Friday, April 26
Shadow

यी खाद्यपदार्थले बढाउँछ स्मरण शक्ति


  • -इ
  • इ+

काठमाडौँ, माघ ९ । मस्तिष्क मानव शरीरको एक महत्त्वपूर्ण र संवेदनशील अङ्ग हो । मस्तिष्कले नै शरीरको सम्पूर्ण भागलाई नियन्त्रणमा राख्ने काम गर्छ । मानिसले गर्ने हरेक क्रियाकलापमा मस्तिष्कको महत्त्वपूर्ण भूमिका रहेको छ । मानिस सफल रअसफल हुनका लागि सकारात्मक सोच हुनु जरुरी छ । त्यसका लागि स्मरण शक्ति बलियो हुनुपर्छ । स्वस्थ मस्तिष्कका लागि भोजनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

तपाईँले खानु भएको खानाले तपाईँको मस्तिष्कलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । जसले स्मृति र एकाग्रता जस्ता विशिष्ट मानसिक कार्यहरू सुधार गर्न सक्दछन्। स्मरण शक्ति ह्रास हुनबाट बचाउनको लागि स्वस्थ जीवनशैली हुनुपर्छ । यस्तै योग, ध्यान, प्राणायाम जस्ता विधिले पनि मस्तिष्कको कार्य सञ्चालनलाई सही राख्छ ।

सामान्यता स्वास्थ्यकर, पोषिलो खानेकुरा सेवन गर्नुपर्छ । शरीरमा विकार पैदा गर्ने खानेकुराले स्मरण क्षमता कमजोर बनाउँछ । मदिराजन्य एवं तामसिक खानेकुराले स्मरण शक्ति नष्ट गर्छ । त्यसबाहेक अरू केही यस्ता खानेकुरा छन्, जसले स्मरण क्षमता बढाउँछ ।

१ . फ्याट माछा
स्मरण शक्ति बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ फ्याट माछा । सामन, ट्राउट र सार्डिन जातका माछा महत्त्वपूर्ण ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन् । तपाईँको मस्तिष्कको ६० प्रतिशत भाग बोसोले बनेको हुन्छ । जसको आधा भाग ओमेगा ३ हो । ओमेगा ३ ले मस्तिष्क र स्नायु कोशिका निर्माण गर्न मदत गर्छ । ओमेगा ३ स्मरण शक्ति बढाउन आवश्यक हुन्छ । ओमेगा ३ सँग दिमागका लागि चाहिने केही अन्य फाइदाहरू पनि छ ।

ओमेगा ३ ले मानसिक गिरावट र अल्जाइमरबाट बचाउन मदत गर्छ । पर्याप्त ओमेगा नहुनुले सिकाइमा समस्या आउनु र डिप्रशन हुनु जस्ता समस्या निम्त्याउँछ । सामान्यतया माछाले सकारात्मक स्वास्थ्य लाभ पनि दिन्छ । समग्रमा बोसोयुक्त माछा दिमागका लागि एकदमै राम्रो मानिन्छ ।

२. कफी
ठिक्क मात्रामा नियमित कफी पिउनाले स्मरण क्षमतामा सकारात्मक असर गर्ने विभिन्न अध्ययनले देखाएका छन् । बिहानको कफी वा चियाले स्मरण तेज गर्छ । कफीको असर लामो समयसम्म रहने भएकोले दिमागलाई फुर्तिलो बनाउन महत्त्वपूर्ण मानिन्छ ।

३. गोलभेँडा
एन्टीअक्सिडेन्ट तथा लाइकोपिनले भरपुर गोलभेँडाले मस्तिष्कको शक्ति बढाउँछ । फ्री रेडिकलले मस्तिष्कलाई हानी पु¥याउँछ ।द दैनिक गोलभेँडाको सेवनले फ्री रेडिकलको समस्या हटेर जान्छ । जुनसुकै ठाउँमा पाइने गोलभेँडालाई तरकारी, सलाद तथा अचारमा पनि प्रयोग गर्न सकिन्छ ।

४.ओखर
मस्तिष्क आकारको ओखमा ओमेगा ३ फ्याटी एसिड अत्यधिक मात्रामा पाइन्छ । ओमेगा ३ का कारण मस्तिष्कमा सूचनाको आदानप्रदान राम्रोसँग हुन्छ । जसका कारण ओख्खर खानाले मस्तिष्क तेजिलो हुन्छ ।

५\.हल्दी
हल्दी र यसको सक्रिय कम्पाउन्ड कर्क्यूमिनसँग बलियो एन्टी–इन्फ्लेमेटरी र एन्टिऑक्सिडन्ट लाभहरू हुन्छन्, जसले मस्तिष्कलाई मद्दत गर्दछ । अनुसन्धानमा यसले डिप्रेसन र अल्जाइमर रोगका लक्षणहरूलाई कम गरेको छ।

६. ब्रोकोली : ब्रोकोलीमा धेरै यौगिक, शक्तिशाली एन्टिआक्सिडन्ट, एन्टी–इन्फ्लेमेटरी प्रभाव र भिटामिन के हुन्छन् । जसले मस्तिष्कलाई क्षति हुनबाट बचाउँछ ।

७. ग्रिन टी :  एन्टीअक्सिडेन्ट तत्वले भरपुर ग्रिन टीले सम्झना शक्ति बढाउन मद्दत गर्छ । यसमा पोलिफिनोल तत्त्व पाइन्छ, जसले स्मरण शक्ति अझै बढाउँछ । दैनिक दुई कप ग्रिन टी नियमित सेवनले स्मरण शक्ति बढाउन निकै मत गर्छ ।

८. पालुङ्गो : पालुङ्गोमा पोटासियम हुन्छ । यसले मस्तिष्कको कोशिकामा राम्रो सम्पर्क बनाउँछ । साथै सोच्ने तथा याद राख्ने शक्ति बढाउँछ । पालुङ्गोमा एन्टीअक्सिडेन्ट बाहेक म्याग्नेसियम, फोलेट, भिटामिन ‘ई’ तथा भिटामिन ‘के’ पाइन्छ, जसले डिमेन्सिया हुनबाट जोगाउँछ । पालुङ्गोले स्मरण क्षमता बढाउनुका साथै क्याल्सियमको समेत राम्रो स्रोत हो ।

९. बदाम : बदाममा भिटामिन ३ प्रचुर मात्रामा पाइन्छ । यसले मस्तिष्कमा फाइदा पु¥याउँछ साथै स्मरण क्षमता बढाउन मद्दत गर्छ ।

१०. अण्डा : अण्डा दिमागको स्वास्थ्यसँग जोडिएको धेरै पौष्टिक तत्त्वहरूको राम्रो स्रोत हो । अण्डामा भिटामिन बी, बी १२, फोलेट र कोलीन उपलब्ध हुन्छ । जसले मानसिक गिरावटलाई बचाउँछ । स्मरण शक्ति बलियो बनाउँछ । फालेट र भिटामिन बी १२ ले डिप्रेसनबाट बचाउँछ । फोलेटले डिमेन्सियाबाट बचाउँछ । भिटामिन बी र कोलीनले मस्तिष्कको विकासका सार्थ मुडलाई नियमित गर्न मदत गर्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares