Saturday, August 22
Shadow

Author: Interview Nepal

अमेरिकाले ‘कू’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि लगायो प्रतिबन्ध

अमेरिकाले ‘कू’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि लगायो प्रतिबन्ध

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ २९ । अमेरिकाले ‘कू’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रपति जो बाइडनले सैनिक नेतामाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुनेछ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिँदैछ । कूविरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्‌अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो । मङ्गलवार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका थिए । म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् ।नेत्री आङ सान ...
राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

खेलकुद
काठमाडौं, माघ २९ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुनेछन् । एन्फा मैदान सातदोवाटोमा हुने पहिलो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले स्याङ्जाको वालिङ नगरपालिकासँग खेल्नेछ । आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकाको सामना गर्नेछ । जारी लिगमा सशष्त्र प्रहरीको एपिएफ क्लब अहिलेसम्म शत प्रतिशत जितको साथ तालिकाको शिर्ष स्थानमा रहेको छ । ८ खेलबाट उसको २४ अंक भएको छ । हिजो भएको खेलमा एपिएफले रौतहटको चन्दपुर नगरपालिकालाई ८/० ले पराजित ग¥यो । ८ खेलबाट १९ अंक जोडेको आर्मी क्लब दोस्रो स्थानमा रहँदा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाको ८ खेलबाट समान ११ अंक छ । १० अंकको विराटनगर महानगरपालिका पाँचौें, ६ अंकको चन्द्रपुर नगरपालिका छैटौं तथा अंकविहीन चौदण्डीगढी नगरपालिका पुछारमा छ ।...
विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं , माघ २९ । विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ६५ लाख ५५ हजार २०६ जनामा कोरोना संक्रमण भइसकेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार ६४८ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख ३३ हजार ४४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० हजार ७०२ जनाको मृत्यु भएको छ ।...
नेकपा विवाद : दबाब बढ्दै निर्वाचन आयोगमाथि

नेकपा विवाद : दबाब बढ्दै निर्वाचन आयोगमाथि

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २९ । राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष नै नेकपाको आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिइसकेपछि आयोगले त्यसबारे अध्ययन गरिरहेको छ । यस अवस्थामा दुवै पक्षले आफँहरु नै नेकपाको आधिकारिक रहेको जिकिर गर्दै आयोगलाई प्रत्यक्ष र परोक्षरुपमा दबाब बढाउँदै लगेका हुन् । नेकपाका प्रचण्ड र नेपाल पक्षले आयोगमा पुगेर आफ्नो पक्ष नैै आधिकारिक रहेको बताउँदै आएको छ । माघ २० गते आफ्नो पक्ष नै आधिकारिक रहेको जिकिर गर्दै नेकपाका प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेको थियो । उनीहरुले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमत आफ्नो पक्षमा भएकाले आधिकारिक पार्टी आफँहरू नै भएको जिकिर गर्दै अन्यथा नगर्न आग्रह गर्दै आएका छन् । आज ...
कोरोनाको खोप लगाएकाले क्वारेन्टिनमा बस्नु नपर्ने !

कोरोनाको खोप लगाएकाले क्वारेन्टिनमा बस्नु नपर्ने !

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार
काठमाडौं , माघ २९ । कोरोना विरुद्धको खोपको पूर्ण डोज लिएर १४ दिन पूरा गरेकाहरु संक्रमितको सम्पर्कमा आए पनि अनिवार्य क्वारेन्टिन बस्न नपर्ने जनाइएको छ । अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसि)ले फाइजर बायोनटेक वा मोडर्ना खोपको दुवै डोज पूरा गरेको १४ दिन पछि संक्रमितको सम्पर्कमा पुगे पनि क्वारेन्टिनमा बस्न नपर्ने जनाएको हो । खोपको दोश्रो डोज लिएको १४ दिनमा बल्ल पूर्ण रुपमा रोग प्रतिरोधी क्षमता बन्ने भएकाले यो अवधि पूरा गरेकालाई खोप पूरा गरेका मानिएको हो । यसको मतलब उसले अन्य सुरक्षा सावधानी अपनाउनु नपर्ने भने होइन । तर कतै संक्रमितको सम्पर्कमा आउने वित्तिकै क्वारेन्टिन मै बसिहाल्न भने जरुरी नरहेको केन्द्रको पछिल्लो निर्देशिकामा जनाइएको छ । खोपले कहिलेसम्म जोगाउँछ भन्ने अझै स्पष्ट नभैसकेकाले खोप पूरा गरेको ३ महिना पुगेकाहरुले भने संक्रमितको सम्पर्कमा आए फेरि क्वारेन्टि...
काँग्रेस नेता गोविन्दराज जोशीलाई कारवाही फिर्ताको सिफारिस

काँग्रेस नेता गोविन्दराज जोशीलाई कारवाही फिर्ताको सिफारिस

मुख्य समाचार, राजनिती
काठमाडौं, माघ २९ । नेपाली काँग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए । गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जिल्ला समितिको सिफारिसमा केन्द्रीय अनुशासन समितिले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । निर्वाचनमा जोशीको उम्मेदवारी पौडेलको दावी विरोधपछि निर्वाचन आयोगले रद्द गरेको थियो । उम्मेदवार बन्न नपाएका जोशीले नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सघाएको आरोप लागेको थियो । ुजोशीमाथि केन्द्रले गर...
अबका तीन दिन मौसम बदली : तराईका धेरै स्थानमा हुस्सु

अबका तीन दिन मौसम बदली : तराईका धेरै स्थानमा हुस्सु

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं, माघ २९ । पश्चिमी वायुको प्रभावका कारण नेपालमा अबका तीन दिन मौसम बदली हुने मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली आए कमजोर मौसमी प्रणालीका कारण पानी भने नपर्ने मौसमविद प्रतिभा मानन्धरले बताएकी छिन् । आज काठमाडौंको दिउँसोको तापक्रम २०–२२ डिग्री सेल्सियस पुग्ने जनाइएको छ । दिउँसो मौसम सफा रहे पनि अपराह्न्न पछि बादल लाग्ने छ । काठमाडौंमा आजको न्यूनतम तापक्रम ६।५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजे काठमाडौंको तापक्रम ६.५ डिग्री सेल्यिस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागे पनि अधिकांश क्षेत्रमा अपराह्न्नपछि हटेर जाने उनको भनाइ छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ भने तराई तथा पहाडका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश–१ मा आं...
आज २०७७ माघ २९ गते बिहीबारको राशिफल

आज २०७७ माघ २९ गते बिहीबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले कामहरू अगाडि बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुने...
अब पिसिआर परीक्षण शुल्क एक हजार मै !

अब पिसिआर परीक्षण शुल्क एक हजार मै !

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ , माघ २८ । सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिए । यसअघि पिसिआर परीक्षण शुल्क रु दुई हजार लिने गरेको थियो । यस्तै अबदेखि कोभिड–१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ । यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड–१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा आज बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो । मन्त्रालयले यसअघि कोभिड–१९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा आजसम्म भर्ना भई ...
भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक : राष्ट्रपति भण्डारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक : राष्ट्रपति भण्डारी

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ ,माघ २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारीरुपमा कदम चाल्न आवश्यक रहेको बताएकी छिन् । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण प्रभावकारीरुपमा हुन सकेन भने राज्यका स्रोत दुरुपयोग गरी समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा भ्रष्टाचार नियन्त्रण गर्न कडाइका साथ प्रस्तुत हुन जरुरी देखिएको बताए । भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउनेलाई कारवाहीको दायरामा ल्याउन जरुरी रहेको उनले उल्लेख गरे । “मुलुकमा हुनसक्ने अव्यवस्था, बेथिति र गैरकानूनी विचलनलाई समूलरुप अन्त्य गर्न सके मात्र समष्टिगतरुपमा भ्रष्टाचार न्यूनीकरण हुँदै जानेछ”, राष्ट्रपति भण्डारीले भने । जननिर्वाचित सरकारले जनताका विकास र समृद्धिका आकाङ्क्षालाई प्रभावकार...