Sunday, May 12
Shadow

प्रतिबन्धको दुई वर्षपछि सरकार र विप्लवबीच वार्ताको तयारी


  • -इ
  • इ+

काठमाडौँ, फागुन १८ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी बीच वार्ता हुने भएको छ ।

दुवै पक्षले वार्ता टोली गठन गरेपछि वार्ताको सम्भावना नजिक पुगेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गरेको छ ।

उता नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सचिवालयका सदस्य तथा प्रवक्ता ‘प्रकाण्ड’ को नेतृत्वमा केन्द्रीय सदस्य ‘दीपक’ सदस्य रहेको टोली गठन गरेको छ ।

सरकारले वार्ता टोली गठन गरेको कुरा सार्वजनिक भएलगत्तै मङ्गलबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वार्ता टोली गठन गरेको कुरा एक विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।

टोलीको नेतृत्वमा रहेका ‘प्रकाण्ड’ पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा हुन् । उनी चन्दा उठाएको लगायत अन्य केही अभियोगमा पटकपटक पक्राउ पर्दै अदालतको आदेशले मुक्त भएका नेता हुन् । ‘दीपक’ भनिएका उदय चलाउने पार्टीका केन्द्रीय सदस्य हुन् ।

हालै सरकारका तर्फबाट विप्लव नेतृत्वको पार्टीसँग वार्ताको पहल भइरहेको कुरा बाहिर आएको थियो । प्रधानमन्त्री ओलीले पनि हालै आफ्नो एक भाषणमा विप्लवसँग वार्ता हुन लागेको र चाँडै सकारात्मक परिणाम बाहिर आउने बताएका थिए ।

विप्लवको पार्टीले संविधानसभाबाट जारी भएको वर्तमान संविधान र राज्य व्यवस्था नै अस्वीकार गरेको छ । अहिलेको संसदीय व्यवस्थाबाट देशको समस्या समाधान नहुने उक्त पार्टीको निष्कर्ष छ ।

सरकारले दुई वर्षअघि, २०७५ फागनु २८ गते, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares