Tuesday, April 23
Shadow

प्रदेशका निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम


  • -इ
  • इ+

काठमाडौं, माघ २९ । प्रदेश निजामती कर्मचारीहरुले ६० वर्ष पुगेपछि अनिवार्य अवकाश पाउने भएका छन् । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले हिजो बुधबार प्रमाणीकरण गरेको ऐनले यस्तो व्यवस्था गरेको हो ।

प्रदेश २ मा प्रदेश निजामती सेवा ऐन, २०७७ हिजो प्रमुख परियारले प्रमाणीकरण गरेका हुन् । ऐनअन्तर्गत प्रदेश नं २ को प्रदेश निजामती सेवामा अधिकृत बाह्रौँ तहदेखि सहायक तेस्रो तहसम्मका कर्मचारी रहने उल्लेख छ ।

नयाँ ऐनअनुसार अनिवार्य अवकाश वा अन्य प्रयोजनका लागि प्रदेश निजामती कर्मचारीको उमेर गणना गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र अथवा व्यक्तिगत विवरणमा लेखी दिएको उमेरमध्ये जुन उमेरबाट पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिने उल्लेख छ ।

निवृत्तभरण पाउने अवस्था र उमेरको हद ५३ वर्ष पूरा भएका प्रदेश निजामती कर्मचारीले प्रदेश सरकारद्वारा प्रदेश राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लेखित शर्तमा स्वेच्छिक अवकाश लिन सक्ने व्यवस्था पनि गरिएको छ ।

प्रदेश निजामती सेवामा आर्थिक, योजना तथा तथ्याङ्क, इञ्जिनियरिङ, कानून, कृषि, प्रशासन, वन, विविध, शिक्षा र स्वास्थ्य सेवाको गठन गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares