Monday, August 17
Shadow

Author: Interview Nepal

“नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” डिजिटल बजारमा

“नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” डिजिटल बजारमा

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर,माघ ९ । गायक रुपेश भट्ट र श्रीकृष्ण खतिवडा को प्रस्तुतिमा रहेको “नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” बोलको नयाँ लोकदोहोरी गीत बजारमा सार्वजनिक भएको छ, रुपेश भट्ट,अर्चना स्याङ्तान र भिमसेन दाहाल को सुमधुर स्वर रहेको छ । यो गीतमा शब्द दिल बहादुर तामाङ्ग र श्रीकृष्ण खतिवडा ले संकलन गरेका छन् भने संगीत गायक रुपेश भट्टको रहेको छ । “नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” गितलाई राकेश सोनी ले एरेन्ज गरेका छन् भने यो दोहोरी भाकालाई मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । राजु श्रेष्ठ ले सिनेमाटोग्राफर गरेको भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका छन् भने सम्पादन राज श्रेष्ठ को रहेको छ, यो म्युजिक भिडियोमा राजेन्द्र गिरी ,सरु पाण्डे,एलिसा बि।क र अन्जान भट्ट को दमदार अभिनय देख्न सकिन्छ । “नुवाकोट जिलिङ्ग गाँउ २,बेल्कोट नगर ” गीतको भिडियोलाई जुनेली लाईभ दोह...
घुस लिएको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारी पक्राउ

घुस लिएको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारी पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको नाप जाँच सम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारीलाई पक्राउ गरेको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार जिल्ला अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी निरीक्षकद्वय सुमित चौलागार्इँ र मनोज थापा सेवाग्राहीसँग रु पाँच हजार घुस माग्दा माग्दै आज पक्राउ परेका थिए । आयोगले उनीहरुलाई जिल्लाको कोटहीमाई गाँउपालिका–१ बोगडियाबाट पक्राउ गरेको हो । आरोपीद्वयको अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।...
भारतको कर्नाटकमा ट्रकमा बिस्फोट, ६ जनाको मृत्यु

भारतको कर्नाटकमा ट्रकमा बिस्फोट, ६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , माघ ९ । भारतको कर्नाटकमा ट्रकमा बिस्फोट हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । शिवमोगा जिल्लामा बिहीबार राति ट्रकमा बिस्फोट भएको र त्यसमा ज्यान गुमाउनेको संख्या बढि हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक प्रहरी अधिकारी इमरान कुरैशीले बिबिसीसँगको कुराकानीमा उक्त ट्रकमा भारी मात्रामा जिलेटिनको डन्डी राखिएको जानकारी दिएका छन् । ‘हामी सबै घटनास्थलमा यो पत्ता लगाउन असमर्थ छौं कि कतिजनाको मृत्यु भएको छ किनभने त्यहाँ असाध्यै अँध्यारो छ र बिस्फोटको दुर्गन्धका कारण पनि त्यहाँ पुग्न मुश्किल छ,’ उनले भने । जिटेलिनसहितको ट्रकमा मजदुर पनि सवार रहेको खुलेको स्थानीय प्रहरीले बताएको छ । राति साढे १० बजेतिर भएको बिस्फोटको आवाज छिमेकी चिकमंगलुरु जिल्लासम्म सुनिएको थियो ।...
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुँदै

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुँदै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ९ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । यो मुद्दामा गत आइतबारदेखि निरन्तर सुनुवाई भइरहेको छ । हिजो बहसकर्ताहरूले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशन नै नभएको भन्दै प्रश्न उठाएका छन् । राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको सूचना राजपत्रमा प्रकाशन नै नभएको वकिलहरूको तर्क छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सुचना राजपत्रमा प्रकाशन नगरि राष्ट्रपति कार्यालयको वेभ साइटमा मात्र राखेकोले विघटन अनाधिकृत भएको बहसकर्ताहरूको तर्क छ । न्यायाधीश अनिलकुमार सिन्हाले सूचना राजपत्रमा छ भने इजलासमा पेश गर्न माग गरेका थिए ।...
वाग्मती प्रदेशको प्रदेश सभा बैठक आज बस्दै , यस्तो छ कार्यसूची

वाग्मती प्रदेशको प्रदेश सभा बैठक आज बस्दै , यस्तो छ कार्यसूची

मुख्य समाचार, राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाडौँ , माघ ९ । वाग्मती प्रदेशको प्रदेश सभा आज बस्ने भएको छ । राजनीतिक दलहरूले बैठक बोलाउन दबाब दिएपछि प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक बोलाएका हुन् । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ । कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले पनि अब अविश्वास प्रस्ताव सदनमा औपचारिक रूपमा प्रवेश हुने बताएका छन् । बुधबार ६ महिनापछि बसेको अधिवेशनको पहिलो दिन दलका नेताहरूले बोल्ने क्रम सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । तर, बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिको दबाबपछि सभामुख श्रेष्ठले बैठक बोलाएका हुन् । नेकपा विभाजनको असर बागमती प्रदेशमा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध...
कोरोना महामारी: विश्वमा मृत्यु हुनेको संख्या २० लाख ६६ हजार नाघ्यो

कोरोना महामारी: विश्वमा मृत्यु हुनेको संख्या २० लाख ६६ हजार नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
काठमाडौं , माघ ९ । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख ६६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २० लाख ६६ हजार १७६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ५६९ कोरोना संक्रमितको मृत्यु भएको छ ।कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ५६ लाख १२ हजार ८३१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख १० हजार ४१३ संक्रमित थपिएका छन् ।...
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

खेलकुद, मुख्य समाचार
काठमाडौँ, माघ ९ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने खेलमा उपाधि दाबेदार ठानिएको बागमती प्रदेशले प्रदेश-२ को सामना गर्दैछ । खेल बिहान ९ बजे सुरु हुनेछ ।प्रदेश-२ विरुद्ध मैदान उत्रदा बागमती लगातार तेस्रो जितको खोजीमा हुनेछ । बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो । प्रदेश-२ भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा प्रदेश-२ लुम्बिनीसँग पराजित भएको थियो ।यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णाली प्रदेश र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ । कर्णाली दोस्रो जितको खोजीमा रहेको छ । प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश-१ भने पहिलो जितको खोजीमा छ ।...
दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा महँगियो,  मारमा उपभोक्ता

दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा महँगियो, मारमा उपभोक्ता

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ९ । कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन्। खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो दुई साता अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ। ‘पछिल्लो डेढ वर्षमा सबैभन्दा बढी खानेतेलमा मूल्य बढेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रतिलिटरमा १ सय रुपैयाँसम्म बढ्यो।’ संघका अनुसार तोरीको तेल दुई साताअघि प्रतिलिटर २ सय ४५ मा पाइन्थ्यो। अहिले २ सय ७५ देखि २ सय ८० रुपैयाँसम्म पर्छ। भटमासको तेल प्रतिलिटर १ सय ७५ देखि १ सय ८० रुपैयाँसम्म पथ्र्यो। यसको मूल्य बढेर २ सय २५ रुपैयाँ पुगेको छ। त्यस्तै २ सय १० देखि ...
खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ९ । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्‍याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘६ हजार ८ सय सरसफाइकर्मीले खोप पाउने भएका छन् । ५२ हजार स्वास्थ्य स्वयंसेविका भनिए पनि अहिले यो संख्या कम देखिएको छ,’ मन्त्रालयका अर्का अधिकारीले भने, ‘हालसम्म प्राप्त तथ्यांकअनुसार २ लाख २० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइनेछ । यो संख्या बढ्न पनि सक्छ ।’ भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको छ । स्वास्थ्य मन्त्रालयको पत्रअनुसार शुक्रबार उक्त बजेट निकासा दिइने अर्थ मन्त्रालय स्रो...
हेर्नुस् तीन दिनको पूर्वानुमान, कुन ठाउँको मौसम कस्तो ?

हेर्नुस् तीन दिनको पूर्वानुमान, कुन ठाउँको मौसम कस्तो ?

ब्यानर समाचार 2, मौसम, समाचार, समाज
काठमाडौँ, माघ ९ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली भने छैन । यस्तो छ तीन दिनको पूर्वानुमान माघ ९ गते (शुक्रबार) दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू- भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केहि भू-भागहरुमा बिहानीपख केहि स्थानहरुमा हुस्सु्/कुहिरो समेत लाग्ने संभावना देखिन्छ । राती : सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली तथा प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । माघ १० गते (शनिबार) दिउँसो : सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली तथा प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशमा हल...