Saturday, April 20
Shadow

प्रचण्ड र बाबुरामबीच गोप्य भेटवार्ता


  • -इ
  • इ+

काठमाडौं , माघ ९ । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच शुक्रबार साँझ गोप्य भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित बनेको बेला प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो । प्रचण्ड नेपाल समूहले जस्तै भट्टराईले पनि ओलीको कदमको चर्को विरोध गर्दै आएका छन् । यही बीचमा दुई नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

लैनचौरस्थित एक घरमा भएको छलफलमा ओलीको कदमविरुद्धको आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको स्रोतको दावी छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares