Tuesday, August 11
Shadow

Author: Interview Nepal

उखु किसानद्वारा  फेरि आन्दोलनको घोषणा ,  सम्झौताअनुसार भुक्तानी नपाएको गुनासो

उखु किसानद्वारा फेरि आन्दोलनको घोषणा , सम्झौताअनुसार भुक्तानी नपाएको गुनासो

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ ७ ।उखु किसानहरु फेरि आन्दोलनमा होमीएका छन् । गत पुस १३ गते सरकार र पीडित उखु किसानबीच भएको भुक्तानीको सम्झौताअनुसार २१ दिन बितिसक्दा समेत आफुहरुले पाउनु पर्ने पूर्ण भुक्तानी नपाएको भन्दै किसानहरुले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । बिहिबार एक प्रेस वक्तव्य जारी गर्दै पीडित उखु किसान संघर्ष समितिले सम्झौताअनुसार आफुहरुले पाउनुपर्ने पूर्ण भुक्तानी नपाएको, सरकारले भने जति भुक्तानी नभएको र कुन किसानले कति भुक्तानी पाए भन्ने एकिन तथ्याङ्क समेत सार्वजनिक नभएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । संघर्षको कार्यक्रम अन्तरगत आगामी माघ १० गते देखि फागुन ७ गतेसम्म किसान जागर अभियान चलाउने, फागुन ८ गतेदेखि १४ गतेसम्म कालो पट्टी बाधेर खेतमा काम गर्ने, फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म एक छाक उपवास ९भोकभोकै० खेतमा काम गर्ने, र त्यसापछि तेस्रो चरणको आन्दोलनको...
नेपाल र इजरायलबीच एमओयूमा हस्ताक्षर, अब नेपाली कामदार पठाउन सकिने

नेपाल र इजरायलबीच एमओयूमा हस्ताक्षर, अब नेपाली कामदार पठाउन सकिने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ ८ । वैदेशिक रोजगारीको लागि नेपाली कामदारलाई इजरायल पठाउन सकिने भएको छ । बिहीबार नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने प्रोटोकल (एमओयू) मा हस्ताक्षर भएसँगै नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउन सकिने भएको हो । नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र इजरायलको तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोडरले एमओयूमा हस्ताक्षर गर्नुभएको हो । नेपाली कामदारहरु केयर गिभर, नर्सिङ होम, अस्पताल, दिवा सेवा केन्द्र लगायतका लागि जान पाउनेगरी सम्झौता गरिएको छ । एमओयू हस्ताक्षर कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले नेपाल कृषिप्रधान देश भएकाले कृषिको जनशक्ति इजरायल पठाउन सके श्रमको साथसाथै सिप पनि सिकेर आउने र उक्त सिप नेपालमा प्रयोग हुने भन्दै आगामी दिनमा कृषिको लागि नेपाली कामदार पठाउन पाइने विश्वास व्यक्त...
लोकतन्त्र बचाउन राजनीतिक लडाई लड्दै छौं: प्रधानमन्त्री ओली

लोकतन्त्र बचाउन राजनीतिक लडाई लड्दै छौं: प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जिम्मेवारीका साथ लोकतन्त्र बचाउन राजनीतिक लडाई लडिरहेको बताएका छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई सहि बाटोबाट कुबाटोमा लैजान नदिने राजनीतिक लडाई लडिरहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफुहरु आवेग र उत्तेजित नभएको बताउदै पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउनेवाला नभएको र आफुहरु रातो झण्डा फहराउनेवालाहरु भएको बताए । आफ्नो गन्तव्यको बारेमा आफुहरु स्पष्ट रहेको बताउदै देशलाई विकासको बाटोमा लैजाने स्पष्ट बाटो अपनाएको उनले बताए । प्रधानमन्त्री ओलीले अहिले प्रचण्ड(नेपाल पक्षसँग आफु बाझ्ने पक्षमा नरहेको भन्दै अहिले विश्व तिब्र गतिमा बढेको र त्यो गतिलाई भेटाएर देश विकासमा ध्यानकेन्द्रित गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भारतीय जीन्युजलाई दिएको अन्तर्वार...
सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा अबैध भारतीय रकम सहित एक ब्यक्ति पक्राउ

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा अबैध भारतीय रकम सहित एक ब्यक्ति पक्राउ

अपराध, आर्थिक, समाचार, स्थानिय तह
कृष्णनगर,कपिलवस्तु, माघ ८ शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णनगर ले भारत बाट अबैध रुपमा भित्राईएको पांच लाख चौतिस हजार पांच सय पचहत्तर(५३४५७५) भारतीय रुपैया बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट चेक प्वाइंट मा शसस्त्र प्रहरी नायब निरीक्षक ठाकुर बहादूर केसी को कमान्डमा खटिएको टोली ले उक्त रुपैया बरामद गरेको हो । भारत तर्फ बाट नेपाल आउदै गरेको पैदल यात्रि जिल्ला बाग्लुंङ निसीखोला गाउपालिका वडा नं. ५ बर्ष ३१ का भागिलाल विक को झोला चेकचाज गर्दा उक्त रकम बरामद भएको छ। भारतीय रुपयाको साथ साथै एक डालर अमेरीकी र दुई सय वैसा ओमानको पनि भेटिएको छ। चेकचाज गर्ने क्रममा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णानगरको टोलीले बिहिवार बिहान लगभग १० – ११ बजेका बिच उक्त भारतीय रुपैया बरामद गरेको हो ।सो बरामद गरिएको पैसा र मान्छेलाई आवश्यक कारवाहीका...
भ्याक्सिन पाएपछि ओलीले दिए मोदीलाई धन्यवाद

भ्याक्सिन पाएपछि ओलीले दिए मोदीलाई धन्यवाद

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, माघ ८ प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । नेपाललाई अनुदानको १० लाख डोज कोभिड–१९ भ्याक्सिन दिएको भन्दै ओलीले ट्वीटमार्फत मोदी र भारत सरकारलाई धन्यवाद दिएका हुन् । आज मात्रै भारतले नेपाललाई दिएको भ्याक्सिन नेपाल आइपुगेको छ । भारतले नेपालसहित छिमेकी अन्य देशहरुलाई पनि भ्याक्सिन उपलब्ध गराएको छ । कोरोना खोप प्रधानमन्त्री ओलीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गरेका हुन् ।...
वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ८ । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले छ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रमुख प्रसाईंले विधेयक प्रमाणीकरण गरेको बुधबार बसेको वाग्मती प्रदेशको सातौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामुख सानुमार श्रेष्ठले जानकारी दिए । सभामुख श्रेष्ठका अनुसार प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा २०१ को उपचार २ प्रयोग गर्दै उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुखले प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तरप्रदेश बासिन्दाको सम्मान, सुरक्षा, व्यवहार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणाीकरण गरेक...
सर्लाहीमा यात्रुबस दुर्घटना , २ जनाको मृत्यु , १९ जना घाइते

सर्लाहीमा यात्रुबस दुर्घटना , २ जनाको मृत्यु , १९ जना घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ८ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । दाङबाट काँकडभिट्टातर्फ हिँडेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफैँ अनियन्त्रित भई रोडदेखि १० मिटर तल पल्टिँदा बसमा सवार ३० जनामध्ये दुईको मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । चालकसहित पाँच जनाको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई न्युरो अस्पताल वीरगञ्ज उपचारका लागि पठाइएको छ । अरु तीन जनाको नमूना अस्पताल हरिवनमा उपचार भइर...
जो बाइडेनले लिए अमेरिकी राष्ट्रपतिको शपथ, राष्ट्रपति र प्रधानमन्त्रीले दिए बधाई

जो बाइडेनले लिए अमेरिकी राष्ट्रपतिको शपथ, राष्ट्रपति र प्रधानमन्त्रीले दिए बधाई

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ८ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिएका छन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा संसद् भवन (क्यापिटोल हिल) मा पदको सपथ लिएका हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए । बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै बाइडेनले आजको दिन लोकतन्त्र दिन भएको बताए । बाइडेनले एकताका पक्षमा सधैं उभिने बताएका छन् । यसैबीच राष्ट्रपति र प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् । बधाई सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि राष्ट्रपतिले गरेकी छन्...
आजको मौसमः उच्च हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सुको सम्भावना

आजको मौसमः उच्च हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सुको सम्भावना

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , माघ ८ । आज उच्च हिमाली भूभागका एकरदुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । यस्तै आज धेरैजसो भूभागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यकाअनुसार अहिले तराईका धेरैजसो भूभागमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । तराई क्षेत्रमा तापक्रम घट्ने भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज दिउँसो पनि प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेर अरु भूभागमा मौसम सफा रहने उनको भनाइ छ । यस्तै प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लु...
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै, को-को भिड्ने भए ?

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै, को-को भिड्ने भए ?

खेलकुद, मुख्य समाचार
काठमाडौँ, माघ ८ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन्। आज एपीएफ क्लब र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनी र नेपाल पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा हुनेछ भने एपीएफ क्लब र गण्डकी प्रदेशको खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । दुबै खेल बिहान ९ बजे सुरू हुनेछ । लुम्बिनी र पुलिस दुवै टोली आज दोस्रो जितको खोजीमा छन् । लुम्बिनीले पहिलो खेलमा जित दर्ता गरेको छ भने दुई खेल खेलेको पुलिस क्लबले एकमा जित र एकमा हार ब्यहोरेको छ ।...