Thursday, April 25
Shadow

उखु किसानद्वारा फेरि आन्दोलनको घोषणा , सम्झौताअनुसार भुक्तानी नपाएको गुनासो


  • -इ
  • इ+

काठमाडौं , माघ ७ ।उखु किसानहरु फेरि आन्दोलनमा होमीएका छन् । गत पुस १३ गते सरकार र पीडित उखु किसानबीच भएको भुक्तानीको सम्झौताअनुसार २१ दिन बितिसक्दा समेत आफुहरुले पाउनु पर्ने पूर्ण भुक्तानी नपाएको भन्दै किसानहरुले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

बिहिबार एक प्रेस वक्तव्य जारी गर्दै पीडित उखु किसान संघर्ष समितिले सम्झौताअनुसार आफुहरुले पाउनुपर्ने पूर्ण भुक्तानी नपाएको, सरकारले भने जति भुक्तानी नभएको र कुन किसानले कति भुक्तानी पाए भन्ने एकिन तथ्याङ्क समेत सार्वजनिक नभएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

संघर्षको कार्यक्रम अन्तरगत आगामी माघ १० गते देखि फागुन ७ गतेसम्म किसान जागर अभियान चलाउने, फागुन ८ गतेदेखि १४ गतेसम्म कालो पट्टी बाधेर खेतमा काम गर्ने, फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म एक छाक उपवास ९भोकभोकै० खेतमा काम गर्ने, र त्यसापछि तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने पीडित उखु किसानहरुले घोषणा गरेका छन् ।

मन्त्रालयले चिनी उद्योगबाट कुल ६५ करोड भुक्तानी गर्न बाँकी रहेकोमा गत पुस १३ गते देखि २१ गते भित्र कुल ५७ करोड भुक्तानी भएर अब ८ करोड मात्र बाँकी रहेको बताएकोमा किसानहरुले आपत्ति जनाएका छन् । अहिले सम्म के कति किसानहरुलाई भुक्तानी भयो सो तथ्याङ्क उद्योग मन्त्रालय र सम्बन्धित पक्ष कसैले पनि उपलब्ध नगराएको र भुक्तानीको सहि तथ्याङ्क समेत लुकाएर मौखिक जवाफमा किसानहरुलाई भ्रममा पार्न खोजेको पीडित किसानहरुले आरोप लगाएका छन् ।

किसानहरुले भुक्तानी सत्य तथ्य विवरण अबिलम्ब सार्वजकि गर्न र बाँकी भुक्तानी छिटोभन्दा छिटो गराउन समेत सरकारसँग माग गरेका छन् । साथसाथै भुक्तानी नहुँदा सम्म विरोधका कार्यक्रमसमेत सँगै लगिने किसानहरुले उद्घोष गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares