प्रतिबन्धको दुई वर्षपछि सरकार र विप्लवबीच वार्ताको तयारी
काठमाडौँ, फागुन १८ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी बीच वार्ता हुने भएको छ ।
दुवै पक्षले वार्ता टोली गठन गरेपछि वार्ताको सम्भावना नजिक पुगेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गरेको छ ।
उता नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सचिवालयका सदस्य तथा प्रवक्ता ‘प्रकाण्ड’ को नेतृत्वमा केन्द्रीय सदस्य ‘दीपक’ सदस्य रहेको टोली गठन गरेको छ ।
सरकारले वार्ता टोली गठन गरेको कुरा सार्वजनिक भएलगत्तै मङ्गलबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वार्ता टोली गठन गरेको कुरा एक विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।
टोलीको नेतृत्वमा रहेका ‘प्रकाण्ड’ पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा हुन् । उनी चन्दा उठाएको लगायत अन्य केही अभियोगमा पटकपटक पक्राउ पर्दै अदालतको आदेशल...







