Thursday, March 28
Shadow

बेत्रावतीको गोरु जुधाईमा सामर्थ्य नेपाल,नुवाकोटको कार्यक्रमलाई श्रीराज कलेक्सनले गर्यो एक हजार माक्स हस्तान्तरण


  • -इ
  • इ+

काठमाण्डौँ, पुष २८
नुवाकोट र रसुवाको संगम स्थल बेत्रावतीमा हुने गोरु जुधाईमा यस वर्ष पनि सामर्थ्य नेपाल, नुवाकोटले शुद्ध पिउँने पानी तथा माक्स वितरण गर्ने भएको छ । सो कार्यक्रमको लागि काठमाण्डौँ नरदेवीमा रहेको श्रीराज कलेक्लशन सटिङ्ग, सुटिङ्ग एण्ड टेलरिङ्ग सेन्टरले एक हजार थान माक्स हस्तान्तरण गरेको छ ।

मंगलवार श्रीराज कलेक्लशनका सिईयो राज कार्कीले सामर्थ्य नेपाल, नुवाकोटका अभियान्ता राजेन्द्र गजुरेललाई हस्तान्तरण गरेका हुन् । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सचिव समेत रहेका सिईयो कार्की सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् । कोरोना संक्रमणमा पनि परम्परालाई निरन्तरता दिने उदेश्यका साथ आयोजना गरिएको उक्त मेलामा आउने दर्शकहरुलाई लक्षित गर्दै माक्स हस्तान्तरण गरेको सिईयो कार्कीले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा देखाएको दया भावनाको मुल्याङ्कन गर्दै सिईयो कार्कीलाई वल्र्ड रेकर्ड बियानेल फाउन्डेशनले दयाको प्रमाणपत्रले समेत सम्मानित गरिसकेको छ ।

बुढापाकाहरुका अनुसार नुवाकोट, धादिङ र रसुवामा नेपाल एकीकरण पूर्व नै गोरु जुधाउने प्रतियोगिता हुदै आएको थियो । यद्यपी यसको ठोस इतिहास यतिनै बेला नभएपनि विसं १९८७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्मशेरले तारुकालाई विर्ता दिएको सन्दर्भसंग नजिक छ । तत्कालीन बझाङी राजा विक्रम बहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामा घर गएको बेला भान्जालाई मनोरन्जन गराउन यस्तो प्रतियोगितको शुरुवात गरिएको बताइन्छ । बाजागाजासहित जयपृथ्वीबहादुर सिंहलाई मनोरन्जन दिन स्वागत सत्कारस्वरुप माघे संक्रान्तिको दिन यस्तो कार्यक्रमको आयोजना भएको बुढापाकाहरु बताँउछन् ।

गोरु जुधाउने प्रतियोगिता तत्कालीन समयमा मनोरन्जन दिनकै लागि शुरुवाति गरेको पाइन्छ । कृषिका सबै काम सकिएपछि विशेष चाड पर्वको अवसर पारेर रमाइलो गर्न थालिएको इतिहास छ । तत्कालीन समयमा आज जस्तो मनोरन्जनका साधनको उपलब्धता नभएको अवसरमा यस्ता खेलहरुबाटै मरोरञ्जन लिने गरिन्थ्यो । कृषि कर्म सकेपछि किसानहरुले बलियो गोरु जुधाएर मनोरन्जनसंगै आफ्नो सोख देखाउन समेत यस्ता प्रतियोगिता भएको पाइन्छ ।

तारुकाबाट सुरु भएको गोरु जुधाउने कार्य हाल नुवाकोट र रसुवाको संगम स्थल बेत्रावी, पञ्चकन्या गाउँपालिका ३ घले गाउँमा र शिवपुरी गाउँपालिकाको शेरावगरमा गोरु जुधाई हुने छ । यस वर्ष तारुकामा १७ हल गोरु, बेत्रावतीमा ४ हल, पञ्चकन्यामा ६ हल र शिवपुरीमा ४ हल गोरु जुधाईने भएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares