Thursday, April 18
Shadow

.कलाकार मिश्रा ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत


  • -इ
  • इ+

काठमाण्डौं, माघ ९ । चर्चित भोजपुरी गायक एवं नेपाली चलचित्रका नायक श्याम कुमार मिश्रालाई ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत गरिएको छ ।शुक्रबार वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रम उनलाई पुरस्कृत गरिएको हो । ।

उनले भोजपुरी गीतबाट सर्वोत्कृष्ट अवार्ड पाएका हुन् ।कपिलवस्तुको कृष्णनगर निवासी श्याम भोजपुरी तथा नेपाली गीत, सङ्गीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ब्यक्तित्व हुन् ।

नेपाल मुक्ति मञ्च कपिलवस्तुका जिल्ला अध्यक्ष रहेका मिश्रा गत स्थानीय निर्वाचनमा उनी कृष्णनगर नगरपालिकाको मेयरको उम्मेद्वार समेत भएका थिए ।

कलाकारितासँगै सामाजिक, राजनीतिक र व्यवसायलाई समेत सँगसँगै लिएर अगाडि बढ्ने सोच बनाएका मिश्रा यस्ता खाले सम्मानले आफुलाई थप उर्जा मिल्ने बताउँछन् ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कला, साहित्य जगतका बिशिष्ट ब्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares