Tuesday, April 16
Shadow

रिहा भइन् रामकुमारी झाँक्री , भनिन् -म बिना–शर्त निस्किएकी छु, प्रतिगमन झुक्यो


  • -इ
  • इ+

काठमाण्डौ , माघ २९ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् ।

बिहीबार बिहान शंखमुलस्थित निवासबाट पक्राउ परेकी झाँक्री साँझ रिहा भएको अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । उनलाई श्रीमान पशुपति पुरीको रोहवरमा छाडिएको एसएसपी थापाले जानकारी दिए ।

प्रहरी समक्ष झाँक्रीले राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि उत्तिकै रहने बताएकी थिइन् । झाँक्रीमाथि कुनै मुद्दा नचलाइएको उनले बताए ।झाँक्रीले आफ्नो रिहा भएसँगै प्रतिगमन झुकेको बताएकी छन् ।

पक्राउ परेकी झाँक्रीले साँझ रिहा भएपछि यस्तो बताएकी हुन् । उनले आफ्नो गिरफ्तारी गरेपछि देशभरबाट भएको दबाबलाई सरकारले थेग्न नसकेको बताइन् । उनलाई राज्यविरुद्ध अपराध गरेको अभियोगमा पक्राउ गरिएको थियो । राज्यविरुद्धको कसुर दफा ५८ अनुसार झाँक्री पक्राउ परेकी थिइन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares