Saturday, August 22
Shadow

Author: Interview Nepal

जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न मिल्दैन :  सभापति देउवा

जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न मिल्दैन : सभापति देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन् । पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौँ, जुलुसले हुने भए किन चाहियो अदालत ।’ सभापति देउवाले कांग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने बताए । आफूले जान्दाजान्दै हार्ने निर्वाचन पनि गराएको स्मरण गर्दै उनले भने, ‘दुई वर्षपछि भए पनि अहिले भए पनि मुलुकमा निर्वाचन हुन्छ, लोकतान्त्रिक पार्टी निर्वाचनका लागि सधैँ तयार हुनुपर्छ ।’ फरक प्रसङ्गमा उनले कांग्रेसले आफ्नो विधानमा महिला, आदिवासीरजनजाति, दलित,...
भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २९ । सरकारले भोली शुक्रबार नेपालमा सार्वजनिक विदा दिएको छ । सोनाम ल्होछारको अवसरमा सरकारले भोलि माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस अघि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस चाडलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।धानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको खारेज र पुनर्स्थापनाको माग राखेर सर्वोच्चमा १३ वटा रिट परेका छन् ।...
काठमाडौँको तारकेश्वरमा कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि

काठमाडौँको तारकेश्वरमा कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ २९ । काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए । केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि हिजो बेलुका बर्डफ्लु भएको पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएसँगै ‘¥्यापिड रेस्पोन्स टिम’ ले एक हजार ४०० हाँस र ६५ कुखुरा नष्ट गरिएको बताइएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिकोर्न स्प्रे’ छर्ने काम भइसकेको प्रमुख रायले जानकारी दिए । केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको ...
रिहा भइन् रामकुमारी झाँक्री , भनिन् -म बिना–शर्त निस्किएकी छु, प्रतिगमन झुक्यो

रिहा भइन् रामकुमारी झाँक्री , भनिन् -म बिना–शर्त निस्किएकी छु, प्रतिगमन झुक्यो

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ , माघ २९ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । बिहीबार बिहान शंखमुलस्थित निवासबाट पक्राउ परेकी झाँक्री साँझ रिहा भएको अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । उनलाई श्रीमान पशुपति पुरीको रोहवरमा छाडिएको एसएसपी थापाले जानकारी दिए । प्रहरी समक्ष झाँक्रीले राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि उत्तिकै रहने बताएकी थिइन् । झाँक्रीमाथि कुनै मुद्दा नचलाइएको उनले बताए ।झाँक्रीले आफ्नो रिहा भएसँगै प्रतिगमन झुकेको बताएकी छन् । पक्राउ परेकी झाँक्रीले साँझ रिहा भएपछि यस्तो बताएकी हुन् । उनले आफ्नो गिरफ्तारी गरेपछि देशभरबाट भएको दबाबलाई सरकारले थेग्न नसकेको बताइन् । उनलाई राज्यविरुद्ध अपराध गरेको अभियोगमा पक्राउ गरिएको थियो । राज्यविरुद्धको कसुर दफा ५८ अनुसार झाँक्री पक्राउ परेकी थिइन् ।...
प्रतिनिधि सभा विघटन मुद्दा : पक्ष र विपक्षको बहस सकियो

प्रतिनिधि सभा विघटन मुद्दा : पक्ष र विपक्षको बहस सकियो

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ , माघ २९ । प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि रिट निवेदक र सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । बिहीवार सरकारी र सभामुख अग्नि सापकोटाका तर्फबाट बहस भएको हो । अब शुक्रवार (भोलि)रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि एमिकस क्युरीको बहस सुरु हुनेछ । अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले बताएको छ । बिहीवार सभामुख अग्नि सापकोटाका तर्फबाट बहस गरेका अधिवक्ता श्रीकृष्ण सुवेदी, लव मैनाली र श्यामप्रसाद खरेलले संसद्ले प्रधानमन्त्री ओलीलाई पूर्ण सहयोग गरे पनि व्यक्तिगत स्वार्थका लागि उहाँले विघटन गरेको तर्क गरेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई संविधानले असीमित अधिकार नदिएको पनि बताएका छन् । मैनालीले सर्वोच्चले नै प्रतिनिधि सभा पुनर्स्थापना गरेर बैठकको मितिसमेत तोक्नुपर्ने माग गरेका छन् । यस्तै प्रधानमन्त्रीका निजी वकिल आरसी गौतमले प्रधानम...
धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थालमै मृत्यु

धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थालमै मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, माघ २९ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ को चार किला एभरेष्ट पम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटना स्थालमै मृत्यु भएको छ । गल्छि तर्फबाट काठमाण्डौ तर्फ जादै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउदै गरेको ना १ क ६५४७ नम्बरको टक सगं ठोक्किएर अनियन्त्रि भएर दुर्घटना हँदा मोटरसाइकलमा एकाशि आगोलागि हुँदा मोटरसाइकलमा सवार दुबै जनाको घटनास्थालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । मृत्यु हुने डा. सुरेश अधिकारी रहेका छन भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । ...
घरबाटै नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ

घरबाटै नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ २९ नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गलौज गरेको आरोपमा झाक्रीलाई उनकै निवास शंखमुलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी अपराध महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न शंखमुल घरमै पुगेर पक्राउ गरेको हो । सोधपुछका लागि बोलाए पनि उपस्थित नभएपछि घरमै प्रहरी पुगेको हो । झाँक्रीले केही दिनअघि नेकपा सिरानचोक गाउँ कमिटी गोरखाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीको चरित्रमाथि नै प्रश्‍न उठाएकी थिइन् । ‘राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे !' उनले भनेकी थिइन् । प्रहरीले भर्खरै पक्राउ पुर्जी लिएर झाँक्रीको घरमा पुगेको छ । पक्राउ पुर...
भागरथीलाई न्याय माग्दै  बालाजुमा ग्रामीण र एन आर क्याम्पसका नेविसंघका विद्यार्थी प्रदर्शनमा (फोटो फिचर)

भागरथीलाई न्याय माग्दै बालाजुमा ग्रामीण र एन आर क्याम्पसका नेविसंघका विद्यार्थी प्रदर्शनमा (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, राजनिती, समाचार, समाज
काठमाण्डौँ, माघ २९ बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताले र विद्यार्थीलेविरोध प्रदर्शन गरेका छन्। सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए।नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेवि संघका नेता कार्यकर्ता ,विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोण सभा गरेका थिए।कोण सभामा प्रमुख बक्ता नेबि सघका पुर्ब केन्द्रिय सदस्य शुशिल भट्ट ,विद्यार्थी नेताहरु निरन्जन थापा,पबन थापा,सन्तोष गुरुङ ,स्वेच्छा उप्रेती ,लक्ष्मी सिलबाल,जिबन राना ,किरण भट्टराई ,सुबास घिमिरे ,प्रबिन गुरुङ ,स्थानीय नेपाली कांग्रेसका नेता मनोज राना लगायतले सम्बोधन गरेका थिए । कोण सभामा सम्बोधन गर्ने नेताहरूले 'बलात्कारीलाई कानुनी कारबाही गर्न , 'भा...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
सुनसरी , माघ २९ । सुनसरीको इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जाँदै को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बेलका नगरपालिका ९ उदयपुरका ५४ वर्षीय राजेन्द्र शाह छन् । दुर्घटनापछि भाइते भएका शाहको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।...
प्रदेशका निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम

प्रदेशका निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ २९ । प्रदेश निजामती कर्मचारीहरुले ६० वर्ष पुगेपछि अनिवार्य अवकाश पाउने भएका छन् । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले हिजो बुधबार प्रमाणीकरण गरेको ऐनले यस्तो व्यवस्था गरेको हो । प्रदेश २ मा प्रदेश निजामती सेवा ऐन, २०७७ हिजो प्रमुख परियारले प्रमाणीकरण गरेका हुन् । ऐनअन्तर्गत प्रदेश नं २ को प्रदेश निजामती सेवामा अधिकृत बाह्रौँ तहदेखि सहायक तेस्रो तहसम्मका कर्मचारी रहने उल्लेख छ । नयाँ ऐनअनुसार अनिवार्य अवकाश वा अन्य प्रयोजनका लागि प्रदेश निजामती कर्मचारीको उमेर गणना गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र अथवा व्यक्तिगत विवरणमा लेखी दिएको उमेरमध्ये जुन उमेरबाट पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिने उल्लेख छ । निवृत्तभरण पाउने अवस्था र उमेरको हद ५३ वर्ष पूरा भएका प्रदेश निजामती कर्मचारीले प्रदेश सरकारद्वारा प्रदेश राजपत्रमा प्रकाशि...