Saturday, August 22
Shadow

Author: Interview Nepal

आईपीएलको अक्सनका लागि नेपालबाट छानिए सन्दीप

आईपीएलको अक्सनका लागि नेपालबाट छानिए सन्दीप

खेलकुद
काठमाण्डौमाघ ३० । सन् २०२१ को इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालका सन्दीप लामिछाने छानिएका छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै छनौटमा परेका हुन् । अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । सन्दीपले यसअघि आईपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बिहीवार आईपीएलमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको हो ।...
सोनाम ल्होछारको प्रधानमन्त्रीले दिए शुभकामना, राष्ट्र निर्माणमा अग्रसर हुन आह्वान

सोनाम ल्होछारको प्रधानमन्त्रीले दिए शुभकामना, राष्ट्र निर्माणमा अग्रसर हुन आह्वान

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा एकतावद्ध भएर अग्रसर हुन आह्वान गरेका छन् । सोनाम तथा ग्याल्बो ल्होछारको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सरकार समृद्ध मुलुक निर्माणको अभियानमा अग्रसर भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो अभियानमा एकतावद्ध भएर लाग्न आम नागरिकलाई आग्रह गरे । ‘ऐतिहासिक जनआन्दोलनबाट स्थापित लोकतन्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा हामी अग्रसर छौँ,’ सन्देशमा भनिएको छ, ‘समृद्घ नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाब्क्षालाई पूरा गर्ने अभियान अघि बढाएका छौँ । राष्ट्र निर्माणको यस अभियानमा एकतावद्ध भएर अग्रसर हुन म सम्पूर्ण जनसमुदायमा आह्वान गर्दछु ।’ विभिन्न संस्कृतिमा आधारित पर...
आजको मौसमः उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

आजको मौसमः उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ ३० । मुलुकमा फेरि पश्चिमी वायुको प्रभाव सुरू भएको छ । पश्चिमी वायुकै प्रभावले आज उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आकाश राम्रो नखुल्दा काठमाडौँ उपत्यकामा धुम्म देखिएको छ । तराईका अधिकांश क्षेत्रमा हुस्सु लागेको छ । आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ७।८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाका मौसमविद् वरूण पौडेलले जानकारी दिए । आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।   यस्तो छ तीन दिनको मौसम पूर्वानुमान माघ ३० गते (शुक्रबार) दिउँस...
आज सोनाम ल्होसार मनाइँदै , देशभर सार्वजनिक विदा

आज सोनाम ल्होसार मनाइँदै , देशभर सार्वजनिक विदा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ३० । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको वागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यस वर्ष पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौ...
आज २०७७ माघ ३० गते शुक्रबारको राशिफल

आज २०७७ माघ ३० गते शुक्रबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । बोलीको प्रभाव पनि बढ्नेछ बृष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।  जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । मिथुन अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कर्कट जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह । सिंह अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । कन्या अभिभावकको आशीर्वाद मनन गर्नुहाेला । कुनै प...
केहि मन छुने भनाइहरु, जसले हामीमा ठुलो परिवर्तन ल्याउन सक्छ

केहि मन छुने भनाइहरु, जसले हामीमा ठुलो परिवर्तन ल्याउन सक्छ

जिवनसैली, टिप्स
काठमाण्डौं । जब हाम्रो परिस्थितिसँग कुनै भनाइ मिल्न जान्छ हामीलाई उक्त भनाइ आफ्नै लागि बनेको हो भन्ने महशुस हुन्छ । परिस्थिति अनुसार मिल्ने भनाइ तथा कुराहरुले हामीमा निकै ठूलो परिवर्तन पनि ल्याउन सक्छ । यि भनाइहरुबाट केहि हौसला र साहाश पनि पक्कै मिल्छ यदि हामीले मनैबाट मनन् गर्ने हो भने । केहि मन छुने लाइनहरु : – माया प्रेम चल्ने भनेको त फिल्मको कहानीमा हो, जिन्दगिमा त अन्तिमसम्म संघर्ष र परिश्रमले चाहिन्छ । –यदि जिन्दगिमा केहि बुझ्न चाहन्छौ भने आफ्नो आमा बुवालाइ बुझ, किनकि जिन्दगीमा उनीहरुजतीको सर्वोत्तम परिभाषा अर्को छैन । –कुनैपनि चिज पाउनु अघि र गुमैसकेपछी मात्र मुल्यवान लाग्दछ । –आफुमा भएको अहंकारलाइ फाल्नुस र आफुलाई हलुका बनाउनुस, किनकि जो हल्का हुन्छ त्यहि नै माथिसम्म उड्न सक्छ । – आत्मविश्वास बढाउनको लागि तपाई त्यही काम गर्नुस जुन काम गर्नलाई तपाईं डराउनुहुन्छ ।...
गृह मन्त्रालयले भन्यो- भिजिट भिसा सम्बन्धी कार्यविधि संशोधन भएको छैन

गृह मन्त्रालयले भन्यो- भिजिट भिसा सम्बन्धी कार्यविधि संशोधन भएको छैन

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ २९ । गृह मन्त्रालयले अध्यागमन विभागको मौजुदा भिजिट भिसासम्बन्धी कार्यविधि संशोधन नभएको स्पष्ट पारेको छ । नेपाली महिलालाई पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा पर्यटक भिसामा जाँदा स्थानीय तहको सिफारिसलाई अनिवार्य गर्न लागिएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्याम तथा सामाजिक सञ्जालबाट भइरहेको प्रकाशन तथा प्रसारणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस विषयमा कुनै निर्णय नभएको जनाएको हो । नेपाली महिला कतिपय मुलुकमा पर्यटक भिसामा जाँदा हुनसक्ने सुरक्षालगायतका जोखिमलाई विचार गरी त्यस्ता मुलुकमा हुने भ्रमणलाई सुरक्षित तथा सहज बनाउने तथा पर्यटक भिषाको दुरुपयोग हुन नदिने सम्बन्धमा छलफल भइरहेको तर स्थानीय तहको सिफारिस अनिवार्य हुनेगरी कुनै पनि छलफल नभएको मन्त्रालयले आज विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसैबीच अध्यागमन विभागले पनि आज एक विज्ञप्ति जारी गरी त्यस विषयमा ध...
लमजुङमा जिप दुर्घटना, चालकसहित ३ को मृत्यु, ३  गम्भीर घाइते

लमजुङमा जिप दुर्घटना, चालकसहित ३ को मृत्यु, ३ गम्भीर घाइते

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २९ । लमजुङको दोर्दी गाउँपालिका ६, सिमीगाउँ नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य ३ जना गम्भीर घाइते भएका छन् । जिल्लाको पूर्वी भेग दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर फर्किंदै गरेको प्रदेश ३–०१–०२२च १३८३ नं। को जिप बिहीबार साँझ सवा ५ बजेतिर ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा आयोजनामा कार्यरत २ जना इन्जिनियर र जिप चालकको घटनास्थलमै मृत्यु भएको डीएसपी गंगाबहादुर थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन् । धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जि...
कमल थापा भन्छन -नेकपाको झगडा पद, प्रतिष्ठा र भागबन्डाका लागि मात्रै

कमल थापा भन्छन -नेकपाको झगडा पद, प्रतिष्ठा र भागबन्डाका लागि मात्रै

मुख्य समाचार, राजनिती
काठमाडौं, माघ २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाभित्र देखिएको झगडा सिद्धान्तका लागि नभई पद, प्रतिष्ठा र भागबन्डाका लागि मात्रै भएको बताएका छन् । उनले आज मकवानपुरको पश्चिमी भेगमा पर्ने मनहरी गाउँपालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देश निर्माणका विषयमा केन्द्रित हुनुपर्ने समयमा कुर्सी र शक्तिका निमित्त झगडा गरेर मुलुकलाई अँध्यारो सुरुङमा फसाइएकामा चिन्ता व्यक्त गरे । नेकपा र नेपाली काँग्रेसको शासकीय असफलताले मुलुक यो अवस्थामा आइपुगेको जनाउँदै अध्यक्ष थापाले राजसंस्था हटाइएपछि अब प्रजातन्त्रका लागि कहिले आन्दोलन गर्नु पर्दैन भन्ने भनाइ हाँस्यास्पद भएको जिकिर गरे । उनले राष्ट्रको सार्वभौमता र संसदीय प्रजातन्त्रको सुदृढीकरणका लागि सबै दलले आफ्नो स्वार्थ त्यागेर एकजुट हुनुपर्नेमा पनि जोड दिए ।...
पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग (विज्ञप्तिसहित)

पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग (विज्ञप्तिसहित)

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ २९ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गरेको छ । विहीबार विज्ञप्ति जारी गर्दै महासंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि फिर्ता लिन माग गरेको हो । कोरोना महामारीका कारण प्रभावित यातायात क्षेत्रलाई राहत राहत दिनुपर्ने बेलामा पेट्रोलियम पदार्थको मूल्य मूल्य बृद्धि गरेर व्यवसायीको ढाड सेक्ने काम गरेको जनाएको छ । महासंघले मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न समेत माग गरेको छ । महासंघले पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नु पर्ने र सरकारले कोरोना महामारी प्रभावको सहुलियत दिने भनिएको राहत दिनुपर्ने माग गरेको छ । नेपाल आयल निगमले हिजो पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ बढाएको...