Tuesday, April 23
Shadow

जिते लामा लोप्चनको पहिलो गौरवमय प्रस्तुतिमा “ल्होसार सेलो जुहारी ” सेलो गित सार्बजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी, ललितपुर, माघ २७। “ल्होसार सेलो जुहारी ” सेलो बोलको गित डिजिटल बजारमा आएको छ । गायक तथा सर्जक जनक लामा र गायिका अर्चना स्याङ्तानको सुमधुर स्वरमा बजारमा आएको यस सेलो गितमा सोनाम सिहं थोकरको शब्द, जिते लामा लोप्चन र अजय घलान को लय रहेको छ ।

जिते लामा लोप्चन को पहिलो गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई ऐरेन्ज बिष्णु तामाङ् ले गरेका छन् ।

बिमल ढकाल ले निर्देशन गरेको भिडियोलाई लिगेश भट्टराई को सम्पादन,कलर रहेको छ ।“ल्होसार सेलो जुहारी ” बोलको म्युजिक भिडियोमा दिनेश तामाङ ,रुपा एस घले र बालकलाकार रुपक तामाङ र कबिना लामा को उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

यो गीतको भिडियोलाई अर्चना स्याङ्तान नामक युटुबबाट मार्फत गित हेर्न सकिन्छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

 

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares