाषा यस्तो चिज हो यसको सही प्रयोग गरिएन भने मनमुटाव हुनुका साथै सम्बन्धसमेत बिग्रिन्छ। भनिन्छ जिब्रोको गरिमा मीठो बोलीमा। बोलीले मान्छेलाई आकर्षित...
जब डीएसपी छोरीलाई इन्सपेक्टर बुवाले गरे सलाम………..

जब डीएसपी छोरीलाई इन्सपेक्टर बुवाले गरे सलाम………..

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं । भारतको आन्ध्र प्रदेशमा तिरुपतिका प्रहरी निरीक्षक श्याम सुन्दरले गुन्टूर जिल्लाकी डीएसपी जेसी प्रशान्तिलाई सलाम गरेका छन् । कनिष्ठ अधिकारीले वरिष्ठ अधिकारीलाई सलाम गरेको सामान्य घटना हैन यो । श्याम सुन्दर पिता हुन् भने प्रशान्ति छोरी हुन् । आफ्नी छोरीले मेहनत गरेर उच्च पद पाएकोमा पिताले सलाम गरेका हुन् । श्याम सुन्दरले वरिष्ठ अधिकारीहरूको स्वागत गर्दै गर्दा छोरीसँग पनि परिचयको अवसर आयो । छोरी डीएसपी भएको देख्दा पिताको छाती गर्वले फुल्यो । उनले नारीशक्तिलाई सम्मान गर्र्दै सलाम गरे ।...
मन्त्रिपरिषद् हेरफेर विरुद्धको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा, अब माघ ११ मा सुनुवाइ हुने

मन्त्रिपरिषद् हेरफेर विरुद्धको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा, अब माघ ११ मा सुनुवाइ हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , पुस २८ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद्मा थप नियुक्ति, हेरफेर वा कार्यविभाजन रोक्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदन ‘हेर्दाहेर्दै’ मा आगामी माघ ११ गते सुनुवाइ हुने भएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा आज सुनुवाइ हुँदाहुँदै समय अभावका कारण अर्को सुनुवाइका लागि आगामी माघ ११ गतेका लागि तोकिएको हो । यसअघि यही पुस २० गते न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै आज छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको थियो । राष्ट्रपति कार्यालय शीतलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्रबहादुर ओली, केशरजङ्ग केसी, दिनेश लामिछानेले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् विस्तार नगर्न माग गर्दै रिट निवेदन दा...